प्रधानमन्त्री पदका लागि देउवाको मात्र उम्मेदवारी, स्पष्ट बहुमत तर संसद्मा अवराेध हुने
नयाँ प्रधानमन्त्री चयनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी परेको छ। अाज दिउसो ११ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय दिइएको थियो। देउवाको प्रस्तावक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल छन्। कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह, नेकपा संयुक्तका जयदेव जोशी र अखण्ड नेपाल पार्टीका कुमार खड्का देउवाका समर्थक बनेका छन्। संसद सचिवालयका प्रवक्ता भरत गौतमका अनुसार एकजनाको मात्र उम्मेदवारी परेको भएपनि आइतबार मतदान प्रक्रियामा लगिनेछ। प्रधानमन्त्री चयन गर्ने निर्वाचनको मतदान आइतबार बिहान ११ बजे शुरु हुने बताइएको छ। तर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवराेध गर्ने जनाएकाे छ । प्रधानमन्त्री चयन हुन हस्ताक्षर सहितको बहुमत आवश्यक पर्नेछ । हाल संसदमा ५९३ सदस्य छन्। प्रधानमन्त्री चयन हुन देउवालाई २९७ मत आवश्यक पर्नेछ। कांग्रेसका २०६, माओवादी केन्द्रका ८१ र गच्छदारको पार्टीसँग १६ जम्मा हुने वित्तिकै उनको बहुमत पुग्ने स्थिति रहेकाले उनी प्रधानमन्त्री बन्न स्पष्ट बहुमत पुग्ने देखिन्छ। तर एमालेले संसद्मा अवराेध जारी राखेमा निर्वाचन प्रक्रिय अगाडि बढाउन समस्या हुने देखिएकाे छ ।
भरतपुर १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय
काठमाडौं । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय गरेको छ । आयोगको शनिबार बसेको बैठकले पुनः मतदान गर्ने निर्णय गरेको हो । आयोगका प्रवक्ताले विज्ञप्ति प्रकाशित गर्दै निर्वाचन गर्ने निर्णय गरेको उल्लेख गरेका हुन् । मतगणनाका क्रममा माओवादी प्रतिनीधीले ९० मत च्यातेपछि गणना अवरुद्ध भएको थियो ।
हिमालय एयरलाइन्सले पनि वाइडवडि ल्याउँदै, एक वर्ष भित्रै २ वटा वाइडवडि ल्याएर मध्यपूर्व तथा युरोप जाने
काठमाडौं । निजी क्षेत्रको अन्तर्राष्ट्रिय उडानको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले पनि लामो दुरीको उडान क्षमता भएको वाइडवडि जहाज ल्याउने भएको छ । नेपालबाट एक वर्षदेखि अन्तर्राष्ट्रिय उडान सुरु गरेको यो वायुसेवा कम्पनीले नेपाल वायुसेवा निगमसँग प्रतिस्पर्धा गर्ने गरी नयाँ जहाज ल्याउने भएको छ । वायुसेवा निगमले आगामी एक वर्ष भित्रै २ वटा वाइडवडि जहाज ल्याउने भएपछि हिमालयले पनि दुइवटै वाइडबडिकै आन्तरिक गृहकार्य थालेको हो । चिनियाँ वायुसेवा कम्पनी तिव्बत एयरलाइन्सको सहकार्यमा नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने यो वायुसेवामा यति एयरलाइन्सको संचालक आङछिरिक शेर्पाको ५१ प्रतिशत र तिब्बत एयरलान्इको ४९ प्रतिशत सेयर रहेको छ । नेपालमा यो वायुसेवालाई यती इन्भेष्टमेन्ट ग्रूपले हिमालय एयरलान्इसको नामबाट संचालन गरेको हो । यसमा चिनियाँ वायुसेवा कम्पनी तिव्वत एयरलान्इनससँग साझेदारी रहेको छ । यो वायुसेवाले कसैसँग प्रतिस्पर्धा नगरी आफ्नो योजना अनुसार नै जहाज थप गर्न लागेको जानकारी दिएको छ । यसले उडान सुरु गरेको एक वर्ष भित्रमा तीन र दोस्रो वर्ष जहाजको संख्या पाँच वटा जहाज पुर्याउने योजना अगाडि सारेको थियो सोही योजना अनुसार काम भइरहेको पनि हिमालय एयरलाइन्सले जानकारी दिएको छ । हिमालय एयरलाइन्सका महाप्रवन्धक राजुबहादुर केसीका अनुसार यो साल कुनै योजना छैन, अर्को साल भने पक्कै हिमालय एयरलाइन्सको वाइडवडि जहाज आउँछ । हिमालयले सन् २०१८ भित्रै वाइडवडिको जहाज ल्याएर उडान गर्ने भएको छ । हिमालयले आफ्नो उडान गन्तव्य विस्तार र बजार रणनीति अनुसार आवश्यकता अनुसारको जहाज थप गर्दै जाने योजना अनुसार ठूलो जहाज थप गर्ने भएको छ । हिमालयले सकेसम्म नेपालको हवाई उड्डयन क्षेत्रको कालोसूची हटेपछि जहाज ल्याएर उडान गर्ने बताएको छ । वाइडवडि चलाउनु भन्दा अगाडि कालोसूची हट्न नसके युरोपेली मुलुकमा जहाज उडाउन पाइदैन । अबको अन्तर्राष्ट्रिय उडानका वायुसेवाका गन्तव्य भनेकै युरोप तथा अमेरिकी मुलुक भएको पनि उल्लेख छ । हिमालयले हाल श्रीलंकाको कोलम्बोको उडान यात्रु नभएर कटौति गरेको छ । यो उडानको विकल्पमा हिमालय एयरलाइन्स छिट्टै युएईको दुबाई र साउदी अरबको दमाम जाने भएको छ । हाल यो वायुसेवाले म्यान्मारको यांगुन, कतारको दोहा, र मलेसियाको क्वाललम्बुरमा नियमित उडान गरिरहेको छ । हिमालय एयरलाइन्सले पनि हाल तीन वटै एयरवसको ए ३१९ नामक जहाजबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । यो वायुसेवाले थप जहाज ल्याँउदै बजार हिस्सा कब्जा गर्दै जाने रणनीति लिएको पनि उल्लेख छ । हिमालयले सन् २०१७ भित्र पूर्ण रुपले गृहकार्य गर्ने र सन् २०१८ को सुरुवातमा नै जहाज ल्याउने गरी योजना बनाइरहेको पनि उल्लेख छ । निगमले भने नयाँ वाइडिको जहाज ल्याएर दक्षिण कोरिया, जापान, अष्ट्रेलिया, जर्मनी, चीनलगायतका मुलुकमा उडान गर्ने भएको छ । निगमले गरेकै उडान गन्तव्य नेपालबाट हुने उडानको निम्ति नाफामूलक गन्तव्य भएकोले पनि निगमसँगे प्रतिस्पर्धा गर्न हिमालय एयरलाइन्स अग्रसर भएको हो ।