सीजी इम्पेक्सले १५१ प्रतिशतसम्म लाभांश खुवाउँछ निर्वाण चौधरीलाई

काठमाडौं । एलजी ब्रान्डको आधिकारिक विक्रेता सिजी इम्पेक्स प्रा.लि.ले निर्माण चौधरीलाई १५१ प्रतिशतसम्म लाभांश खुवाएको छ । कम्पनीले आफ्ना सेयरधनी निर्माण चौधरी र वरुण चौधरीलाई विगतका दुई आर्थिक वर्षमा १५१ प्रतिशतसम्म लाभांश खुवाएको हो । आर्थिक वर्ष २०२२–२३ मा भने कम्पनीले नाफाको ६३ प्रतिशत मात्रै लाभांश वितरण गरेको छ । कम्पनीको व्यापारमा घटबढ भएसँगै नाफासँगै कम्पनीले वितरण गर्ने लाभांशमा पनि घटबढ देखिएको हो । कम्पनीले आर्थिक वर्ष २०२३ मा कूल ६ अर्ब ५२ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष अर्थात २०२२ को तुलनामा घटी हो । आर्थिक वर्ष २०२२ मा कम्पनीले ७ अर्ब ८६ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । एलजी ब्रान्डको आयातकर्ता तथा आधिकारिक विक्रेता सिजी इम्पेक्स सन् २००४ मा स्थापित भएको थियो । जुन हाल सीजी ब्रान्डको विद्युतीय घरायसी सामाग्री बिक्री वितरण गर्ने स्वदेशी डिलर पनि हो । सीजीआईले ब्ल्याक एण्ड डेकर, क्रोम्टन एण्ड पिजन जस्ता साना साना ब्राण्डेड घरायसी सामाग्रीहरु समेत बिक्री वितरण गर्दै आएको छ । सीजी इम्पेक्स नेपालका प्रतिष्ठित व्यापारिक घराना चौधरी समूहअन्तर्गतको एक स्थापित इकाई समेत हो । कम्पनीको प्रमुख सेयरधनीको रुपमा निर्वाण चौधरी रहेका छन् । जो एक्लैको ८५ प्रतिशत सेयर स्वामित्व रहेको छ । त्यस्तै, बाँकी रहेको १५ प्रतिशत सेयर भने वरुण चौधरी रहेको छ । दुबै जना नेपालका प्रतिष्ठित उद्योगी विनोदकुमार चौधरीका छोराहरु हुन् । कम्पनीले हालै ४ अर्ब २२ करोड रुपैयाँ बराबरको कर्जाको लागि इक्रा नेपालमा रेटिङ्ग गराएको छ । जसमध्ये इक्रा नेपालले दीर्घकालिन अवधिको लागि अर्थात २ अर्ब रुपैयाँको कर्जाको लागि इक्राएनपी एलबीबीबीको रेटिङ्ग दिएको छ । त्यस्तै, बाँकी रहेको अल्पकालिन अवधिको कर्जालाई भने इक्राएनपी एथ्री प्लसमा अपग्रेड गरिएको र ‘इस्यूअर नट कोअपरेटिङ’को सूचीबाट हटाइएको छ ।

सीआईटीले बैंकबाट ब्याज खानु हुँदैन, पुँजी बढाएर सेयर बजारमा हस्तक्षेप गर्नुपर्छ

नागरिक लगानी कोषका योगदानकर्तालाई उच्च प्रतिफल दिनुपर्छ । कोषले संकलित रकमको अधिकांश हिस्सा बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा मात्रै जम्मा गरेको छ । जुन त्यति सान्दर्भिक होइन । नागरिक लगानी कोषले परम्परागत भूमिका मात्रै होइन, शसक्त भएर आफ्नो उद्देश्य पुरा गरेर पुँजी बजारमा स्थायित्व र पुँजी बजारका लगानीकर्ताहरूको विश्वास बढाउन भूमिका खेल्नुपर्छ । आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन अनुसार २ खर्ब ३५ करोड रुपैयाँ लगानी गरेको छ । जसमध्ये ५१.६२ प्रतिशत अर्थात् १ खर्ब ३ अर्ब ४३ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गरेको छ । पुँजी बजारलाई प्राथिमिकता दिएर बजारको गतिशील विकासमा योगदान गर्न कोष स्थापित भएको हो । तर, पुँजी बजारमा कोषको सक्रियता न्यून छ । ३२ अर्ब २२ करोड रुपैयाँ (१६.२८ प्रतिशत) मात्रै संस्थापक सेयरसहित पुँजी बजारमा लगानी छ । आगामी दिनमा पुँजी बजारको गतिशील विकास तथा विस्तारका लागि लगानी कोषको संलग्नता तथा सकारात्मक हस्तक्षेपको आवश्यकता छ । पुँजी बजारका लागि नागरिक लगानी कोष महत्वपूर्ण संस्थागत लगानीकर्ता पनि हो । त्यसैले आफ्नो पोर्टफोलियोको ठूलो हिस्सा पुँजी बजारमा लगानी गर्नु भयो भने समग्र बजारलाई स्थिरता दिन सक्ने हैसियत तथा क्षमता छ । त्यसैले आफ्नो क्षमता अनुसारको सक्रियता देखाउनु पर्छ । नागरिक लगानी कोषले ६०÷६५ प्रतिशतसम्म लगानी मुद्दती निक्षेपमा जम्मा गरेको भनेर गुनासो आएपछि केही सधार भएको देखिन्छ । तर, त्यो सुधार अपेक्षित छैन । ५ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको नागरिक स्टक डिलर खोल्नु भयो । तर, बजारको आकार बढेअनुसार हस्तक्षेप वा प्रभाव शून्यप्रायः देखिएको छ । माग बढाउने, आपुर्ति व्यवस्थापन गर्ने, बजारलाई स्थायित्व दिने, संस्थागत लगानीकर्ताहरूका निर्णयलाई आम लगानीकर्ताहरूले पछ्याउने अभ्यास हुनु पर्ने हो । तर, त्यो अपेक्षा अनुसार प्रभाव देखिएन । नागरिक स्टक डिलरले मर्चेन्ट बैंकिङको भूमिका निर्वाह गरिरहेको छ । नियामकले कारबाही गरेको अवस्था पनि छ । त्यसकारण नागरिक स्टक डिलरलाई कारबाही गर्न हामीलाई त्यति धेरै मज्जा लागेको छैन । आगामी दिनमा पनि सुशासन कमजोरी देखियो भने नियामकले अभिभावकको भूमिका खेल्ने हो । यदि त्यो स्थिति सिर्जना गर्नु भयो भने नियामकले कारबाही गर्न पछि पर्दैन । हामी कारबाही गर्न चाहँदैनौं । स्टक डिलरको सुशासनमा सुधार हुन आवश्यक छ । नागरिक स्टकले डिलरका रूपमा खेलेको भूमिका प्रभावकारी छैन । कम्पनीको चुक्ता पुँजी बढाउनुहोस् । नागरिक स्टक डिलरको चुक्ता पुँजी १०/२० अर्ब बनाउनुहोस् । त्यसपछि सक्रिय संस्थागत हस्तक्षेप गर्नुपर्छ । सरकारको प्राथमिकताको कम्पनीका रूपमा भूमिका खेलेर गतिशील विकास गर्न सकिन्छ । अर्थात् नागरिक स्टक डिलरको संरचनामा परिमार्जन गर्नुहोस् । नागरिक कोष एक्लैले २० अर्ब पुँजी वृद्धि गर्न सक्दैन भने कोष जस्तै बचत रकम परिचालन गर्ने अन्य कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, राष्ट्रिय जीवन बीमा कम्पनीसँग समन्वय गरेर २० अर्ब पुँजी वृद्धि गर्न सक्छ । त्यसपछि स्टक डिलरको पुनरसंचना वा स्वामित्व परिवर्तन गरेर अघि बढ्ने हो भने पुँजी बजारमा भूमिका प्रभावकारी हुन सक्छ । आजभन्दा ५÷६ वर्ष अगाडि अनुसन्धान गर्दा नेपालको सेयर बजारबाट औसत २० प्रतिशतभन्दा बढी प्रतिफल पाएको देखिएको थियो । उक्त अनुसन्धान विश्व विद्यालयमै टप भएको थियो । त्यसकारण सेयर बजारमा राम्रो प्रतिफल छ । अध्ययन तथा विश्लेषण गरेर पोर्टफोलियो म्यानेजमेन्ट गर्याे भने पुँजी बजारबाट मनग्य कमाउन सकिन्छ । यदि त्यो गर्न सक्यो भने नागरिक लगानी कोषले योगदानकर्ताहरूको अपेक्षा पुरा गर्न सकिन्छ । नागरिक लगानी कोषको भूमिकाको विषयमा धेरै अपेक्षा गरिएको छ । तर, प्रभावकारी देखिएको छैन । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई प्रभावकारी भूमिका निर्वाह गर्न प्रमुखहरूलाई आग्रह गरिसकेको छु । नियामकबाट सहयोग गर्न म सकारात्मक छु । (धितोपत्र बोर्डका निमित्त अध्यक्ष डा.अधिकारीले सीआईटीको वार्षिकोत्सबमा राखेको धारणाको सम्पादित अंश)

बाँसबारी जग्गा प्रकरण : संलग्न सबैको बयान लिन गृहमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला जुत्ता कारखाना जग्गा प्रकरणमा संलग्न सबैमाथि तत्काल अनुसन्धान गर्न निर्देशन दिएका छन् । आइतबार सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै उनले सो कारखानाको १० रोपनी जग्गा हडपेको विषयमा संलग्न सबैमाथि आजैदेखि अनुसन्धान गर्न निर्देशन दिएका हुन् । उनले सो जग्गा सरकार माहतल ल्याउने प्रक्रिया आजै सुरु गर्न पनि निर्देशन दिएका छन् । अब नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले चौधरीमाथि बयान सुरु गर्ने बुझिएको छ । सीआईबीले बाँसबारी छालाजुत्ताको जग्गा ठगी गर्ने विषयमा लामो अनुसन्धानपश्चात् व्यवसायी अरुण चौधरी, बाँसबारी छालाजुत्ता कारखाना तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदबाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकूरलाई पक्राउ गरेको थियाे । पछि अदालतले उनीहरूलाई छाेड्न आदेश दिएको थियो । कानून विपरित सो उद्योगका तत्कालीन कार्यकारी अध्यक्ष थापाले अरुण चौधरीसमेत सञ्चालक रहेको च्याम्पियन फुटवेयर नामक कम्पनी खडा गरी सो कम्पनीलाई कारखानाको १० रोपनी जग्गा हस्तान्तरण गरेको अनुसन्धानबाट खुलेको छ । सो बेला कम्पनीको सेयरधनीमा अरुण मात्रै थिएनन् । सो कम्पनीको मुख्य सेयरधनीको रूपमा उद्योगी विनोद चौधरी पनि थिए । सीआईबीले अनुसन्धान गर्दै जाँदा तत्कालीन सेयरधनीहरू पनि अनुसन्धानमा तानिने सीआईबीको भनाइ छ । अहिले च्याम्पियन फुटवेयर कम्पनीको सेयरधनीका रूपमा अरूण र उनकी श्रीमती शिला चौधरी भए पनि त्यतिबेला सो कम्पनीको सेयरधनीकारूपमा विनोदकुमार चौधरी, लुनकरणदास चौधरी, बसन्त कुमार चौधरी, महेशकुमार अग्रवाल, बाँसबारी छाला तथा जुत्ता कारखाना र गंगादेवी चौधरी थिए ।