वालेट ‘आइएमई पे’ ले दिन्छ बैंकले सरह ब्याज, ग्राहकको आकर्षण बढ्दो

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ७ निवासी सुनिल पौडेलले पछिल्लो समय आईएमई पे वालेट प्रयोग गर्छन । उनको वालेटमा ५० हजार रुपैयाँ राख्छन् र दैनिकी निर्धक्कसँग चलाउँछन् । बजारमा धेरै डिजिटल वालेट सेवा उपलब्ध भए पनि उनले आईएमई पे नै रोज्नुको खास कारण रहेछ । वालेटमा रहेको रकममा बैंकले सरह ब्याज दिन थालेपछि आईएमई पे वालेट नै आफ्नो रोजाईमा परेको उनले सुनाए । हाल बैंकहरुले साधारण बचत खातामा ७.१३ प्रतिशत ब्याज दिन्छन् । आईएमई पे पनि वालेटमा रहेको रकममा त्यत्ति नै दरमा ब्याज दिदै आएको छ । नेपालमा डिजिटल भुक्तानी प्रणाली अर्थात् मोबाइल वालेट भन्ने वित्तीकै सर्वसाधारणाकाे मनमस्ष्किमा आउँछ ‘आइएमइ पे’ । नेपालको डिजिटल प्रणालीलाई टेवा पुर्याउने उद्देश्यले ५ वर्षअघि ‘आइएमई पे’ को सुरु भएको थियो । यसअघि नै मोबाइल बैंकिङ्ग सेवा लगायत अन्य इन्टरनेट सुविधाहरु सञ्चलानमा भएपनि वालेटको सुरुवात भने आइएमई पे ले गरेको बताउँछन् कम्पनीकाे कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) आमोद भट्टराई । २०७४ साल असार ५ गते राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त गरेको आइएमई डिजिटल साेलुसन लिमिटेडले आइएमई पे को नामबाट वालेट तथा एप्स संचालन गरिरहेको छ । ‘जे पे गर्दा पनि आइएमई पे’ नाराका साथ नेपाली बजारमा अनलाइन भुक्तानीको कारोबार गरिरहेको यस कम्पनीले विभिन्न स्किमहरुका साथ नेपाली अनलाइन भुक्तानीको माध्यमका रुपमा काम गरिरहेको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागबाट भुक्तानी प्रणाली सञ्चालक १० वटा कम्पनी र भुक्तानी सेवा प्रदायक संस्थाहरु (वालेट तथा एप्स) २७ वटाले अनुमतिपत्र प्राप्त गरेका छन् । संचालनमा रहेका डिजिटल भुक्तानी वालेट कम्पनीहरु मध्ये आइएमई पे नेपालको लोकप्रिय मोबाइल वालेट हो । सेवा प्रवाहमा वालेटहरुबीच ठूलो प्रतिस्पर्धा छ । त्यसमा आइएमई पे का स्किमले ग्राहकलाई आकर्षित गरिरहेको छ । आइमएई पे ले भुक्तानीको काम मात्रै नभएर प्रयोगकर्तालाई ब्याज पनि प्रदान गर्ने स्किम संचालन गरिरहेको छ । जुन अरु कुनै भुक्तानी प्रदायकले गरेका छैनन् । आइएमई पे ले वालेटमा रकम जम्मा गर्दा ७.१३ प्रतिशत ब्याजदर प्रदान गरिरहेको छ । कम्पनीले विगत ३ वर्षदेखि प्रयोगकर्तालाई ब्याजदर दिइरहेको जनाएको छ । बैंकहरुको ब्याजदर अनुसार नै उक्त वालेटले ब्याजदर पनि परिमार्जन गर्ने गरेको छ । अहिले वाणिज्य बैंकहरुले बचतमा ७.१३ प्रतिशत ब्याज दिइरहेका छन् । सोही अनुसार कम्पनीले पनि अहिले आइएमई पे मा रकम जम्मा गर्याे भने ७.१३ प्रतिशत ब्याजदर तोकेको छ । कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) आमोद भट्टराई कस्टमर आकर्षण गर्न र डिजिटलमा ग्राहकलाई ‘इनकरेज’ गर्न वालेटमा रकम जम्मा गर्दा ब्याज दिने स्किम संचालन गरेको बताउँछन् । ‘वालेटमा सामान्यतः सानोतिनो पेमेन्ट गर्न मात्रै रकम जम्मा गर्छन्, वालेटमा ब्यालेन्स मेन्टेन गरेका हुँदैनन्, वालेटमा ब्याज दियो भने कस्टमर इनकरेज हुन्छन्, वालेटमा आकर्षण बढाउन ब्याजदर दिएका हौं, बैंकले बचत खातामा ७.१३ प्रतिशत ब्याज दिइरहेका छन्, आइएमई पेले पनि सोही ब्याज दिन्छ, बैंकको ब्याजदर परिमार्जन भयो भने त्यहि अनुसार परिवर्तन पनि हुने व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘आइएमई पे ले कस्टमरलाई बैंक खाता बराबरको सुविधा दिइरहेको छ, जसलाई बैंकसम्म जानु पर्ने आवश्यकता छैन, जसको बैंकसम्म पहुँच छैन, फाइनान्सियल स्पेस छैन भने त्यस्ता ग्राहकलाई हामीले वालेटमा ब्याज दिने गरेका हौं ।’ नेपालमा रेमिट्यान्स आयात गर्नेमा आइएमई रेमिट्यान्स कम्पनी एक नम्बर हो । ग्राहकहरुले आजको दिनमा पनि नगद रकम नै बढी झिक्ने गर्छन् । अहिले पनि लाइन बसेर कारोबार गर्ने गरेका छन् । तर, आइएमई पेले लाइनमा बस्नुपर्ने झण्झटलाई मुक्त गर्दै सिधैं वालेटमा रेमिट्यान्स पठाउँदा ब्याज दिइरहेको छ । साथै वालेटमा रेमिट्यान्स इस्यू गर्दा ब्याजसहित अन्य सुविधाहरु पनि प्रयोग गर्न सकिने उनले बताए । राष्ट्र बैंकको नियम अनुसार वालेटमा ५० हजार रुपैयाँ भन्दा बढी राख्न दिँदैन । जस्तो वालेटमा ७५ हजार रुपैयाँ ब्यालेन्स छ भने २५ हजार बैंक खातामा राखेर ५० हजार मात्रै मेन्टेन गर्नुपर्ने राष्ट्र बैंकको नियममा छ । राष्ट्र बैंककाे नियम अनुसार वालेटलाई ५० हजार रुपैयाँ बराबरको कारोबार गर्न छुट छ । बढी रकम छ भने बैंकको खातामा लैजान ग्राहकलाई सुझाव दिने गरेको उनले बताए । ब्याजदरबाट ग्राहकलाई फाइदा ग्राहकको फाइदाका लागि वलेटमा ब्याज दिने व्यवस्था मिलाएको कामु सीईओ भट्टराइले बताए । धेरै मान्छेलाई वालेट चलाउन मोटिभेट गर्न ब्याज दिने व्यवस्था गरेको उनको भनाइ छ । यसबाट वालेटलाई कुनै फाइदा नरहेको उनी बताउँछन् । ‘कम्पनीलाई फाइदा भन्दा पनि ग्राहकलाई फाइदा हुने हो, धेरै मान्छेले वालेट चलाउनु हुन्न, डिजिटल पेमेन्ट गर्नुहन्न, यसको प्रयोग गर्दा इन्करेजमेन्ट होस्, साथै बैंकिङ्ग अभ्यास पनि सुरु हुन्छ, बैंकको सेवा पनि हुन्छ, यसबाट कम्पनीलाई केही पनि फाइदा छैन, ग्राहकलाई नै फाइदा होस भनेर नै ल्याएका हौ,’ उनले भने । वालेटमा पैसा राख्दा ब्याज दिन सम्भव भएर नै यो स्किम ल्याएको उनको भनाइ छ । बैंकसँगकाे सहकार्यमा खाता खोलिन्छ । डिजिटल अकाउण्ट खोलेर बैंक थ्रू भएर वालेटमा रकम राख्दा ब्याज दिने गरेको उनले बताए । विगत ३ वर्षदेखि वालेटमा रकम राख्दा ब्याज दिइरहेको उनले जानकारी गराए । आइएमई पे भिसा कार्ड बैंकको डेबिट कार्ड जस्तै आइएमई पेले निःशुल्क रुपमा भिसा कार्ड वितरण गरिरहेको छ । जुन नेपालमा संचालित वालेटहरुमध्ये पहिलो पटक कम्पनीले भिसा सुरु गरेको हो । आइएमई पे भिसा कार्ड मार्फत भुक्तानी गर्दा अतिरिक्त छुटको व्यवस्था समेत मिलाएको कामु सीईओ भट्टराई बताउँछन् । ‘हामीले वालेटमा भिसा कार्ड वितरण गरिरहेका छौं, वालेटमा भिसा कार्ड दिने पनि आइएमई पे नै पहिलो हो, बैंकको डेबिट कार्ड जस्तै आइएमई पेले भिसा कार्ड वितरण गर्छ, हामीले भर्चुअल र फिजिकल्ली नै भिसा कार्ड वितरण गर्ने गरेका छौं,’ उनले भने, ‘भर्चुअल कार्डले इकमर्समा काम गर्छ, फिजिकल कार्डले जहाँ भिसा कार्ड प्रयोग हुन्छ त्यहाँ प्रयोग गर्न सकिन्छ, ग्राहकलाई वालेट प्रयोग गर्न र बैंक तथा वित्तीय संस्थामा जानुभन्दा अघिको चरणमा सुरुमा इनकरेजमेन्ट होस भनेर यो फिचर ल्याएका हौं, यो एउटा मिनि अकाउण्ट जस्तै चलाउने हो ।’ आइएमई पे भिसा कार्डलाई पनि कस्टमरले धेरै मन पराएको उनको भनाइ छ । कलेजमा गएर विद्यार्थीहरुलाई भिसा कार्ड वितरण गर्ने गरेको उनले बताए । ‘बैंकमा गएर झन्झिटिलो तरिकाले पैसा तिरेर डेबिट कार्ड लिनुपर्छ, त्यो कार्ड लिन पनि एक दुइ हप्ता कुर्नु पर्छ तर आइएमई पे को भिसा कार्ड क्यूआर तुरुन्तै गरेर तुरुन्तै पाइन्छ, यो निशुल्क हुन्छ,’ उनले भने । स्किममा प्रतिस्पर्धा पछिल्लो समय वालेटबीच कडा प्रतिस्पर्धा बढेको छ । वालेटहरुमा कारोबार गर्दा क्यास ब्याकमा धेरै प्रतिस्पर्धा देखिन्छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस महामारीले नगद कारोबारमा केही संकुचन ल्याएपछि मोबाइल वालेटमा कारोबार बढेको थियो । राष्ट्र बैंकले पनि ‘डिजिटल पेमेन्ट’ अर्थात् विद्युतीय भुक्तानीमा जोड दिँदै क्यूआर प्रयोगलाई बढावा दिएको छ । अहिले अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले पनि मोबाइल बैंकिङ्ग सेवा प्रदान गरिरहेका छन् । मोबाइल वालेटहरुमा ग्राहकलाई आकर्षण गर्न विभिन्न स्किमहरु ल्याएका छन् । अहिले आफूमा ग्राहकलाई आकर्षण गर्न विभिन्न स्किम तथा क्यास ब्याकको सुविधा दिइरहेका छन् । आइएमई पे ले पनि ग्राहक तान्न आकर्षक क्यास ब्याक र स्किम संचालन गरिरहेको भट्टराईले बताए । आइएमई पेले टप अप गर्दा ५ प्रतिशत क्यास ब्याकको सुविधा दिइरहेको छ । हवाइ यात्राको लागि टिकट काट्दा ३ सय रुपैयाँसम्म क्यास ब्याक र अन्य पुरस्कारको पनि व्यवस्था मिलाएको उनको भनाइ छ । ‘अहिले हाम्रो दशैं तिहारको स्किम पनि चलिरहेको छ, हामीले दशैं तिहार फेस्टिभल भनेर फोन देखि ट्याबलेट, ल्यापटप, बम्फरमा इलेक्ट्रिक स्कुटर पुरस्कार वितरण गर्न स्किम ल्याएका छौं, यो स्किम तिहार पछि पनि चल्छ,’ उनले भने, ‘प्रडक्ट अनुसार क्यासब्याक छुट्टाछुट्टै छ, कहिलेकाँही क्यूआर गर्दा शतप्रतिशत क्यासब्याक दिने पनि दिन्छौं, आइएमईको २२ औं वर्षको अवसरमा शतप्रतिशत क्यास ब्याक दिएका थियौं, त्यो पर्टिकुलर दिनमा मात्रै हो, कहिलेकाँही त्यस्तो पनि हुन्छ, सामान्यतया ५/१० प्रतिशत क्यासब्याक दिइरहेका हुन्छौ,’ उनले भने । आकर्षण बढ्दो भट्टराईका अनुसार वालेटमा आकर्षण बढ्दो छ । नेपालमा अहिले प्रयोग गर्ने संख्या पनि बढीरहेको छ । विदेशमा पहिला नै विकास भएपनि नेपालमा अहिले वालेट प्रयोग गर्नुपर्छ भन्ने सोच आएको छ । आइएमई पेको फिचरमा पनि आकर्षण बढेको र सकारात्मक प्रतिक्रिया आएको उनले बताए । आइएमई पे प्रयोग गर्ने ग्राहक संख्या २५ लाख छन् । जसमा सक्रिय प्रयोग कर्ता ६ लाख छन् भने सक्रिय कारोबार गर्ने प्रयोगकर्ता साढे २ लाख छन् । धेरै कारोबार वालेट टपअप र क्यूआर पेमेन्ट हुने गरेको उनले बताए । रकम ट्रान्सफर्मर वा पठाउने बढी छन्, संख्याका हिसाबले टप अप, क्यूआर, बिल पेमेन्ट, इलेक्ट्रीसिटीको बिल पेमेन्ट, हवाइ टिकट खरिदमा बढी कारोबार हुन्छ,’ उनले भने । साथै, मेरो सेयर नवीकरण, दोस्रो बजारमा सेयर खरिद बिक्री, भुक्तानी, टिएसमा धितो लोड जस्ता सुविधाहरू वालेटबाट प्रयोग गर्न सकिन्छ ।

७ महिनामा ३ खर्ब विदेशी ऋण स्वीकृति, विदेशी कम्पनीले लिए २ खर्ब फिर्ता

काठमाडौं । नेपाल राष्ट्र बैंकले ७ महिनामा ३ खर्ब रुपैयाँ विदेशी ऋण स्वीकृत गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२२ को जुलाईसम्म ३ खर्ब ९ अर्ब ९३ करोड ३० लाख रुपैयाँ विदेशी ऋण स्वीकृत गरेको हो । राष्ट्र बैंकका अनुसार जुलाइसम्म १ खर्ब १८ अर्ब ८३ करोड ५० लाख रुपैयाँ विदेशी लगानी आएको छ भने २ खर्ब ४ अर्ब ९४ करोड ४० लाख रुपैयाँ स्वीकृत भएको छ । यस्तै, विदेशी लगानी रहेका कम्पनीले नेपालबाट करिब २ खर्ब रुपैयाँ लाभांश मार्फत् रकम विदेश लिगेका छन् । विभिन्न कम्पनीहरुले १ खर्ब ९६ अर्ब १३ करोड ७० लाख रुपैयाँ विदेश फिर्ता लिएको राष्ट्र बैंकको तथ्यांकमा छ । यस्तै, अघिल्लो वर्ष अर्थात् सन् २०२१ जुलाइसम्म भने २ खर्ब ६६ अर्ब ९० करोड ५० लाख रुपैयाँ विदेशी ऋण स्वीकृत भएको थियो भने १ खर्ब ७ अर्ब ९९ करोड २० लाख रुपैयाँ विदेशी लगानी आएको थियो । सन् २०२१ जुलाइसम्म १ खर्ब ९७ अर्ब ६० करोड ४० लाख रुपैयाँ विदेशी लगानी आएको थियो । सन् २०२१ जुलाइको तुलनामा सन् २०२२ मा विदेशी ऋण र लगानी बढेको छ । नेपालबाट विदेशमा लिने लाभांश पनि यस वर्ष बढेको छ ।

‘अर्थतन्त्र सुधारको बाटोमा छ, बैंकले मात्रै नाफा कमाए’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र सुधारको बाटोमा रहेको बताएका छन् । उनले पछिल्लो समय रेमिट्यान्समा सुधार देखिएको बताउँदै अर्थतन्त्र केही सुधारको बाटोमा देखिएको धारणा राखेका हुन् । ‘रेमिट्यान्स बढदैछ, साउनमा अघिल्लो बर्षको सोही महिनाभन्दा डलरमै १६ प्रतिशत वृद्धि भएको छ, गतबर्ष ६ लाख ३० हजार मानिस विदेश गए, यस बर्षको तीनमहिनामा झण्डै २ लाख रोजगारीका लागि गएका छन्,’ यसले पनि अर्थतन्त्र सुधारको बाटोमा जाने मेरो विश्वास छ,’ उनले भने । यस्तै, उनले पर्यटक आगमन बढ्न थालेको बताउँदै फेब्रुअरीसम्म मासिक २० हजारभन्दा कम पर्यटक आउने गरेकोमा त्यसयता मासिक ४० हजार कटेको र वैदेशिक लगानीको प्रतिवद्धता बढन थालेकोले अर्थतन्त्र सुधारको बाटोमा रहेको संकेत देखिएको उनको भनाइ छ । यस्तै, उनले यस्तो कठीन अवस्थामा बैंकले मात्रै नाफा गरेको बताए । उनले धेरै क्षेत्रहरुमा समस्या आउँदा बैंकहरुले मात्रै मनग्य आम्दानी गरेको धारणा राखे । उनले बैंकहरुको ब्याजदरमा एक वर्षमा ८० प्रतिशत बढेको बताउँदै प्रिमियम पनि ८ प्रतिशतसम्म लिन थालेको धारणा राखे । यस्तो छ उनले राखेको विचारका मुख्य बुँदाहरु :  अर्थतन्त्रको विद्यमान अवस्था –एक बर्षदेखि निरन्तर शोधनान्तर घाटा –विदेशी विनिमय संचितिमाकरिब १७ प्रतिशतको गिरावट –२०७८ ७९ को साउन देखि पुससम्मकरिब ४५० अर्ब कर्जा प्रवाह, पुसयता ५५ अर्ब -२०७८ पुस यता १५५ अर्ब निक्षेप संकलन – कर्जाको ब्याजदरमा तरलताअभावकाकारण आधार दर बढेको छ भने त्यसमा ८ प्रतिशतसम्मप्रिमियमजोडिदा बैंक हेरि १८ प्रतिशतसम्मब्याजदर पुग्न सक्ने । – एक बर्षमा ब्याजदरमा ७० प्रतिशतसम्म वृद्धि । -व्यवसायमा ७० प्रतिशतसम्म गिरावट । – कार्तिक एक देखि लागु भएको चालु पूँजीकर्जा सम्बन्धि निर्देशिकाले व्यवसाय थप जोखिममा । – यसको असर प्रत्यक्ष रुपमा सरकारी राजश्वमा । – यस बर्षको पहिलो तीनमहिनामा राजश्व संकलनगतबर्षभन्दा १९ प्रतिशतकम । – राजश्वभन्दा १५ अर्ब बढि चालु खर्च, सरकार संचालनपनिकठिन । – मुल्यवृद्धि एक बर्षमा ४ प्रतिशतविन्दुले बढ्यो । -पछिल्लो तीन बर्षको औसत आर्थिक वृद्धिदर २ प्रतिशत । नवउत्थान र आर्थिक स्थायित्वका लागि महासंघको पहल – हाल हाम्रो मुख्य प्राथमिकताब्याजदर स्थायित्व र सहजलगानीको वातावरण सिर्जनागर्नेमा केन्द्रित छ । -कोभिड १९ को महामारीको मध्यमा कार्यभार सम्हालेको नया नेतृत्वद्धारा कोभिड १९ को महामारी विद्यमान रहँदा र त्यसपछिको पुनरोत्थानको रणनीति सहित राष्टिय २०७७ चैत्रमाआर्थिक रुपान्तरण २०३० सार्वजनिक । – राष्ट्रिय आर्थिक रुपान्तरण र सरकारको उद्योग वाणिज्य सम्वद्ध नीतिको संयुक्त रुपमाकार्यान्वयनगर्न सरकारसंग समझदारीपत्रमा हस्ताक्षर । – कोभिड १९ बाट नवउत्थानसम्मपुग्नमहासंघको पहलमापुर्नकर्जा, पुर्नसंरचना र पुर्नतालिकिकरणको व्यवस्था । – निजी क्षेत्र विस्तारकालागि ९ वटा कानुनमा सुधारको मस्यौदा तयार, निर्वाचनलगत्तै संसदमा पेश गरिने । -स्टार्ट अपनीतिको मस्यौदा तयार, तिहार लगत्तै राष्टिय रुपमा छलफल गरिने, नीतिलगत्तै महासंघको पहलमा सरकारले दिने सहुलियतकर्जा सम्बन्धि व्यवस्था कार्यान्वयन हुने विश्वास । – साना तथा मझौला उद्यमलाई परियोजना कर्जा सम्बन्धि अध्ययन र यसबारे बजेटमा व्यवस्था । – ५० स्टार्ट अप, ५० लगानीकर्ता कार्यक्रमकार्यान्वयन शुरु । – जिआइवायर, पामआयल, स्यानिटरी प्याड लगायतका वस्तुमा अस्वभाविक रुपमागरिएको नीतिगतव्यवस्था परिमार्जन । ड्ड ब्याजदर नियन्त्रण र चालू पूँजीकर्जा सम्बन्धि व्यवस्थाको परिमार्जनका लागि निरन्तर पैरवी, चालु पूँजीकर्जा सम्बन्धि व्यवस्थामा परिमार्जन, स्थगनका लागि निरन्तर प्रयास । -संस्थागत सामाजिकउत्तरदायित्वअन्तर्गत कोभिड १९ को दोस्रो लहरका वखत सहायता कक्ष, आइसोलेसन केन्द्र स्थापना गरि करिब एक हजार जनालाई सहयोग प्रदान । अध्ययन अनुसन्धानएवं कार्यक्रम – नेपाल अति कम बिकसित मुलुकबाट स्तरोन्नति हुँदा निजी क्षेत्रमा पर्ने प्रभावबारे अध्ययन । -नेपालमा विदेशी लगानीका लागि अवसर र नीतिगत व्यवस्था सम्बन्धिअध्ययन । -साना तथा मझौलाउद्यम संचालन सहयोगी पुस्तिका (दुइ संस्करण) । -उत्पादनमूलक उद्योगका विद्यमानअवस्था र समाधानका उपाय । -कोभिड महामारी पछिको आर्थिक सुधार सम्बन्धि नव उत्थान सम्मेलन, परिपक्व पूँजीबजार सम्मेलन, स्वास्थ्य बिमा, इन्धन र वित्तिय संकट, पर्यटन, चलचित्र, लगायत विभिन्न विधामा सम्मेलन एवं छलफल । -आइएफसिसंगको सहकार्यमा निजी क्षेत्रको अवस्थाबारे अध्ययनगर्न सहमतिएवं निर्यात सम्भावनाबारे विश्व बैंकसंग अन्तरक्रिया । संस्थागत सुदृढिकरण  -महासंघ सचिवालयको भौतिकपुर्वाधार सुधार । -नयाँ आर्थिक नियमावली पारित । -मानव संसाधन, लेखा, सदस्यताएवं उत्पत्तिको प्रमाणपत्र सम्बन्धिएकिकृति सफ्टवेर – महासंघ सचिवालयमा सर्भर जडान । -नयाकर्मचारी नियमावलीको मस्यौदा तयार । -मुख्य लेखाअधिकृतको रुपमा चार्टर्ड अकाउन्टेन्टको नियुक्ति । अबको बाटो -वर्तमान कार्यसमितिको कार्यकाल निक्कै चुनौतिपूर्ण । -पूर्व निर्धारित समयभन्दा ८ महिना ढिलो गरि कार्यभार शुरु । -कोभिड १९ काकारण त्यसपछिको करिब आठ महिना प्रभावित । – पछिल्लो तीन महिनामा निजी क्षेत्रकालागिउपयुक्त समय भनेको गत आर्थिक बर्षको साउनदेखि मंसरसम्मको ५ महिनामात्रै । – त्यस अवधिमाकरिब ४ सय ५० अर्ब निजी क्षेत्रमाकर्जा प्रभावितभयो । निजी क्षेत्र फस्टाएकै कारण केन्द्रियतथ्यांकविभागले ५.८ प्रतिशतको आर्थिक वृद्धिको प्रक्षेपण पनि गरेको थियो । -त्यसयता तरलताअभाव, व्याह्य क्षेत्र असन्तुलन, त्यसले बढाएको ब्याजदर र पछिल्लो समय ल्याइएको चालु पूँजीकर्जा सम्बन्धिव्यवस्थाले निजी क्षेत्र निरुत्साहित । के अवस्था यस्तै रहन्छ त ? -रहँदैन, अर्थतन्त्रमा सुधारका संकेत पनि देखिन थालेका छन, जस्तो कि रेमिट्यान्स बढदैछ, साउनमा अघिल्लो बर्षको सोही महिनाभन्दा डलरमै १६ प्रतिशत वृद्धि । -गतबर्ष ६ लाख ३० हजार मानिस विदेश गए, यस बर्षको तीनमहिनामा झण्डै २ लाख रोजगारीका लागि गएका छन् । -पर्यटक आगमन बढ्न थालेको छ । फेब्रुअरीसम्ममासिक २० हजारभन्दा कम पर्यटक आउने गरेकोमात्यसयतामासिक ४० हजार कटेको छ । -वैदेशिकलगानीको प्रतिवद्धता बढन थालेको छ । – सिमेन्ट, स्टील, बिजुलीलगायतको निर्यात शुरु भएको छ । – वैदेशिक सहायता निर्वाचन पछि थप बढने अपेक्षा । -सुधारको अपेक्षा गरेर नै, महासंघले फेब्रुअरीमाभारत लक्षितलगानीएवं व्यापार सम्मेलनगर्दैछ । -साना तथा मझौलाएवं महिलाउद्यमी सम्मेलनपनिहाम्रो प्राथमिकतामा छ । -त्यसैले अबको ३ महिना देखि अर्थतन्त्रमा क्रमशः सुधार देखिंदै जानेछ । तर यसका लागि मुख्य दुइ शर्त छन् -पहिलो ब्याजदर अस्वभाविक रुपमा बढन दिनु हुँदैन् । अहिले बैंकहरुले ८ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर सार्वजनिक गर्न थालेका छन् । त्यसलाई हालै अर्थमन्त्रालयमा गठित कार्यदलले २ देखि ४ प्रतिशतसम्ममात्रै प्रिमियम जोड्न पाउने सुझाव दिएको छ । यसैगरि सिआर आर र स्प्रेडदर घटाउनुपर्ने सुझाव पनि कार्यदलको छ । जुन कार्यान्वयन हुनुपर्छ । – दोस्रो कार्तिक एक देखि लागू भएको चालु पूँजीकर्जा मार्गदर्शन तत्काल स्थगन गरिनुपर्छ । ब्याजदर नियन्त्रण भएन र चालु पूँजीकर्जा मार्गदर्शन स्थगित भएन भने उद्यम व्यवसायचल्न सक्दैन । यसले अर्थतन्त्रमै दुर्घटना निम्त्याउन सक्छ ।