बाइकको मूल्य ८० हजार रुपैयाँसम्म घट्याे; क्रसफायर, टारो, केटिएमका पुराना ग्राहक घाटामा

काठमाडौं । सरकारले आर्थिक अध्यादेश २०८० मा करको दर परिवर्तन गरेसँगै बजारमा दुई पाँग्रेदेखि चार पाँग्रे सवारी साधानको मूल्य परिवर्तन हुन थालेको छ । बजेटमा कर बढेको भन्दै केही कम्पनीले मूल्य बढाएका छन् भने केहीले करको दर घटेसँगै उपभोक्ता मूल्य समेत घटाउन थालेका छन् । सरकारले २ सय सीसी माथिका मोटरसाइकलमा लाग्ने भन्सार तथा अन्तशुल्क घटाएसँगै केही कम्पनीले उपभोक्ता मूल्य समेत घटाउन थालेका छन् । २ सय सीसी माथिको मोटरसाइकल बिक्री गर्दै आएको क्रसफायर, टारो तथा केटिएम बाइकको मूल्य घटेको छ भने टिभिएस र यामाहाका बाइकको मूल्य बढेको छ । बजेटअघि यी ब्राण्डका बाइक किन्ने ग्राहकलाई घाटा लागेको छ । केटिएम बाइकको मूल्य घट्यो बजेटमा करको दर परिवर्तन भएसँगै केटिएम बाइकको मूल्य घटेको छ । कम्पनीले हाल बिक्री गर्दै आएको केटिएम २५० एड्भेन्चर र केटिएम २५० ड्युकको मूल्य घटाएको हो । कम्पनीले दुबै मोडलका बाइकको मूल्य ५०/५० रुपैयाँले घटाएको छ । यसअघि सात लाख ४९ हजार नौ सय रूपैयाँ पर्ने केटिएम २५० एड्भेन्चरको नयाँ मूल्य ६ लाख ९९ हजार नौ सय रूपैयाँ तोकिएको छ । त्यस्तै यसअघि ७ लाख ८४ हजार रुपैयाँमा बिक्री हुँदै आएको केटिएम २५० ड्युकको नयाँ मूल्य ७ लाख ३४ हजार तोकेको छ । टारोको मूल्य ८० हजारले घट्यो टारो मोटरसाइकलको नेपालमा रहेका २ मोडलका बाइकको मूल्य ८० हजार रुपैयाँले घटेको  छ । टारो मोटरसाइकलको नेपालका लागि आधिकारीक वितरक ओम मोटोकर्प प्रालिले जीपी टू २०० र जीपी वान २५० मोडलका बाइकको मूल्य घटाएका हुन् । मूल्य घटेसँगै अब जीपी टू २०० को मूल्य ४ लाख ७५ हजार रुपैयाँ र जीपी वान २५० को मूल्य ७० लाख रुपैयाँले घटेर ६ लाख भएको छ । ७१ हजार रुपैयाँसम्म घट्यो क्रसफायरको मूल्य बजेटमा करको दर परिवर्तन भएसँगै क्रसफायर मोटरसाइकलको मूल्य समायोजन गरेको छ । क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक कम्पनि क्लासिक ह्वील एक्सपोर्ट तथा इम्पोर्ट प्रालिले ३ मोडलका बाइकको मूल्य घटाएकोे हो । कम्पनीले जारी गरेको नयाँ मूल्य सूचीका अनुसार क्रसफायरको आर एम २५० मोडलको मोटरसाइकलमा ४५ हजार रुपैयाँसम्म घटेको छ । यसअघि ८ लाख ८८ हजार रुपैयाँ पर्ने उक्त बाइक कम्पनीले मूल्य घटाउँदै ८ लाख ४३ हजार रुपैयाँ बनाएको छ । यस्तै, कम्पनीले क्रसफायर एचजे २५० को मूल्य ७१ हजार रुपैयाँले घटेको छ । यसअघि ७ लाख ७० हजार रुपैयाँ रहेको उक्त बाइकको मूल्य अब ६ लाख ९९ हजार रुपैयाँ पुगेको छ । क्रसफायर ट्रेकर मोडलको बाइकमा ४० हजार रुपैयाँ मूल्य घटेको छ । यसअघि ४ लाख १० हजार रुपैयाँमा बिक्री भएको उक्त बाइक अब ३ लाख ७० हजार रुपैयाँ भएको छ । टीभीएस बाइकको मूल्य १३ हजारले बढ्यो बजेटपछि टीभीएस कम्पनीको बाइकको मूल्य १३ हजार रुपैयाँले बढेको छ । नेपालका लागि टीभीएस बाइकको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टीभीएस अपाचे आरटीआर २०० फोरभी एबीएस आरटीएफआई बीएस–६ मा १३ हजार रुपैयाँ मूल्य बढाएको छ । यसअघि ३ लाख ९८ हजार ९ सय रुपैयाँमा बिक्री हुने उक्त बाइकको कम्पनीले ४ लाख ११ हजार ९ सय मूल्य तोकेको छ । यस्तै, एबीएस भेरियन्टको मूल्य १० हजार रुपैयाँले बढेको छ । यसअघि ३ लाख ६९ हजार रुपैयाँमा बिक्री हुने उक्त बाइकको कम्पनीले ३ लाख ७९ हजार रुपैयाँ तोकेको हो । कम्पनीले १६० एबिएस अपाचेको मूल्य ३ लाख ८३ हजार ९ सय तोकेको छ । यसअघि उक्त मोडलको बाइकको मूल्य ३ लाख ७९ हजार ९ सय रुपैयाँ थियो । अपाचे आरटीआर १६० फोरभी मोडलको मूल्य ३ लाख ५९ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि उक्त मोडलको बाइकको मूल्य ३ लाख ४४ हजार ९ सय रुपैयाँ थियो । यामाहा बाइकको मूल्य १६ हजारले बढ्यो यामाहा कम्पनीले समेत बाइकको मूल्य बढाएको छ । नेपालका लागि यामाहा बाइकको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले भारतबाटै बढेर आएकोे भन्दै एमटी १५ तथा आर १५ मोडलको बाइकको मूल्य बढाएको हो । यसअघि ४ लाख ८३ हजार ९ सय रुपैयाँमा बिक्री हुँदै आएको एमटी १५ मोडलको मूल्य १६ हजार रुपैयाँले बढेको छ । बढेको मूल्य अनुसार अब उक्त मोडलको बाइकको मूल्य ४ लाख ९९ हजार ९०० रुपैयाँ भएको छ । यस्तै, कम्पनीले आर–१५ मा १० हजार रुपैयाँ बढाएको छ । यसअघि ५ लाख ९९ हजार ९ सय रुपैयाँमा बिक्री हुने उक्त बाइकको मूल्य अब ६ लाख ९ हजार ९ सय रुपैयाँ पुगेको छ । यस्तै, कम्पनीले आफ्नो एफजेड एक्स एक्स कनेक्ट डार्क नाइटमा ९ हजार, एफजेडएस भीटूमा ७ हजार, एफजेड भी टू र सलुटोमा १ हजार रुपैयाँले मूल्य बढाएको छ । बढेको मूल्य अनुसार यामाहाको एफजेडएक्स एक्स कनेक्ट डार्कनाइटको ३ लाख ९७ हजार ९००, एफजेडएस भी टूको मूल्य ३ लाख ५९ हजार ९००, एफजेड भी टूको मूल्य ३ लाख २९ हजार ९०० र सलुटोको मूल्य २ लाख ४७ हजार ९०० कायम भएको छ । यस्तैगरी, यामाहाले स्कुटरको मूल्य समेत बढाएको छ । कम्पनीले हाल बिक्री गर्दै आएको रेजेडआर १२५ एफआईमा ५ हजार र रेजेडआर स्ट्रीट र्याली १२५ एफआईमा ३ हजार रुपैयाँ मूल्य बढाइएको छ । बढेको मूल्य अनुसार रेजेडआर १२५ एफआई २ लाख ७४ हजार ९०० र रेजेडआर १२५ स्ट्रीट र्याली एफआईमा २ लाख ९९ हजार ९०० रुपैयाँ कायम भएको छ ।

ऋण लिएपछि तिर्दिन भन्न मिल्दैन, राष्ट्र बैंकले सहकारीको नियमन गर्दैन : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ऋण लिएपछि तिर्दिन भन्न नमिल्ने बताएका छन् । नेपाल व्यवस्थापन संघ(म्यान) ले बिहीबार आयोजना गरेको आगामी मौद्रिक नीतिमाथिको छलफल कार्यक्रममा गभर्नर अधिकारीले पछिल्लो समय ऋण लिएर तिर्दिन भनेर आन्दोलन भइरहेको बताउँदै ऋण तिर्दिन भन्न नमिल्ने बताए । उनका अनुसार नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीतिको निर्माणको चरणमा रहेकोले कोरोना महामारीमा दिएको जस्तो सुविधा दिन नसकिने बताएका छन् । ‘कोरोनाको समयमा राष्ट्र बैंकले दिएको सुविधाको ऋणीले दुरुपयोग गरे, व्यवसायीले अहिले पनि विगतको जस्तै सुविधा खोजेका छन्, एउटालाई सहुलियत दिँदा अर्को पक्षलाई समस्यामा पार्न हुँदैन,’ उनले भने । यस्तै, उनले राष्ट्र बैंकले सहकारी संस्थाहरुलाई नियमन गर्न नचाहेको पनि बताएका छन् । ‘राष्ट्र बैंक सकेसम्म सहकारीमा छिर्न चाँहदैन, बचत तथा ऋण सहकारीले जानेर वा नजानेर कारोबार गर्दा समस्या देखियो, त्यसलाई नियमन गर्न विशिष्टकृत नियमन गर्ने संस्था आवश्यक पर्छ,’ उनले भने । उनले बजेटले लिएको आर्थिक वृद्धि, मूल्य वृद्धिलाई न्यून गराउन सहयोग हुने गरि मौद्रिक नीति आउने उनले बताए ।

‘सेयर र घरजग्गामा कडाइ गरौं, बैंकहरु ओभर क्यापिटालाइज्ड भए’

काठमाडौं । पू्र्व अर्थमन्त्री डा.युवराज खतिवडाले सेयर र घरजग्गामा कडाइ गर्नुपर्ने बताएका छन् । बिहीबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीति विषयक छलफल कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् । शोधान्तरमा स्थितीमा सुधार नभएको र मुद्रास्फीति ८ प्रतिशतको नजिक रहेको बताउँदै उनले भने सतर्क हुनु पर्ने बताए । ‘अहिले पनि बैकहरु ओभर क्यापिटालाइज्ड भएका छन्, अब ऋण लगानी गर्नुस् निक्षेप उठाउनुस्, पूँजी पुगिसकेको छ, सेयर बजार र घरजग्गामा कडाइ गरौं,’ उनले भने । प्रत्येक वर्ष ३० प्रतिशतले बिजनेश बढ्दा पनि बैंकरहरु खुशी नभएको उनी बताउँछन् । साथै आफूले प्रयास गरेको भएपनि बैंक सञ्चालक र ब्यापारीहरु छुट्याउनु पर्ने उनको भनाइ छ । उनले बैंकको ब्याजदर एकल अंकमा हुनु पर्ने बताए । ‘बैंकका मालिक र बिजनेस म्यान छुट्याउनु पर्छ, मैले प्रयास गरको हो तर सम्भव भएन, अब आवश्यक छ,’ उनले भने, ‘निक्षेपको ब्याजदर एकल अंकमा र कर्जाको ब्याजदर न्यूनतम दोहोरो अंकमा राख्नुपर्छ ।’ उनले रिफाइनान्समा पैसा बढाउन आवश्यक रहेको बताए । साथै, सहकारीको नियमन राष्ट्र बैंकले गर्न नहुने उनको भनाइ छ । राष्ट्र बैंकले लाइसेन्स दिएर पनि लघुवित्तको नियमन गर्न नसकेको बताए । ‘सिआरआर सीडीलाई चलाउनु हुँदैन, सस्तो लोकप्रियताका लागि काम गर्नु हुँदैन, आफ्नो जिम्मेवारी के हो भन्ने बारे सोच्नु पर्छ, अर्कोको चिन्ता गर्नु हुँदैन,’ उनले भने ।