नाडेप लघुवित्तकाे सीईओमा उपेन्द्रबहादुर कार्की, मंसिर १ गतेदेखि लागू हुने

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उपेन्द्रबहादुर कार्की नियुक्त भएका छन् । आइतबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले सीईओ पदमा कार्कीलाई नियुक्त गरेको हो । बैठकले मंसिर १ गतेदेखि लागू हुने गरी कार्यकारी अधिकृतमा कार्कीलाई नियुक्त गरेको हो । नवनियुक्त कार्कीले आगामी चार वर्षसम्म संस्थाको कार्यकारी अधिकृतको कार्यभार सम्हाल्ने छन् ।

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा महेश शर्मा ढकाल नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंककोे नायव प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा महेश शर्मा ढकाल नियुक्त भएका छन् । बैंकमा सिनियर डेपुटी जनरल म्यानेजरको रुपमा कार्यरत रहेका ढकालले असोज २५ गतेदेखि बैंकको नायवप्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका छन् । अर्थशास्त्रमा स्नातकोत्तर ढकाल चार्टर्ड एकाउन्टेन्ट समेत हुन् । बैंकिङ् क्षेत्रमा १८ वर्षभन्दा बढिको अनुभव सँगालेका ढकाल तत्कालिन टुरिजम डेभलपमेन्ट बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा र नेपाल बैंकमा डेपुटी जनरल म्यानेजरको साथै केहि समय व्यवस्थापन समूहको संयोजकको रुपमा रहेका थिए । ढकाल तत्कालिन कर्मज एण्ड ट्रष्ट बैंकमा समेत कार्यरत रहेका थिए । साथै, उनीसंग विभिन्न संघसंस्थाहरुको संचालक समितिमा रहि कार्य गरेको अनुभव समेत रहेको छ । नवनियुक्त नायब सीईओ ढकाल हाल नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पार्षद समेत हुन् ।

स्वदेशी लघुवित्तको सीईओमा चापागाई नियुक्त, मंसिर १ गतेदेखि लागू हुने

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा गोबिन्द चापागाई नियुक्त भएका छन् । संस्थाको सोमबार बसेको सञ्चालक समितिको बैठकले चापागाईलाई आगामी चार वर्षसम्म लागू हुने गरी लघुवित्तको सीईओमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ चापागाईले करार सेवा अनुसार आगामी मंसिर १ गतेदेखि २०७९ साल कात्तिक ३० गतेसम्म संस्थाको प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्ने कम्पनी सचिव अशोक सुवेदीले बताएका छन् ।