एतिहासिक दरबार हाई स्कुल जिर्ण, कहिले सकिन्छ पुनःनिर्माण ?

काठमाडौं । नेपालको पहिलो विद्यालय दरबार हाई स्कुल भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि जिर्ण अवस्थामा छ । स्कुलको अझै पुननिर्माण हुन सकेको छैन । राणा कालमा स्थापना भएको स्कुल एक जमानामा चर्चित थियो । भुकम्पपछि स्कुल हेर्न पनि लायक नरहेको अवस्था छ । उक्त स्कुलमा विद्यार्थीको संख्यामा पनि कम हुँदै गएको छ । भूकम्प अघि ४८० को हाराहारीमा विद्यार्थीको संख्या थियो तर भूकम्प पछि विद्यार्थीको संख्या घटेर ४ सय को हाराहारीमा छ । विद्यार्थीको संख्या यसरी नै घट्दै जाने हो भने स्कुल इतिहासमा मात्रै सिमित नरहला भन्न सकिन्न । स्कुलको भवन यति सम्मको जिर्ण अवस्थामा छ की विद्यार्थीहरु ट्रसमा बसेर पढ्न बाध्य छन् । स्कुलका विद्यार्थीलाई दिइने सेवा सुविधा सरकारले व्यहोर्दै आएपनि भौतिक संरचनामा नै समस्या आएपछि विद्यालयमा विद्यार्थी घट्दै गएर इतिहासमा मात्र ‘एउटा विद्यालय थियो रे !’ भन्ने अवस्था आउन लागेको स्कुलका शिक्षक बताउछन् । चीन सरकारले स्कुल बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । स्क’लको संरचना भत्किएको ३ वर्ष भयो तर अहिलेसम्म पुनःनिर्माणको कार्य अघि बढेको छैन । चीनले उक्त स्कुलको माटो परिक्षण २ महिना लगाएर गरिसके पनि पुननिर्माणको काम भने असोजदेखि सुरु हुने स्कुलका सहायक प्रधानाध्यापक अखिलेस आजाद बताउछन् । सहायक प्रधानाध्यापक आजातको भनाइ अनुसार पुननिर्माणको कार्य सम्पन्न गर्नको लागि चीनले डेढ वर्षको समय सीमा तोकेको छ । उक्त विद्यालय पुननिर्माण गर्न २५ करोड रुपैयाँ बढी लाग्ने उनले बताए । स्कुलले एतिहासिक रुपमा नेपाली तथा संस्कृत विषयलाई प्राथमिकतामा राखेकोमा पछिल्लो समयमा सरकारले नर्सरीदेखी कक्षा ४ सम्म अनिवार्य रुपमा अंग्रजी माध्यमबाट पढाई हुँदै आएको छ । कक्षा ५ देखी १० सम्मका विद्यार्थीले भने आफुलाई इच्छा लागेअनुसार नेपाली अंग्रेजी दुइवटैै माध्यमबाट पढ्न पाउने व्यवस्था छ । संस्कृत विषय भने एच्छिक विषयमा समावेस गरिएको छ । उक्त स्कुलमा एनसीपी भन्ने संस्थाले गरीब तथा प्रभावित विद्याथीहरुलाई सहयोग गर्दै आएको छ । कापी, कलम, तथा खाजा प्रदान गर्दै आइरहेको छ । सरकारको स्वामित्वमा चलेको विद्यालय हुनाले प्राय गरेर निःशुल्क शिक्षा मात्र नभएर छात्रवृत्ति समेत प्रदान गरेको छ। यति सबै हुँदाहुदै पनि उक्त स्कुलमा विद्यार्थीको संख्यामा भने कमी देखिएको आजाद स्वीकार्छन । निजी स्कुललाई पनि सरकारले नै स्वीकृति दिएर चलाएको हुन्छ तर सरकारी स्कुलको तुलनामा विद्यार्थी निजी स्कुल बढी मात्रामा जाने गरेको पाइन्छ । “सरकारी विद्यालयमा पनि शुल्क लाग्ने भए दुबै स्कुलको महत्व रहनुको साथै सरकारी विद्यालमा पनि विद्यार्थीको कमी हुने थिएन” उनी भन्छन् “अहिलेकै अवस्थामा स्कुल रहिरहने हो भने सो स्कुल लोप नै भएर जान्छन् ।” स्कुलमा कक्षा ३ मा पढ्ने सुष्मा रसाइलीलाई किन यो विद्यालय पढेको ? भनेर प्रश्न गर्दा उनी भन्छिन् “ यहाँ निःशुल्क पढाइ हुन्छ, कुनै-कुनै किताब मात्र किने पुग्छ त्यसैले, राम्रो लाग्छ ।’ त्यसैगरी, सोही स्कुलका कक्षा ९ मा पढ्ने जीतु सुनार भन्छन् ‘भवन भत्किएको हुनाले विज्ञानको प्रयोगात्मक परीक्षण गर्न भने भवनको माथिल्लो तलामा जान पर्ने हुन्छ तर सो तलामा जान सकीने अवस्था छैन ।’ भवनको जिर्ण अवस्थाले विद्यार्थीको भविष्य पनि अन्योलमा पर्ने देखिन्छ । अतः समयमा नै पुनःनिर्माणको कार्य अघि बढे मात्र दरबार हाई स्कुल आफ्नो अस्तित्वमा आउला भन्न सकिन्न ।          

धनुषा र महोत्तरी जोड्ने रातोपुल पुनः भासियो

महेन्द्रनगर (धनुषा), २८ साउन । विगत चार दिनदेखि भएको अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषा र महोत्तरी जोड्ने रातो पुल पुनः भासिएको छ । तीन वर्ष पहिले पनि यो पुल भासिएको थियो । पूर्वलाई काठमाडौंसँग जोड्ने प्रमुख पुलको रुपमा यो पुल रहेको छ । पुल भासिएपछि पुलमा भारी सवारी निषेध गरिएको छ । हलुका सवारी मात्र जान दिइएको प्रहरीले जनाएको छ । पुल ४–५ इन्च भन्दा धेरै भासिएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक सालिकराम शर्माका अनुसार आइतबार प्राविधिक जाँच पछिमात्रै अन्य सवारीलाई खोल्ने वा नखोल्ने टुंगो लाग्नेछ । खोलामा पानीको बहाब उच्च भएपछि पहिले डाइभर्सन दिएको स्थानमा अलि भासिएकाले सवारीसाधन आवागमन बन्द गरिएको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय, बर्दिबाससँग समन्वय गरी साँझ ७ बजेदेखि सवारीसाधन आउजाउ बन्द गरिएको उहाँले बताउनुभयो । पुलको अवस्था हेरेर मात्र साना सवारीसाधनहरु आउन जान सक्ने वा नसक्ने विषयमा विचार गरेर मात्र सञ्चालन गर्न दिने प्रहरीले जनाएको छ । सवारीसाधन सञ्चालनमा रोक लगाएपछि राजधानीसहित देशको विभिन्न ठाउँ जाने रात्रिकालीन बस सेवाका एक हजारभन्दा बढी गाडी र हजाराँै यात्री अलपत्र परेका छन् । रासस

बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र पार्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले अविरल वर्षाका कारण सप्तरीको राजविराज नगरपालिका-१५ देवरी भरुवास्थित खाडो नदीमा आएको बाढी गाउँ पस्न थालेपछि उद्धार कार्य तीव्र पार्न निर्देशन दिएका छन् । उनले आज बिहान सडक डिभिजन कार्यालय इटहरीबाट दुईवटा ठूला चेन डोजर त्यसतर्फ उद्धारका लागि पठाउन निर्देशन दिएका गृहमन्त्री शर्माका प्रेस संयोजक लक्ष्मी पुनले जानकारी दिए । बाढीका कारण खाडो नदीले बहाव परिवर्तन गरेपछि त्यहाँ रहेको बाँध भत्किने सम्भावना भएकाले नदीलाई पुरानै धारमा फर्काउन चेन डोजर त्यसतर्फ लागिएको हो । प्रहरी नायब उपरीक्षक यादवराज उप्रेती र नेपाली सेनाका मेजर दिपेश राना मगरको नेतृत्वमा प्रहरी, सेना र सशस्त्र प्रहरीका जवान उद्धारमा खटेका छन् । बुधबार रातिदेखिको साउने झरीले खाडो खोलामा बाढी आएको हो । सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालका अनुसार बाढीका कारण एकजनाको मृत्यु भएको छ । जिल्लाकै तिरहुत गाउँपालिकाको मैनाकडेरी र भेडियामा पनि डुबानको समस्या आएपछि त्यहाँ पनि उद्धार कार्य जारी रहेको उनले बताए । रासस