गरिबी निवारण कोषका उपाध्यक्ष भट्टराईद्धारा पदबहाली

काठमाडौँ । गरिबी निवारण कोषका नवनियुक्त उपाध्यक्षले पदबहाली गरेका छन् । उपाध्यक्ष निर्मल कुमार भट्टराई सोमबार कोषको कार्यालय पुगेर  कोषका कार्यकारी निर्देशक तथा नेपाल सरकारका सहसचिव छबि रिजालले पदभार ग्रहण गरेका छन् । तेह्रथुमका स्थायी बासिन्दा भट्टराइले कोष भित्र रहेको भ्रष्टाचार र व्यथितीलाई समाप्त गर्दै गरिब जनताका पक्षमा काम गर्ने जनाउँदै ‘कोष अब नयाँ ढंगले अघि बढाउँने हुँदा सबैको साथ र सहयोग अपिल गरेका छन् ।  लामो समयदेखी राजनीतिका साथै शिक्षण तथा विकास निर्माणका क्षेत्रमा क्रियाशिल भट्टराइले अंग्रजीमा स्नातकोत्तर गरेका छन् । भट्टराई र रिजाल दुबैलाई कोषका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको लक्ष्य तथा कोषको उद्देश्य अनुसार पारदर्शि ढंगले काम गर्न निर्देशन दिएका छन् ।

जनता बैंककाे स्वतन्त्र संचालकमा सैंजु नियुक्त, बैंकिङ क्षेत्रमा ३० वर्षको अनुभव

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको स्वतन्त्र संचालकमा मीनाकुमारी सैंजु नियुक्त भएकी छिन् । बैंकको हालै सम्पन्न संचालक समितिको बैठकले सैंजुलाई संचालकमा नियुक्त गरेको हो । संचालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीले सैंजु नियुक्त भएकै दिन पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । बैंकिङ क्षेत्रमा करिब ३० वर्षको अनुभव रहेको सैजु नेपाल बैंक लिमिटेडबाट वि.सं. २०६९ मा नायब महाप्रबन्धक पदबाट सेवा निबृत्त भएकी थिइन् । बैंक वित्तीय क्षेत्रमा लामो अनुभव भएको र यस क्षेत्रमा विशेष दखल राख्ने सैजुको नियुक्तीले बैंक संचालनमा धरै सहयोग प्राप्त हुने कम्पनीको विश्वास रहेको छ ।

खानेपानी तथा ढल निकास विभागको महानिर्देशकमा सुनीलकुमार दास नियुक्त

काठमाडौं । खानेपानी मन्त्रालयले खानेपानी तथा ढल निकास विभागको नयाँ महानिर्देशकमा सुनीलकुमार दासलाई नियुक्त गरेको छ । विभागको उपमहानिर्देशकमा कार्यरत दासले बुधबार पद बहाली ग्रहण गरेका छन्। पद बहाली ग्रहण गर्दै महानिर्देशक दासले खानेपानीको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताएका छन्। केही साना तथा ठूला आयोजनाहरुलाई अघि बढाउने कार्यमा विभाग द्रुत गतिमा अघि बढ्ने उनले बताए । दास २०७१ फागुनदेखि विभागको उपमहानिर्देशक पदमा कार्यरत रहेका थिए । २०४७ सालदेखि जिल्ला खानेपानी कार्यालय सिरहाबाट जागिर सुरु गरेका दाससँग १४ वर्षसम्म विभिन्न जिल्लामा रहेका खानेपानी कार्यालयमा ईन्जिनियरको रुपमा कार्य गरेको अनुभव छ । ८ वर्ष जति उनले स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागमा सिनियर डिभिजनल ईन्जिनियरको रुपमा कार्य गरे । त्यस्तै, २०७० सालमा उनले खानेपानी मन्त्रालय अन्तर्गत सह लगानी खानेपानी आयोजना र मेलम्ची आयोजनामा समेत काम गरे । अधिकार सम्पन्न बाग्मती क्षेत्र ढल निर्माण सुधार आयोजना र चौथो ग्रामीण खानेपानी तथा सरसफाई आयोजनामा समेत उनले तीन वर्ष काम गरे । त्यसैगरी, उनीसँग ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामा आयोजना निर्देशकका रुपमा तीन वर्ष काम गरेको अनुभव समेत रहेको छ ।