दुर्लभ खनिज चुम्बक निर्यातमा चीनको कडा अंकुश : पाँच वर्षमा सबैभन्दा न्यून स्तर
काठमाडौं । चीनको दुर्लभ खनिज चुम्बकको विदेशी निर्यात मे महिनामा अप्रिलको तुलनामा आधा घटेर पाँच वर्षभन्दा बढीको न्यूनतम स्तरमा झरेको छ । जसको कारण निर्यात प्रतिबन्ध हो । बेइजिङले यस महिना आफ्नो अनुमोदन प्रक्रिया छिटो पार्ने जनाएको छ, जुन अमेरिकासँगको व्यापार तनाव कम गर्ने सहमतिको एक भागका रूपमा आएको छ । यद्यपि उद्योग स्रोतहरूका अनुसार हाल चिनियाँ भन्सार अधिकारीहरू दुर्लभ खनिज मालसामान प्रशोधन गर्नमा झनै सतर्क भएका छन् । स्रोतका अनुसार विशेष गरी दुर्लभ खनिज चुम्बकका हकमा अझ बढी समस्या देखिएको छ किनकि विभिन्न रासायनिक संरचना भएका चुम्बकहरूका लागि एउटै कोड मात्र छ । ती स्रोतहरूले मिडियामा बोल्न अधिकार नपाएकोले नाम गोप्य राखेका छन् । विश्वको सबैभन्दा ठूलो दुर्लभ खनिज चुम्बक उत्पादक चीनले विश्व आपूर्तिको ९० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ । चीनले अप्रिलको सुरुमा सात प्रकारका मध्यमदेखि भारी दुर्लभ खनिज उत्पादन र केही चुम्बकहरूको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । यसले विश्वभरको अटो, एरोस्पेस, सेमिकन्डक्टर र सैन्य उपकरण क्षेत्रका आपूर्ति श्रृंखलालाई प्रभावित पारेको छ । गत महिना चीनले १ हजार २३८ मेट्रिक टन दुर्लभ खनिज स्थायी चुम्बकहरू विदेश पठाएको भन्सार प्रशासनको शुक्रबार सार्वजनिक तथ्यांकले देखाएको छ । यो अप्रिलको तुलनामा ५२.९ प्रतिशतले घटेको हो र फेब्रुअरी २०२० पछि एक महिनामा सबैभन्दा कम हो। अप्रिलको निर्यात पनि मार्चको तुलनामा आधा घटेको थियो । वार्षिक आधारमा हेर्दा मे महिनाको निर्यात गत वर्षको सोही महिनाको तुलनामा ७४ प्रतिशतले घटेको छ । स्रोतहरूले यसअघि पनि खुलासा गरेका छन् कि भन्सारले घरेलु उपकरण र उपभोक्ता इलेक्ट्रोनिक्समा प्रयोग हुने केही कम क्षमताका दुर्लभ खनिज चुम्बकहरूको निर्यात रोकिदिएको छ किनकि बेइजिङको नयाँ प्रतिबन्ध कसरी लागू गर्ने भन्नेमा अन्योलता छ । चीनको वाणिज्य मन्त्रालयले बिहीबार भनेको छ कि ‘कसै-कसैको’ दुर्लभ खनिज निर्यात अनुमति आवेदन स्वीकृत गरिएको छ तर थप विवरण सार्वजनिक गरिएको छैन । चीनका दुर्लभ खनिज चुम्बक उत्पादकहरू जेएल म्याग रेर अर्थ र इन्नुभो टेक्नोलोजीले हालै केही ग्राहकहरूका लागि केही निर्यात अनुमतिपत्र प्राप्त भएको बताएका छन् । जनवरीदेखि मेसम्म दुर्लभ खनिज चुम्बकहरूको निर्यात गत वर्षको सोही अवधिको तुलनामा १४.५ प्रतिशतले घटेर १९ हजार १३२ टन पुगेको छ, जुन सन् २०२१ पछि सो अवधिमा सबैभन्दा कम हो । चिनियाँ टेक कम्पनीहरू ताइवानको निशानामा, कालोसूचीमा परे हुवावे र एसएमआईसी विज्ञापन व्यवसायलाई तहसनहस पार्दै एआई
लघुवित्तको शाखा घटाउन राष्ट्र बैंकसँग तीन विकल्प, खरिद बिक्रीको प्रक्रियामा जान सम्भव होला ?
काठमाडौं । देशको हरेक क्षेत्रमा वित्तीय पहुँच पुर्याउने उद्देश्यले लघुवित्त संस्थाहरू खुले । गरिबी न्यूनीकरण, पिछडिएका समुदाय, विपन्न वर्ग, न्यून आय भएका घरपरिवारलाई आर्थिक गर्जो टार्न वा उत्पादनमूलक काममा लगानी गर्ने उद्देश्यले देशभर लघुवित्तको संख्या ९१ वटासम्म पुग्यो । तर, धेरै वटा संस्था हुँदा लघुवित्त क्षेत्रमा अराजकता मौलायो, नियामकलाई नियमन गर्न कठिन भयो, अस्वस्थ प्रतिस्पर्धा बढेकाे भन्दै नियामक नेपाल राष्ट्र बैंकले मर्जर तथा एक्विजिशन नीति अघि सार्यो । ९१ वटा लघुवित्त संस्थाबाट मर्जर तथा एक्विजिशन गराएर क्रमिक रूपमा घट्दै हाल ५० वटा लघुवित्त संस्थाहरू सञ्चालनमा छन् । मर्जर तथा एक्विजिशनको माध्यमबाट दुइटा संस्था एक बने । तर, शाखाहरूको संख्या भने यथावत नै रह्यो । मर्जरले लघुवित्तको संख्यासँगै शाखा कार्यालय पनि घटाउन मद्दत पुर्याउनु पर्ने हो । तर, उल्लेख्य भूमिका भने निर्वाह गर्न सकेन । त्यसैले यतिबेला लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूले शाखाहरूको संख्या ३ हजारमा झार्न प्रस्ताव गरेका छन् । नेपाल लघुवित्त बैंकर्स संघका पूर्वअध्यक्ष बसन्त लम्साल लघुवित्त संस्थाहरूले शाखा मर्ज गर्न पाउनु पर्ने माग गरे । एउटै ठाउँमा धेरै वटा शाखा हुँदा व्यवसाय गर्न नसक्ने अवस्था रहेको र अस्वस्थ प्रतिस्पर्धा बढेका कारण शाखा मर्जरको माग गरेको उनको भनाइ छ । ‘लघुवित्त क्षेत्रमा धेरै वटा संस्थाहरू मर्ज भए । तर, शाखाहरू मर्ज भएनन् । संख्या धेरै हुँदा डुप्लिकेसन बढ्यो । एउटा सानो ठाउँमा पनि १५/२० वटा शाखा छन् । शाखाहरु ओभरक्राउडेड भयो, हरेक ठाउँमा । लघुवित्त संस्थाहरू मर्जरको माध्यमबाट घटेर ५० वटामा झरेका छन् । अब शाखालाई पनि मर्ज गर्न पाउनु पर्छ,’ पूर्वअध्यक्ष लम्सालले भने, ‘जस्तो एउटै ठाउँमा रहेका विजय लघुवित्तको शाखा र अर्काे कुनै लघुवित्त संस्थाको शाखा मर्जर गर्न पाउनुपर्छ । शाखा मर्जरको कानुनी व्यवस्था नरहेकाले सजिलो व्यवस्था ल्याउनुपर्छ ।’ उनका अनुसार हाल लघुवित्त संस्थाहरूका ५ हजार हाराहारीमा शाखा कार्यालय छन् । त्यसलाई घटाएर ३ हजार/३२ सय शाखामा झार्नुपर्ने उनले बताए । एउटै ठाउँमा १५/२० वटा संस्था रहेकाले आवश्यकताका आधारमा शाखा मर्ज तथा खरिदबिक्री गर्न पाउनुपर्ने उनको भनाइ छ । नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादव लघुवित्त संस्थाका शाखा मर्जर, खरिदबिक्री र पुनर्संरचना गर्न पाउनु पर्ने बताउँछन् । लघुवित्त संस्थाहरूको एउटै ठाउँमा धेरै शाखा कार्यालय भएकाले मर्जरको माध्यमबाट कम गर्नुपर्ने उनले माग गरे । ‘अहिले एउटा व्यक्तिले दुइटा संस्थाबाट मात्रै कर्जा लिन पाउने व्यवस्था छ । कर्जाको सीमा १५ लाख रुपैयाँबाट ७ लाख रुपैयाँमा झारिसकेको छ । लघुवित्त संस्था मर्जर बेग्लै छ । तर, शाखा पनि मर्जर गर्न पाउनुपर्छ । जुन ठाउँमा शाखाहरूको ओभर क्राउडेड छ, त्यो क्राउडेडलाई मिनिमाइज गरेर स्वस्थ प्रतिस्पर्धा बढाउन शाखाको मर्जरलाई पनि अगाडि बढाउनुपर्छ,’ उनले भने, ‘कुनै संस्था मर्जरमा गएको छैन तर उसले शाखा कार्यालय मर्ज गर्न सक्छ । त्यसैले लघुवित्त संस्थामा मल्टिपल फाइनान्सिङ धेरै कम भइसकेको हुँदा शाखाको संख्या कम गर्न आवश्यक छ ।’ उनका अनुसार अहिले पनि एउटै ठाउँमा १५/२० वटा शाखा कार्यालय छन् । अब लघुवित्त संस्थाहरु आधार दर लागू गर्ने तयारीमा रहेकाले शाखाको मर्जर, खरिदबिक्री र पुनरसंरचना आवश्यक रहेको उनको भनाइ छ । अधिकांश लघुवित्त संस्थाको केन्द्रीय कार्यालय काठमाडौं वरिपरि काभ्रे, धादिङ, नुवाकोट लगायतका जिल्लामा रहेकाले काठमाडौंभित्र केन्द्रीय कार्यालय सञ्चालन गर्न दिनुपर्ने अध्यक्ष यादवले माग गरे । ‘२० वटा शाखा एउटै ठाउँमा किन चाहियो ? खब आवश्यकताका आधारमा शाखा हुनुपर्छ । जुन लघुवित्तको शाखा टिक्न सक्दैन, त्यो शाखा राखेर काम छैन,’ उनले भने, ‘केन्द्रीय कार्यालयको अधिकांश काम काठमाडौंमा हुन्छ । काठमाडौंमा कार्यालय भयो भने सीईओ आउने जाने समय बचत हुन्छ, सवारी साधनको इन्धन पनि कम हुन्छ, लजस्टिक खर्च कम हुन्छ ।’ ऋण लिनका लागि वाणिज्य बैंकसँग डिल गर्न होस् या नियामकीय कामका लागि लघुवित्त संस्थाका प्रमुखहरुले काठमाडौं आउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । त्यसैले काठमाडौंमा केन्द्रीय कार्यालय राख्न इच्छुकलाई अनुमति दिनु पर्ने उनले बताए । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा लघुवित्त वित्तीय संस्था र तीनका शाखाहरु बीचको मर्जर तथा प्राप्तिलाई प्रोत्साहित गर्ने उल्लेख गरेको छ । साथै, कुनै निश्चित प्रदेश वा क्षेत्रमा आफ्नो कार्यक्षेत्र सीमित राखी कार्य गर्ने लघुवित्त वित्तीय संस्थालाई प्रोत्साहन गर्न थप व्यवस्था मिलाइने पनि मौद्रिक नीतिमा उल्लेख छ । सोही बमोजिम नेपाल लघुवित्त बैंकर्स संघले शाखा कार्यालयको पुनरसंरचनाको सन्दर्भमा अध्ययन प्रतिवेदन तयार पारेको छ । फर्स्ट माइक्रोफाइनान्सका सीईओ नुमनाथ पौडलको नेतृत्वमा ४० पृष्ठको सुझावसहितको प्रतिवेदन राष्ट्र बैंकमा पेस गरिएको छ । ‘संस्थाको पुनरसंचना अन्तर्गत मर्ज एउटा कम्पोनेन्ट मात्रै हो । पुनर्संरचनाभित्र धेरै आयामहरु हुन्छन् । संस्थाको व्यवस्थापन पुनरसंरचना, पुँजी संरचना, संस्था व्यवासयको पुनर्संरचना, आकार प्रकृति लगायतको संरचना हुन्छ । जसमध्ये मर्ज एउटा तत्व हो,’ सीईओ पौडेलले भने । मर्जर तथा प्राप्ति विनियमवालीलाई संशोधन गरेर अब मर्जर तथा पुनरसंरचना विनियमावली बनाउनुपर्ने उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । शाखा स्थानान्तरणको व्यवस्था रहेपनि बन्द गर्न भने कानुनी व्यवस्था छैन । साथै, संस्थालाई नयाँ शाखा खोल्न पनि रोकेको छ । नेपालजस्तै अन्य देश श्रीलंका, पाकिस्तान, भारत लगायतका देशको कानुनी व्यवस्थामा के कस्तो नियम छ सोही व्यवस्था नेपालमा पनि लागू गरिनु पर्ने सीईओ पौडेलले बताए। नेपालसँग तुलना गर्न मिल्ने देशको जस्तो व्यवस्था हुनुपर्छ । हाल लघुवित्त संस्थाका केन्द्रीय कार्यालय र क्षेत्रीय कार्यालय बाहेक ४ हजार ९५० शाखा कार्यालय सञ्चालनमा छन् । केन्द्रीय कार्यालय र प्रदेश कार्यालयसहित ५ हजार ५० वटा शाखा कार्यालय छन् । उनका अनुसार १० किलोमिटरको दूरीमा २५ वटा भन्दा बढी शाखालाई मान्ने हो भने ३१ प्रतिशतले घटाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ । अझ यसमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूको शाखा जोड्ने हो भने धेरै शाखा रहने छन् । ‘१० किलोमिटरको दूरीमा ७५ भन्दा बढी शाखा छन् । यस्तो अवस्था १५५ वटा ठाउँमा देखिएको छ । राष्ट्र बैंकको रेकर्डका आधारमा नै शाखाको संख्या धेरै बाक्लो देखिएको छ । एउटा शाखाबाट अर्काे शाखाको दूरी १० किलोमिटरको दूरीमा निकालिएको छ । १० किलोमिटरको दूरीमा जनसंख्या बढी छ भने धेरै शाखा राख्ने, कम जनसंख्या छ भने कम राख्नुपर्छ,’ उनले भने, ‘जस्तो डोल्पामा १० किलोमिटरको दूरीमा २ वटा शाखा भए पुग्छ । काठमाडौंमा १० किलोमिटरको दूरीमा १ सय वटा भएपनि हुन्छ । जनसंख्या पनि हेरेर शाखा राख्नुपर्छ ।’
नेपालमा तीव्ररूपमा बढ्दै मानसिक समस्या, ४ जनामध्ये १ जोखिममा
काठमाडौं । स्वास्थ्यलाई मानसिक र शारीरिक गरी दुई क्षेत्रमा वर्गीकरण गरिन्छ । शरीरका अंगहरूसँग सम्बन्धी विभिन्न रोगहरूलाई शारीरिक स्वास्थ्य समस्याका रूपमा चिनिन्छ भने मानसिक स्वास्थ्य भनेको मनभित्रको समस्या हो । बाहिरबाट हेर्दा न कुनै समस्या भएको जस्तो देखिन्छ, न कुनै अंग दुखेको हुन्छ । तर पनि मान्छेमा यो समस्या आजभोलि तीव्र रूपमा बढ्दै छ । कुनै पनि व्यक्तिले आफ्नो बौद्धिक क्षमता प्रयोग गरेर हरेक काम गर्ने गर्छ । व्यक्तिले बौद्धिक क्षमता प्रयोग गरी पारिवारिक जीवन, सामाजिक जीवन र व्यक्तिगत अन्तरसम्बन्धका कुराहरूलाई प्रभावकारी ढंगमा आफ्नो भूमिका निर्वाह गर्ने र समाजलाई पनि योगदान दिन सक्ने क्षमता भनेर मानसिक स्वास्थ्य समस्यालाई बुझिन्छ । मानसिक स्वास्थ्यमा समस्या भइसकेपछि विभिन्न पक्षमा असर पर्छ । शारीरिक समस्यामा लक्षण पहिचान गर्न सजिलो हुन्छ । कुन ठाउँमा समस्या भएको हो भन्ने थाहा पाउन सकिन्छ । तर मानसिक समस्यामा कहिलेकाँही लक्षणको बारेमा जानकारी नै नहुने हुन्छ । तर यो भन्दै गर्दा यसमा लक्षण बुझ्नै नसकिने, थाहै नहुने भन्ने हुँदैन । सामान्यतया मानिसले आफ्नो दैनिकीमा केही परिवर्तन भएको छ र सधैको भन्दा यो फरक छ भने किन यस्तो भयो कतै मलाई मानसिक स्वास्थ्य समस्या त भएन भने सम्झनुपर्छ । यो परिवर्तनलाई पनि दुई भागमा विभाजन गर्न सकिन्छ । पहिलो आफैले थाहा पाउन सकिने अवस्था जस्तै मेरो जीवनशैलीमा के परिवर्तन भइरहेको छ, त्यसले मलाई कस्तो कठिनाइ बनाइरहेको छ भनेर जान्न सकिने अवस्था हुन्छ जसलाई न्यूरोसिस पनि भनिन्छ । अर्को आफ्नो अवस्थामा जानकारी नै नहुने । कतिपय अवस्थामा मान्छे विक्षिप्त अवस्थामा पुगेको हुन्छ । आफू कहाँ छु, के गरिरहेको छु भन्ने नै थाहा हुँदैन जसलाई साइकोसिस पनि भन्ने गरिन्छ । डा. सुनिल रेग्मी मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको दैनिक जीवनको कुरा गर्दा सबैभन्दा पहिले उसको भोक निन्द्रा प्रभावित हुन्छ, जस्तै हामीले गर्ने काममा जसरी दत्तचित्त भएर ध्यान दिन्छौं त्यो हराउँदै जान्छ । पहिले हामीलाई जे–जे कुरा गर्न मन लाग्थ्यो, जुन चिजमा रुचि हुन्थ्यो यो एकाएक हराउने हुन्छ । यो समस्याको कुरा गर्दा धेरै चरणहरू हुन्छन् । एन्जाइटी, डिप्रेसन इत्यादि । कुनै पनि व्यक्तिलाई एन्जाइटी हुँदा अत्यधिक चिन्ता हुने, त्रासको विचार आउने, विभिन्न शारीरिक लक्षणजस्तो छातीसम्बन्धी समस्या हुने, मुटु ढुकढुक हुने, हातहरु काँप्ने, पसिना आउने जस्ता केही शारीरीक लक्षणहरू हुन्छन् । यस्ता लक्षणहरूलाई मध्यनजर गरेर मलाई केही समस्या भयो कि भन्नेबारे अन्दाज लगाउन सकिन्छ । जीवन भनेको सधै एउटै लाइनमा चलिरहँदैन । उतार–चढावहरू आइरहन्छन् । यो सामान्य जीवनको अंग हो । यसलाई जीवनको सामान्य फेरबदल भनेर बुझ्न सक्छौं । तर यो समस्या लामो समयसम्म रहिरह्यो अथवा अधिक मात्रामा अचानक देखिन थाल्यो यसले गर्दा हाम्रो जीवनमा मुख्य जिम्मेवारीमा दीर्घकालीन असर पार्दै जान थाल्यो भने मलाई समस्या भयो भनी हेक्का राख्नुपर्ने हुन्छ । कतिपय बिरामीहरूमा देखिने लक्षण सामान्यतया जीवनयापनमा अथवा सामान्य जीवनमा पनि महसुस गर्ने भइरहेकै हुन्छ । त्योभन्दा बढी बिरामी नै भएको हुँदैन । यो सामान्य अवस्थामा, सामान्य जीवनयापनमा देखिएका लक्षणदेखि लिएर आफ्नो वास्तविकताबाटै बाहिर पुग्ने अधिक अवस्थामा विक्षिप्तताको जुन अवस्था हुन्छ, त्यहाँ आफ्नो परिचय, आफ्नो सामाजिक जीवन, आफ्नो पारिवारिक जीवन, व्यवसायिक जीवनभन्दा मानिस अलग हुन्छ। डिप्रेसन अलग खालको समस्या हो भने एन्जाइटी अर्कै खालको हो । साइकोसिससम्बन्धी समस्या अर्कै हुन्छ । जसरी हामीले शारीरिक स्वास्थ्यमा ब्लडप्रेसर, डाइबिटीज, थाइराइडजस्तै भन्छौं, त्यस्तै डिप्रेसन, एन्जाइटी पनि मानसिक स्वास्थ्य भित्रको फरक–फरक समस्या हुन् । कहिलेकाँही लक्षण समान किसिमको देखापर्न सक्छन् तर यी फरक-फरक हुन् । हरेक प्रकारको आफ्नै किसिमको गम्भीरताको चरणहरू हुन्छन् । मानसिक स्वास्थ्य समस्या के कारण लाग्छ ? मानसिक स्वास्थ्य समस्याको यही कारण भन्न सकिँदैन । यसलाई खासगरी तीन प्रकारमा वर्गीकरण गरिन्छ । एउटा व्यक्तिको आफ्नो जैविक कारण- जुन हर्मोनल र वंशाणुगत कारणले हुन्छ । अर्को वातावरणीय कारण । जस्तै व्यक्तिको वरिपरिको समाज कस्तो छ ? परिवारको अवस्था कस्तो छ, वरिपरीको वातावरण कस्तो छ, व्यक्तिले त्यो समाजभन्दा आफूलाई के फरक पाउन सक्छ भन्ने हुन्छ । अनि अर्को रहेको छ– मनोवैज्ञानिक कारण । कसैमा धेरै हिनताबोध हुँदा, धेरै नकारात्मक भावना उत्पन्न हुँदा मनोरोगको समस्या देखिन सक्छ । नेपालमा भएको पछिल्लो अध्ययनले १० देखि १५ प्रतिशत व्यक्तिलाई तत्कालै मानसिक स्वास्थ्यको उपचारको आवश्यकता भएको देखाएको छ । धेरै मात्रामा डिप्रेसन एन्जाइटीको समस्या भएको पाइएको छ । समयमै पहिचान गर्न सक्यो भने निको हुन्छ यो रोग निको हुन्छ कि हुँदैन भन्ने प्रश्नमा व्यक्तिमा निर्भर रहन्छ । अर्को कुरा रोगलाई वर्गीकरण गरेर हेर्नुपर्ने हुन्छ । व्यक्तिको रोगसम्बन्धी गम्भीरता कस्तो किसिमको छ, अरू जोखिमका कारणहरू के कति छन् ? रोगकै कुरा गर्दा एन्जाइटी अथवा डिप्रेसनका बिरामीहरूमा एउटा निश्चित समयमा औषधी खाएपछि यो समस्याबाट बाहिर निस्कन सक्छन् र बाँकी आफ्नो नर्मल जीवनयापन गर्न सक्छन् । सिजोफेर्निया जस्ता बिरामीहरूले जीवनभर औषधी खानुपर्ने हुन्छ । एउटा राम्रो पक्ष भनेको औषधी डोज मिलाएर नियमित खायो भने नर्मल जीवनयापन बिताउन सक्ने सम्भावना हुन्छ । मानसिक समस्याले आत्महत्याको सम्भावना उच्च मानसिक बिरामीमा रोगकै कारण कुनै शारीरिक जटिलता आएर मृत्यु हुनेभन्दा पनि आत्महत्याको सम्भावना उच्च हुन्छ । यसका कारण मृत्यु हुने सम्भावना जहिले पनि बढी रहन्छ । अहिले पनि विश्वभरिको रेकर्ड हेर्यो भने चौंथो पाँचांै नम्बरमा आत्महत्याको कारण मृत्यु हुने संख्या बढ्दै गएको छ । रोगलाई बेलैमा निदान गर्यौ, बेलैमा उपचार गर्यौं भने यस्तो परिवेशबाट बचाउन सकिन्छ । बिरामीको विचारमा भावनामा सोच्ने शैलीमा परिवर्तन हुँदा यस्तो निर्णयमा व्यक्ति पुग्न सक्छ । आफ्नो परिवेशलाई आफ्नो अवस्थालाई सही पहिचान नगर्दा यस्तो कदम उठाउने परिवेशमा मान्छे पुग्न सक्छ । यो पनि रोगको प्रकार हेरेर हुन्छ । नकारात्मक भावनाबाट उत्प्रेरित हुँदा मान्छे अन्तिममा के गर्दा मैले मुक्ति पाउँछु भन्ने अवस्थामा आइपुग्दा आत्महत्याको बाटोमा पुग्ने गर्छन् । रोगको उचित उपचार नहुँदा पनि समस्या आउँछ अनि मान्छे यस्तो निर्णयमा पुग्न सक्छन् । कहिलेकाहीँ बिरामीको बिकारको अवस्थाले गर्दा थाहै नपाइ आफ्नौ ज्यान फालेको अवस्था पनि देखिन्छ । अस्पताल पुग्ने न्यूरोसिसका बिरामी धेरै अहिले धेरै संख्यामा न्युरोसिसकै बिरामीहरू उपचारको लागि अस्पताल पुग्ने गर्छन् । निन्द्रामै समस्या भइसकेपछि अब देखाउनुपर्छ, मलाई केही समस्या भएको हो कि भन्ने हुन्छ । अत्यधिक डर लाग्ने, आत्तिने जस्ता लक्षणले पनि बिरामीहरू उपचारका लागि आउँछन् । सामाजिक जिम्मेवारी, आफ्नो काम कर्तव्य पुरा गर्न नसकेको अवस्थामा पनि किन यस्तो भयो भने बिरामीहरू उपचारको लागि आउँछन् । यो समस्या जुनसुकै उमेरका बालबालिका, युवा वयस्क, वृद्धवृद्धालाइ पनि समस्या देखिन्छ । तर सेवा लिन बढी युवा वर्ग आइरहेका छन् । बालबालिका, वयस्क पनि आउनुहुन्छ । जोगिने कसरी ? जैविक कुरालाई भने हामी परिवर्तन गर्न सक्दैनौं । परिवर्तन गर्न सकिने वातावरणीय कारण परिवर्तन गर्न सकिन्छ । आफू कसरी आफ्नो वातावरणसँग जोडिने, अरुसँग कसरी सम्बन्ध गाँस्ने, नकारात्मक विषयबाट टाढा रहने कुरा मनोविज्ञानमा पर्छन् । मुख्य कुरा हामी सकारात्मक हुनुपर्छ । सकारात्मक बनौं, सकारात्मक सोचौं । यदि गर्दा हामी मजाले जोगिन सक्छौं । व्यायाम, योगा खानपानदेखि अरू जीवनशैलीले मानसिक स्वास्थ्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भूमिका खेलेको हुन्छ । स्वथ्यकर जीवनशैलीको जुन सिद्धान्त छ त्यो मानसिक स्वास्थ्यका लागि पनि फाइदा हुन्छ भने हामीले अपनाउने जीवनशैली, हामीले राख्ने सोच, व्यक्तिहरूसँग गर्ने भावनाको आदानप्रदान राम्रो हुनुपर्छ । यसकै पृष्ठभूमिबाट यो समस्या आएको हुन्छ । हामीले कति महत्वाकांक्षा राख्ने, हाम्रो क्षमताको सही पहिचान कसरी गर्ने, हाम्रो वरिपरिको परिवेशमा कसरी अन्तरसम्बन्ध कसरी राख्ने भन्ने विषयमा पनि ध्यान दिनुपर्छ । तथ्यांकले नेपालमा हरेक ४ जनामध्ये एक जनालाई कुनै न कुनै किसिमको मानसिक समस्या भएको देखाएको छ । कति पहिचानमा आएका छन् त कति छैनन् । अहिले बहुआयामिक परिवर्तन हुँदैछ । नेपालकै कुरा गर्ने हो भने हरेक परिवारको संरचना परिवर्तन भएको छ, हामी आधुनिक युगमा आउँदै गर्दा सामाजिक अन्तक्रिया, अरू सम्बन्धमा पनि अन्तरसम्बन्धमा पनि बहुआयामिक परिवर्तन हुँदैछ । यसले गर्दा यसको पृष्ठभूमिमा मनोरोगको जोखिम थपिएको छ । अहिले सूचनाको लागि हामीसँग सुविधा छ । योसँग सम्बन्धित स्वास्थ्यकर्मीहरू, सीपयुक्त परामर्शकर्ताहरू हुनुहुन्छ । अझ काठमाडौं उपत्यकालगायत सहर बजारमा उहाँहरूको उपलब्धता सहज छ । तर दूरदराजमा अहिले पनि केही समस्या छ । तर पनि हरेक जिल्ला, प्रदेशमा केही मात्रामा मनोपरामर्शकर्ताहरू उपलब्ध छन् । आफ्नो नजिकको स्वास्थ्यसंस्था वा स्वास्थ्यकर्मीसँग गएर पनि हामीले आफ्नो समस्याबारे भन्न सक्छौं । यो परिवेशलाई पहिचान गरेर यसमा काम गर्न स्थानीय, प्रदेश केन्द्र सबै सरकारले लाग्नुपर्ने आवश्यक्ता छ । तर आजभोलि केही पहल भइरहेको छ तर त्यो पर्याप्त छैन । स्वास्थ्य संस्थामा मानसिक समस्याका बारेमा जानकारी गराउने परामर्शदाता हुनुपर्ने कुराहरू पनि आइरहेको छ भने स्थानीय तहमा पनि केही प्रयासहरू भइरहेको देखिन्छ । (मनोचिकित्सक डा. सुनिल रेग्मीसँग गरिएको कुराकानीमा आधारित)