संवैधानिक परिषदले रित्त ८ आयोगमा अध्यक्ष सहित ४० जनालाई भर्ना खुलायो, एक साताभित्र अनलाइनमार्फत फारम भर्नुपर्ने
काठमाडौं । संवैधानिक परिषदले ८ आयोगका लागि अध्यक्ष र सदस्यसहित ४० जनाका लागि दरखास्त मागेको छ । परिषदले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अध्यक्ष १ सहित ४ जना सदस्य मागेको छ । यस्तै राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगमा १ अध्यक्षसहित ४ जना सदस्य नियुक्तिका लागि दरखास्त आब्हान गरेको हो । परिषद सचिवालयले संविधान बमोजिम आयोगमा नियुत्त हुन योग्यता पुगेका व्यक्तिले ७ दिनभित्र सचिवालयमा तोकिएको फारम भरी अनलाइनमार्फत उपलब्ध गराउन भनेको छ । संविधान कार्यन्वयनमा आएपनि लामो समयदेखि आयोग नेतृत्वविहिन छन् ।
प्रधानसेनापतिमा पुर्णचन्द्र थापा
काठमाडौ । सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा पूर्णचन्द्र थापालाई नियुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई प्रधानसेनापति बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए। रासस
राष्ट्रिय पुननिर्माण प्राधिकरणमा पुनः सुशील ज्ञवाली
काठमाडौ । सरकारले राष्ट्रिय पुनः निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ ।विसं २०७२ बैशाख १२ गतेको भूकम्पबाट भएको क्षतिको पुनः निर्माणका लागि प्राधिकरणको गठनसँगै उक्त पदमा प्रा डा गोविन्दराज पोखरेल, सुशील ज्ञवाली, पुनः पोखरेल, युवराज भुसाल र अहिले पुनः ज्ञवाली नियुक्त भएका हुन्। मन्त्रिपरिषद्को मङ्गलबारको निर्णयअनुसार उनलाई दोस्रो पटक यो पदमा नियुक्त गरिएको हो । ज्ञवालीले यसअघि पनि प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरिसकेका छन् । उनी २०७२ साल पुस १० देखि २०७३ पुस २७ सम्म प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए। मन्त्रिपरिषद्को असार २० गतेको निर्णयले पूर्वप्रमुख कार्यकारी अधिकृत युवराज भुसाल पदमुक्त भएपछि प्राधिकरण नेतृत्वविहीन थियो । प्राधिकरणमा नेतृत्व नहुँदा असार मसान्तमै सम्पन्न भएको दोस्रो किस्ता लिने म्याद के हुने भन्ने अन्योल छ । अन्योलका कारण धेरै भूकम्प पीडितले दोस्रो किस्ताको फारम भर्न नपाएको गुनासो गरेका छन् । प्रमुख कार्यकारी अधिकृतको अभावमा पुनः निर्माणका नीतिगत समस्या समाधानमा प्रभाव पर्दै आएको थियो । प्राधिकरणको विधिसँग जानकार प्रमुख कार्यकारी अधिकृतको नियुक्ति भएपछि कार्यकारी समिति र निर्देशक समितिको बैठक बसी दोस्रो किस्ताको म्याद थपलगायत प्रक्रिया अघि बढ्ने सहप्रवक्ता मनोहर घिमिरेले बताए । रासस