सजन देवकोटा शिवम् सिमेन्टको प्रमुख कार्यकारी अधिकृत नियुक्त
काठमाडौँ । शिवम् सिमेन्टको प्रमुख कार्यकारी अधिकृतमा सजन देवकोटालाई नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले चैत्र १ गतेदेखि लागु हुने गरी देवकोटालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। नवनियुक्त प्रमुख कार्यकारी देवकोटासँग २२ वर्षको व्यवस्थापकीय कार्य अनुभव रहेको छ । उनले विभिन्न नेपाली उद्योग तथा बहुराष्ट्रिय कम्पनीहरुमा काम गरेका छन् । नेस्टले ईण्डिया लिमिटेड, नेपाल लिभर लिमिटेड, वरुण विभरेज नेपाल, नेविको विस्कुट र चौधरी ग्रुप नेपालमा काम गरेको अनुभव रहेको छ । शिवम् सिमेन्टमा भने उनी विगत ४ वर्षदेखि आबद्ध रहँदै आएका छन् ।
सिद्धार्थ इन्स्योरेन्सको सञ्चालकमा सुमितकुमार केडिया
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको सञ्चालकमा सुमितकुमार केडिया नियुक्त भएका छन् । कम्पनीको १४३औँ सञ्चालक समितिको बैठकले केडियालाई सर्वसाधारण सेयरधनीको तर्फबाट संचालकमा नियुक्त गराएको हो । कम्पनीको सञ्चालक समितिको बैठक गत फागुन २१ गते बसेको थियो । यसअघि कम्पनीको सञ्चालकपद सम्हालेका प्रमोद पाण्डेयले राजिनामा दिएपछि उक्त रिक्त पदमा केडियालाई नियुक्त गरिएकाे इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैदवार क्षेत्रीले बताएका छन् ।
आईएमई लाइफइन्स्योरेन्सको सञ्चालक समितिमा दिपकशर्मा पोख्रेल नियुक्त
काठमाडौँ । आईएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिमा संस्थापक शेयरधनी एक्रशमनि ट्रान्सफर लिमिटेडको तर्फबाट दीपकशर्मा पोख्रेल नियुक्त एका छन् । कम्पनीलाई गराइएको जानकारी अनुसार सञ्चालक समितिमा शर्मालाई स्वागत गरिएको हो । समितिका अध्यक्ष, सदस्य तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले शर्मालाई स्वागत गरे । यसअघि उक्त कम्पनीको प्रतिनिधित्व इश्वरकुमार कार्कीले गर्दै आएका थिए । कार्यक्रममा सञ्चालक कार्कीलाई बिदाई समेत गरिएको थियो । कार्यक्रममा बोल्दै समितिका अध्यक्ष डा.रामहरि अर्यालले भर्खरै नियुक्ति पाएर सञ्चालक समितिमा आएका शर्मालाई सफल कार्यकालको शुभकामना दिएको कम्पनी सचिव प्रकाश न्यौपानेले जनाएका छन् ।