अर्थमन्त्री र गभर्नरबीचको सम्बन्ध ‘यूटर्न’, त्यसपछि टाढिए अर्थसचिव

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग नजिकिने प्रयास गरेका छन् । यसअघि आन्तरिक विवादमा रूमल्लिएका अर्थमन्त्री शर्मा र गभर्नर अधिकारी केही साता यता भने नजिक भएका हुन् । स्रोतका अनुसार बजेटलाई प्रभावकारी कार्यान्वयनका लागि र ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नका लागि अर्थमन्त्रीले गभर्नरको साथ चाहेपछि अर्थसचिव उनीसँग टाढिएका हुन् । आन्तरिक विवाद चुलिँदै गएपछि अर्थसचिव मरासिनीले अर्थमन्त्री शर्माले राजीनामा नदिँदासम्म काममा नफर्किने गरी अनिश्चितका लागि भन्दै विदामा बस्ने पनि बताइसकेका छन् । बुधबार बिहान मरासिनीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र मुख्यसचिव शंकरदास वैरागीलाई भेटेर विदामा बस्ने जानकारी दिएको बताइएको छ । जनार्दन शर्मा अर्थमन्त्री रहुन्जेल आफू मन्त्रालय नफर्किने भनी प्रधानमन्त्री देउवालाई मरासिनीले जनाकारी गराएको स्रोतको भनाइ छ । अर्थमन्त्री शर्मामाथि बजेट घोषणाको अघिल्लो रात अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ । अनधिकृत व्यक्ति प्रवेश गरेको भन्दै सीसीटीभी फुटेज पनि सार्वजनिक गर्न माग भएको थियो । तर, अर्थमन्त्रालयले डिलिट भइसकेको बताएको थियो । स्रोतका अनुसार अर्थमन्त्री शर्मा र अर्थसचिव मरासिनीबीच केही समयअघिदेखि नै आन्तरिक विवाद भएको भएपनि अहिले अर्थसचिवले अनिश्चितका लागि विदामा बसेको विषय बाहिरिएपछि उनीहरूको विवाद छताछुल्ल भएको हो । अर्थमन्त्री शर्मा र अर्थसचिव मरासिनीबीच सम्बन्धमा दरार आउँदा गभर्नरसँग भने सम्बन्ध सुधार्ने प्रयास अर्थमन्त्रीले गरेका छन् । ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग गर्नका लागि गभर्नरलाई बाराम्बार मन्त्रालय बोलाएर छलफल भइरहेको स्रोतको भनाइ छ । यसअघि सरकारले गभर्नर अधिकारीलाई निलम्बन गरेपछि अर्थमन्त्री र गभर्नरबीचको सम्बन्ध चिसिएको थियो । सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत् गभर्नर अधिकारीलाई नियमित काममा फर्काएको थियो । त्यसपछि पनि उनीहरूबीच सम्बन्ध सुध्रिएको थिएन । ‘८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न असम्भव नै छ, अर्थसचिवले ८ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव छैन भनेपछि उनीहरुबीच केही कुरा नमिलेको हो, अर्थमन्त्रीका कारण नै सिंगो अर्थमन्त्रालय अहिले बदनामी हुनु परेको छ, अर्थमन्त्रीकै कराण सचिव पनि विवादमा तानिने भएपछि उनीहरु केही टाढिएका हुन्, सचिवले साथ दिन छोडेपछि अर्थमन्त्रीले गभर्नरलाई साथमा लिने प्रयास गरेका हुन्,’ अर्थमन्त्रालय स्रोतले भन्यो । अर्थमन्त्री शर्मा गभर्नर अधिकारीसँग विभिन्न कोणबाट छलफल गर्दै सहज वातावरण बनाउन प्रयास गरिरहेका छन् । बजेटमा आएका नीतिगत व्यवस्थाहरू कार्यान्वयन गर्न र त्यसलाई आफु अनुकुल बनाउन अर्थमन्त्री गभर्नरलाई नियमित मन्त्रालयमा बोलाएर छलफल बढाएको स्रोतको भनाइ छ । चैत २४ गते एउटै मञ्चमा देखिएका अर्थमन्त्री र गभर्नरबीच एकैचोटी जेठ २५ गते मात्रै प्रत्यक्ष भेटघाट भएको थियो । उनीहरूबीच २५ गते मौद्रिक नीति र बजेट कार्यान्वयनको विषयमा छलफल भएको थियो । त्यसयता भने अर्थमन्त्री र गभर्नरबीच पटक–पटक संवाद भएको स्रोत बताउँछ । यसअघि अर्थमन्त्री र गभर्नरबीचको सम्बन्ध चिसिनुमा अर्थसचिव मरासिनीकै भूमिका रहेको जानकारहरू बताउँथे । अहिले अर्थमन्त्री र गभर्नरकै सम्बन्ध सुध्रिएको देखेपछि अर्थसचिव दुवैसँग टाढिएको पनि जानकारहरू बताउँछन् । गभर्नर अधिकारी सार्वजनिक कार्यक्रममै ८ प्रतिशतको आर्थिक वृद्धिदर गर्न नसकिने बताउँदै आइरहेका थिए । उनले ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न कर्जा विस्तार पनि त्यतिकै हुनु पर्ने र अहिले कर्जा विस्तार गर्ने अवस्था नदेखिएको बताउँदै आएका थिए । तर, केही दिनयता भने गभर्नर अधिकारीको मन्तवय फेरिएको छ । उनले मंगलबार मात्रै नेपाल व्यवस्थापन संघ (म्यान) ले आयोजना गरेको कार्यक्रमा सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पुरा गर्न सबैले सहकार्य गर्नु पर्ने बताए । ‘सरकारले ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ, त्यसलाई पुरा गर्नको लागि हामी सबैको जिम्मेवारी उत्तिकै छ, निजी क्षेत्र त झनको यसको महत्वपूर्ण हिस्सेदार हुन्,’ गभर्नर अधिकारीले भने । यसअघि त्यो लक्ष्य भेट्टाउन नसकिने बताउने गभर्नर अधिकारीको मंगलबारको मन्तव्यले पनि उनकाे अर्थमन्त्री शर्मासँग सम्बन्ध सुध्रिएको प्रष्ट बुझिन्छ । सम्बन्धित सामग्री :  अर्थमन्त्रीले राजीनामा नदिएसम्म सचिव काममा नफर्किने, प्रधानमन्त्री र मुख्यसचिवसँग भेटेर विदामा अर्थमन्त्री र गभर्नरबीच ‘टेबल टक’, बजेटलाई सघाउने प्रतिवद्धता, मौद्रिक नीतिका लागि मागे सुझाव गभर्नरलाई अर्थमन्त्रीको प्रश्न : काम गर्न छोडेर भ्रम छर्दै हिड्यो भने देश बन्छ ? निलम्बित गभर्नरसँग कसरी मञ्च ‘सेयर’ गरे अर्थमन्त्रीले ?

बैंकहरूले सपिङ मललाई नपत्याउँदा व्यापारीको लगानी बढाउने आँट पुगेन: अध्यक्ष घिमिरे

कुनै बेला नेपालमा मलमा सपिङ गर्ने अभ्यास व्याप्त थियो । लगानीकर्तालाई सपिङ मलमै लगानी बढाउनु पर्छ भन्ने हुटहुटी थियो । धेरैले काठमाडौंमा सपिङ मलहरू खोले । मानिसहरु किनमोल गर्न होस् वा सपिङ मलको सौन्दर्यता हेर्नकै लागि भएपनि एक पटक सपिङ मलमा पुगेकै हुन्थे । तर, पछिल्लो समय भने सपिङ मलप्रतिको त्यो ‘क्रेज’ खासै देखिँदैन । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसपछि देशको अर्थतन्त्र सही दिशमा छैन । अहिले खासगरी विदेशी मुद्रा सञ्चितिमा परेको असरले अर्थतन्त्रमा समस्या देखिरहेको छ । त्यसले पनि विभिन्न क्षेत्रलाई प्रत्यक्ष प्रभावित बनाएको छ । मलहरूमा पनि पहिलेको जस्तो व्यापार नहुँदा व्यपारीहरू समस्यामा छन् । पछिल्लो समय मल भित्रको व्यापारको अवस्था र व्यापारीहरूको मनोविज्ञान लगायतका विषयमा काठमाडौं मल संघ फोरमका संयोजक तथा सिभिल मल व्यापार संघका अध्यक्ष रत्न बहादुर घिमिरेसँग विकासन्युजका लागि राजिव न्यौपानेले कुराकानी गरेका छन् । पछिल्लो समय मलहरूमा व्यापार कस्तो छ ? २०७२ सालको भूकम्पपछि मलमात्र नभई व्यापारिक अवस्था धरासयी नै थियो । बिस्तारै रिकभर हुँदै आएको अवस्थामा कोभिड–१९ सुरू भयो । कोभिड सुरू भएपछि व्यापार तहसनहस नै भयो । लकडाउनमा मल पनि बन्द गर्नुपर्ने बाध्यता आइलाग्यो । अहिलेको अवस्थामा मल भित्रको व्यापारमा सुधार हुँदै गएको छ । व्यापारिक वातावरण सहज बन्दै गएको छ । मानिसको उपस्थिति पनि बढेको देखिन्छ । तपाईंले व्यापारमा सुधार भइरहेको छ भनिरहँदा अधिकांश व्यापारीहरूले व्यापार हुनै छाड्यो, ग्राहक पनि आउँदैन भन्नुहुन्छ, कतिपय व्यापारीहरुले त ब्यापार नै छोडे भन्ने विषय पनि आइरहेको छ नी ? नेपालको अर्थतन्त्र नै अहिले चलायमान छैन । त्यसैले स्वतः रूपमा मलमा मात्र नभएर अन्य ठाउँमा पनि व्यापारको कमी नै भएको पाइन्छ । सपिङ मलहरूमा एकै छानामुनि सम्पूर्ण आवश्यकताहरूको परिपूर्ति, ब्रान्डको उपस्थिति, पार्किङको सुविधा लगायत लिफ्ट, सफा ट्वाइलेट, सफा वातावरण जस्ता सुविधाले सर्वसाधारणहरू पैसा बढी नै तिरेर भए पनि मानिसहरू मलमा सपिङको लागि आउने हो । एकै छानामुनि सपिङ गर्दा हुने समय बचतले पनि सपिङ मल तथा कम्पलेक्सहरुले नयाँ नयाँ ग्राहकहरू आफूतिर तानिरहेका छन् । सपिङ मलमा कारोबार गर्न व्यापारीलाई पनि निकै सहज हुन्छ । अहिले मान्छेको आयस्रोत कमी भएको कारणले गर्दा पनि मलभित्र मान्छेको आवागमनमा कमी भएको देखिन्छ । सबै क्षेत्रमा कमी कमजोरीहरू छन् । मान्छेमा खुलेरै खर्च गरौं भन्ने अवस्था छैन । अर्थतन्त्र नै धरसायी बन्दै गएको सञ्चार माध्यममा सुनिन्छ । यस्तो अवस्थामा व्यापारमा केही हदसम्म कमी आएको स्वाभाविक मान्नु पर्छ । पानी, बत्ती, सरसफाई, सुरक्षा लगायत व्यवस्थित सुविधाले गर्दा मल कल्चर फस्टाउँदै गएको अनुभव मैले गरेको छु । सामान आयातको अवस्था कस्तो छ, सहज–असहज कस्तो महसुस गरिहरनु भएको छ ? व्यापारीहरुले सामान विशेष गरी चीनबाट ल्याउनु हुन्छ । माग गरेको सामान चीनको केरुङ नाकामा थन्किएर बसको छ । मेरै सामान ६ महिनादेखि नाकामै थन्किएको छ । सामान भन्सारमा थन्किएर बस्दा व्यापारी मर्कामा छन् । नेपाल भित्रिनु पर्ने कन्टेनर भित्रिएका छैनन् । मुस्किलले दिनमा सो नाकाबाट १० वटा गाडीमात्र नेपाल भित्रिन्छन् । दिनमा नै ५० वटा गाडी नेपाल भित्रिँदा पनि सामान नपुग्ने अवस्था छ । सामानको आयातमा एकदमै समस्या भइरहेको छ । उत्तरी नाकाबाट भित्रिने सामान नाकामा थन्किएको कारण हामी व्यपारीहरु मर्कामा छौं । दशैंका लागि व्यापारीहरुले सामान चाइनाबाट हाली सकेका छन्, बाटामै सामान छ । दसैँमा पनि सामान आउँछ कि आउँदैन त्यो निश्चित छैन । यी विषयमा हामी नेपालका लागि चिनियाँ राजदुत विष्णुपुकार श्रेष्ठलाई ७ बुँदे माग बुझाउँदै व्यवसायीहरूले भूकम्पपछि नेपाली वस्तु चीन निर्यातमा समस्या भएको बताउँदै त्यसमा सहजीकरण गर्न माग गरेका पनि गरेका छौं । उहाँले पनि यो समस्याको समाधान गरी सहज वातावरणको सिर्जना गरी व्यपार व्यवसायलाई चलायमान बनाउने बताउनु भएको छ । सामानको मूल्यमा कतिको घटबढ छ ? दिनप्रतिदिन महङ्गी बढ्दो छ । यस्तो अवस्थामा सामानको मूल्य घट्ने कुरै भएन । हामीले बाहिरबाट सामान आयात गर्दा पनि सामानको मूल्य सधैँ उच्च भएर आउँछ । मूल्य घट्नु भन्दा पनि बढ्दो अवस्थामा नै देखिन्छ । आयातमा समस्या भएकै कारण मल भित्रका सामानको मूल्य पनि बढेको हो ? आयातमा समस्या हुँदा मलमा सामानको भाउ बढ्ने अन्त नबढ्ने भन्ने हुँदैन । व्यापारीले बैंकबाट ऋण ल्याएर व्यापार सञ्चालन गरेका हुन्छन् । आयात गरेका समान आउन ढिलो हुन्छ । यता बैंकको व्याज बढी रहेको हुन्छ । मलमामात्र सामानको भाउ महँगिने अन्त चाहिँ नमङ्गिने भने हुँदैन । आयातमा समस्या भएपछि सामानको बजारमा सामान कम पाउँछ । सामान कम पाए पछि मूल्य पनि स्वतः बढ्छ । सबै तिर समान भाउ बढेपछि मल भित्र पनि सामानको भाउ बढ्नु सामान्य कुरा हो । तपाईं आफै पनि सीभील मल व्यवसायी संघको अध्यक्ष हुनुहुन्छ, यो मल भित्र कस्तो कारोबार भइरहेको छ ? कोभिडको समयमा त समस्या नै थियो । कतिपय व्यपारीहरु विस्थापित भएर गए । व्यपार सञ्चालन गर्ने सक्ने व्यपारीहरुले ऋण लिएर भए पनि सामान ल्याउन छाडेनन् । उनीहरूले गरेको व्यापार देखेर चलायमान हुँदै गएको होला भन्ने छ । मल भित्रको व्यापार चौपट नै भयो भन्ने अवस्था छैन । बैंक ऋण, भाडा बुझाउन समस्या भए पनि धानी रहेको अवस्था छ । यसमा हामीले पनि केही सहजीकरण गरिदिएका छौं । पछिल्लो समय यस मल भित्रको अवस्था राम्रो छ भने ग्राहकको संख्या दिनहुँ बढ्दै आएको कारण व्यापार चलिहेको छ । मलभित्र सामान महँगो र गुणस्तर पनि पाउन छाडेपछि मलमा ग्राहकहरू आउने छोडे भन्ने बुझाइ पनि धेरैको छ नि ? मलभित्र पाउने सामानमा कुनै पनि शंका नगर्दा हुन्छ । मल भित्र वषौंदेखि व्यापार गर्दै आएका व्यपारीहरु छन् । उनीहरूलाई कस्ता खाले मान्छे मलमा आउँछन्, कस्ता सामान चाहिन्छ भन्ने विषयमा हाम्रा व्यापारीहरु पोख्त हुनुहुन्छ । त्यो भएकाले गुणस्तर सामान स्वतः छ । सामानको कमी पनि मलमा छैन । व्यापार सोचे अनुसार नहुनुको कारण अर्थतन्त्रमा आएको समस्या हो । बैंकबाट प्रशस्त ऋण लिन नपाउने खुलेर कुनै व्यापार व्यवसायमा लगानी गरिहालौं भन्ने अवस्था छैन । सपिङ गर्दा पनि अड्कलेर गर्नुपर्ने अवस्था छ । त्यति अफ्ठ्यारो अवस्था चाहिँ आएको छैन । मल जस्तै अरू मार्केटहरू बजारमा प्रशस्त मात्रमा खुलेका छन्, मलकै सामान मार्केटमा सस्तो र गुणस्तर पाउन थालेपछि मलमा किन आउने ? समय परिवर्तनशील छ । मानिसहरू आधुनिकीकरणतर्फ लागि रहेका छन् । १३ वर्ष अघि सिभील महल सञ्चालन गर्दा नेपालमा धेरै मलहरू थिएनन् । अहिले पनि काठमाडौं भित्र करिब १२/१५ वटा मलहरू छन् । राम्रो क्वालिटीको प्रडक्ट पसलमा बेच्न पनि त्यही अनुसारको डेकुरेसनको आवश्यकता पर्छ । अन्य क्षेत्रमा पनि मल लेभलका पसलहरू खुलेका छन् । त्यसले केही न केही असर त पुर्याइ हाल्छ । त्यही पनि मल भित्रका सामान मन पराउने संख्या बढ्दो नै छ । त्यसैले मलमा मान्छेको चाप घटेको छैन । बढ्दो नै छ । अब मलको विकल्प खोज्ने समय आएको हो ? समय सापेक्ष मललाई परिमार्जन गर्दै लानुपर्छ त्यो आफ्नो ठाउँमा छ । तर, मल सकियो भन्ने अवस्था छैन । मलको भविष्य उज्वल छ । त्यही भएर त देशका विभिन्न ठाउँमा पनि धमाधम मल बनिरहेको छन् । मल मानिसको रोजाइको केन्द्रमा पर्छ । अब मलको संख्या पनि बढ्दै जान्छ । सामान्य गल्लीका पसलका व्यापरीहरु अब मलमा अपडेट भएर जाने ट्रेन्ड चाहिँ बढिरहेको छ । मलमा निर्धक्क भएर लगानी गर्दा फरक पर्दैन । मल व्यवसायीको अहिलेको समस्या चाहिँ के हो ? नेपालको आफ्नो प्रडक्ट यहाँ प्रोडक्सन छैन । र, हामीले भारत, चीन, बङ्गलादेश, थाइल्यान्ड, कोरिया लगायतदेशबाट आयात गरेर समान ल्याउनु पर्ने हुन्छ । नेपालमा उत्पादन नभएपछि आउने सामान सरकारले सहजीकरण गरिदिनु पर्याे । चाइनाका केरुङ नाकामा सरकारी स्तरबाट नै सहजीकरण गरिदिनु पर्छ । त्यो भयो भने हामीलाई पनि सहजीकरण हुन्छ । सो ठाउँमा नै ३÷४ महिना सामान थन्किदा स्वतः सामानको मूल्य बढ्न जान्छ । जसले गर्दा त्यो असर उपभोक्तामा पर्छ । राज्य स्तरबाट त्यो हेर्नु पर्याे । व्यापारी स्तरबाट समय सापेक्षिक सामानहरू राम्रो, गुणस्तर फेसेनेबल ल्याउने र मूल्य पनि सही तरिकाले बेच्न सक्ने हुन पर्याे । यसो गर्नाले मलको भविष्य राम्रो हुन्छ । मल भित्र भाडा महँगो भयो भन्ने गुनासो त व्यापारीको पहिलेदेखिको नै होनी है ? टोलमा हुने पसलभन्दा मलको भाडा बढी नै छ । मलको भाडा बढी हुनुमा यहाँका सेवा सुविधाको कुराहरू पनि छन् । सरसफाइ, डेकुरेसन लगायतका सुविधा मलमा पाइन्छन् । यसले पनि भाडा बढी नै हुन्छ । वार्षिक ५ प्रतिशत मलको भाडा बढ्ने सिस्टम छ । तर, कोभिडपछि भाडा बढेको छैन । मल भित्रका व्यपारीहरुलाई पनि सक्ने सहजीकरण गर्दै आएका छौं । हामीले जुन मलमा बसेर काम गरिरहेका छौं । त्यो तपाईहरुको सेवाको लागि नै गरेको हो । तपाईहरुको नै सेवा सुविधाको लागि मल भित्र व्यपार व्यवसाय गरिरहेका छौं । छनोट अनुसारको सामान प्रशस्त मात्रमा मलमा सामानहरू उपलब्ध गराएका छौं । त्यो अनुसार नै मूल्यको पनि व्यवस्थापन गरेको हुन्छ । मल भित्र अति महँगो समान हुन्छ भनेर भ्रममा नपर्दा हुन्छ । किनकि सामानको गुणस्तर अनुसारको मूल्य पर्न जान्छ । त्यसैले मल सबैको रोजाइको केन्द्र हो ।

बुढीगण्डकी नजन्मदै तामाकोशीका सेयरधनीलाई धक्का

काठमाडौं । भनिन्छ टाठाबाठाले सोझा साझालाई बैधानिक रुपमा ठग्ने बजार हो सेयर बजार । यो साता यस्तै भयो । एक वर्षअघि प्रतिकित्ता ९६२ रुपैयाँ ५० रुपैयाँसम्मका कारोबार भएको अपर तामाकोशीको सेयर गत साता ३७६ रुपैयाँमा झरेको थियो । सस्तोमा सेयर किनेर हल्ला चलाउने र तत्काल नाफा कमाउने वर्गको लागि राम्रो आधार बनेको थियो । यहिबेलामा नयाँ परिदृष्य देखियो । नाफा मुलक कम्पनी खोलेर बुढिगण्डकी जलविद्युत परियोजना बनाउने प्रक्रियामा सरकार अगाडि बढ्यो । टाठाबाठाले हल्ला चलाए बुढीगण्डकीमा अपर तामाकोशीले लगानी गर्ने भयो । प्रस्ताव मन्त्रिपरिषदमा गैसकेको छ । त्यसका लागि पुँजी जुटाउन अपर तामाकोशीले हकप्रद सेयर जारी गर्दैछ । हल्ला चलेका केही दिनमै झण्डै ३० प्रतिशतले सेयरको मूल्य वृद्धि भयो । आइतबार र सोमबार सर्किट ब्रेक नै लाग्यो । ३७६ रुपैयाँमा झरेको सेयर मूल्य ४८५ रुपैयाँसम्मका कारोबार भयो सोमबार । प्रतिकित्ता १०९ रुपैयाँसम्मले बढ्यो । मंगलबार साँझ विकासन्युजले बुढीगण्डकीमा कसले कति सेयर लगानी गर्दैछ भनेर समाचार प्रकाशित गरेको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले दिएको जानकारी अनुसार बुढीगण्डकीमा अपर तामाकोशीले पुँजी हाल्ने कुनै प्रस्ताव छैन । दर्ता प्रक्रियामा रहेको बुढीगण्डकी जलविद्युत कम्पनीको पुँजी ६० अर्ब रुपैयाँ राखिने भएको छ । कम्पनीमा ८० प्रतिशत सेयर सरकारको हुने छ भने २० प्रतिशत सर्वसाधारणको रहनेछ । सबैभन्दा बढी सेयर उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले राख्ने भएको छ । यस मन्त्रालयले २४ अर्ब रुपैयाँ अर्थात कुल पुँजीको ४० प्रतिशत अंश लिने भएको छ । अर्थमन्त्रालयले १५ अर्ब अर्थात कुल पुँजीको २५ प्रतिशत सेयर राख्ने भएको छ । अन्य सरकारी निकायको १५ प्रतिशत सेयर हुनेछ । त्यसमा नेपाल विद्युत प्राधिकरणको ८ अर्ब ४० करोड रुपैयाँ हुने छ । यो कुल पुँजीको १४ प्रतिशत हो । विद्युत उत्पादन कम्पनीले ६० करोड रुपैयाँ लगानी गर्नेछ । सर्वसाधारणलाई १२ अर्ब रुपैयाँ बराबरको सेयर वितरण गरिने छ । स्थानीयलाई ६ अर्ब रुपैयाँ बराबरको सेयर निष्काशन गरिने छ भने सर्वसाधारणको लागि पनि ६ अर्ब रुपैयाँ बराबरको सेयर निष्काशन गरिने भएको छ । सरकारले स्थानीय र सर्वसाधारणलाई १०/१० प्रतिशत सेयर निष्काशनको गर्ने गरी कम्पनी खडा गर्न लागेको छ । अपर तामाकोशीको सेयर मूल्य वृद्धि हुने गरी वित्तीय अवस्थामा कुनै फेरबदल नभएको कम्पनीको प्रमुख कार्यकारी अधिकृत विज्ञान प्रसाद श्रेष्ठले बताए । ‘हाम्रो कम्पनीको आम्दानी पनि करिव करिब निश्चित छ र खर्च पनि मोटाबाटी स्पष्ट छ,  कम्पनीको आम्दानी वा खर्चमा ठूलो फेरबदल हुने गरी कम्पनी भित्र कुनै काम भएको छैन’ उनले विकासन्युजसँग भने- ‘कम्पनीको सेयर मूल्य घटेर ९००बाट ३०० मा आउनु पर्ने कारण पनि मैले बुझेको छैन । अहिले बढ्नुको कारण पनि मैले भन्न सक्दिन’ प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भने ।