अष्ट्रेलियामा अध्ययन: नेपाली विद्यार्थीलाई भिसामा कडाई
अष्ट्रेलिया । अष्ट्रेलियाले नेपाली विद्यार्थीहरुलाई भिसामा थप कडाई गर्ने भएको छ । अष्ट्रेलियाले नेपाली विद्यार्थी सहित भारत र बङ्लादेशका विद्यार्थीलाई भिसामा थप कडाई गर्ने लागेको हो । माइग्रेशन एजेन्ट नरिंदर कौरले भारत, पाकिस्तान र नेपालका विद्यार्थीहरूको लागि भिसा प्रणाली कडाई गर्दै अद्यावधिक गरिएको बताईन् । “यी देशहरूबाट आएका अन्तर्राष्ट्रिय विद्यार्थीहरू अहिले उच्च जोखिममा छन् । यी देशबाट आएका भिसा आवेदनहरूको असेसमेन्ट लेभल २ बाट स्तर ३ मा पुगेको छ,” उनले भनिन् । परिवर्तन गरिएको मापदण्ड अनुसार विद्यार्थीले कम्तिमा पनि आईएल्टीसमा ५.५ भन्दा माथि र पिटिएमा उपयुक्त स्कोरको आवश्यक हुन्छ । यो अंक राम्रा विद्यार्थीहरुलाई ल्याउन भने त्यति गाह्रो छैन । अष्ट्रेलियामा विद्यार्थीको भिसा आवेदनहरू उनीहरुको व्यक्तिगत योग्यताको आधारमा मूल्याङ्कन गरिन्छ, जसमा शैक्षिक योग्यता, वित्तीय आवश्यकताहरु र अंग्रेजी भाषामा राम्रो दक्षता समावेश छ । विद्यार्थी भिसालाई मूल्याङ्कन गर्ने असेसमेन्ट लेभलले भिसा प्रणालीलाई सुव्यवस्थित गर्दछ, जसले भिसा आवेदनका लागि लागु गरिएका आवश्यकताहरूलाई आदेश दिने गर्दछ । यी भिसाको आवश्यकताहरू प्राय: अष्ट्रेलियामा शिक्षा प्रदायकहरूसँग अध्ययन गर्न चाहेको विशेष देशका आवेदकहरूद्वारा प्रस्तुत अध्यागमन जोखिमको आधारमा परिवर्तन हुन्छन् । असेस्मेन्ट लेभल १ भएका प्रख्यात विश्वविद्यालयका विद्यार्थीहरुलाई बाहेक अन्यलाई यो नयाँ भिसाको परिवर्तन लागु हुने बताईएको छ । माइग्रेसन विज्ञहरु भन्छन्-‘भिसा जारी गर्ने अधिकारीहरुले समय समयमा मूल्याङ्कन स्तर परिवर्तन गर्न सामान्य हो । उनीहरूको अनुसार यो परिवर्तनले पढ्छु नै भन्ने सोच भएका साथै अंग्रेजी भाषामा दक्ष र आर्थी अवस्था मजबुत भएका गैरआवसिय विद्यार्थीहरूलाई भने कुनै पनि समस्या नहुने बताउँछन् । गत मे महिनामा, एबीसीको फोर कर्नरले कसरी अस्ट्रेलियाको उच्च शिक्षा प्रणालीलाई विदेशी शुल्क तिर्ने विद्यार्थीहरूको बढ्दो निर्भरताले कसरी कमजोर पारिरहेको छ भन्ने अध्ययन गरेका थिए । अध्ययनले अष्ट्रेलियाको शिक्षा उद्योगले बौदिक चोरी, शैक्षिक दुराचार र फेल हुने विद्यार्थीको संख्या बढी भएको रिपोर्ट गरेको कारण विशेष रूपमा भारतीय उपमहादेशबाट आएका विद्यार्थीहरूको गुणस्तरमा नराम्रो असर पारिरहेको देखाएको छ । विद्यार्थी भिसामा भएको यस परिवर्तनले भिसाको नतिजा कुरिरहेका विद्यार्थीहरुलाई असर गर्ने बताईएको छ । त्यसैले भिसा आवेदकहरुले कुनै थप जानकारीको लागि अनुरोध पठाउनुभन्दा पहिले भिसाको आवश्यकताहरू पूरा गर्न प्रयास गर्दा निकै राम्रो हुन्छ । मार्च २०१९ सम्मको अष्ट्रेलियाको डाटा अनुसार हाल ६१ लाख १३ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरू अध्ययन गरिरहेका छन् जसमा सबैभन्दा बढी चीन, भारत र नेपालबाट आएका विद्यार्थी रहेका छन् । २०१८ मा मात्रै अष्ट्रेलियामा ५ लाख ४८ हजार अन्तराष्ट्रिय विद्यार्थीहरु भर्ना भएका थिए । उक्त सालको डाटा अनुसार अन्तराष्ट्रिय विद्यार्थीहरुले अष्ट्रेलियाको अर्थतन्त्रमा २४ खर्ब भन्दा बढी योगदान पुर्याएका छन् । यो रकमले पनि विद्यार्थीहरुको अष्ट्रेलिया प्रति भएको लगाव र विश्वास देख्न सकिन्छ । (एसबिएसबाट अनुवाद गरिएको )
एमबिबिएस र बिडिएस तहको प्रवेश परीक्षा पुनःप्रकाशित
काठमाडौं । काठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस र बिडिएस तहको प्रवेश परीक्षा पुनः प्रकाशित गरेको छ । असोज ६ गते प्रकाशित नतिजामा प्राविधिक त्रुटि भएको जनाउँदै विश्वविद्यालयले त्रुटिलाई सच्याउँदै पुनः परीक्षाफल प्रकाशित गरेको हो । पहिलो नजिताबाट २५० विद्यार्थीको नतिजामा परिवर्तन देखिएको छ । विश्वविद्यालयका स्कुल अफ मेडिकल साइसेन्सका डीन प्रा रोजेन्द्र कोजुले पहिलोपटक प्रकाशित नतिजामा प्राविधिक त्रुटि भेटिएकाले दोस्रो नतिजा प्रकाशित गरिएको जनाए। विश्वविद्यालयले पुनःप्रकाशित नतिजामा चित्त नबुझे विद्यार्थीले आफ्नो उत्तरपुस्तिका हेर्नसक्ने व्यवस्था मिलाएको जाएको छ । त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयले चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस तहको प्रवेश परीक्षाको नतिजा गत असोज ६ गते सार्वजनिक गरेका थिए । चिकित्सा शिक्षातर्फ एमबिबिएसका लागि दुई विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा करीब १९ हजार विद्यार्थी सहभागी भएकामा आठ हजार ७५६ विद्यार्थी उत्तीर्ण भएका थिए । त्रिविवि चिकित्साशास्त्र अध्ययन संस्थानले असोज ३ गते शुक्रबार र काठमाडौँ विश्वविद्यालयले असोज ४ गते शनिबार परीक्षा सञ्चालन गरेका थिए । त्रिविअन्तर्गतका कजेजमा चार हजार २६९ र काठमाडाैं विश्वविद्यालयअन्तर्गत चार हजार ४८७ विद्यार्थी उत्तीर्ण भएका थिए । ती दुवै विश्वविद्यालयका न्यूनतम उत्तीर्णाङ्क प्रतिशत ५० रहेको थियो । ती दुवै विश्वविद्यालयका २२ कलेजमा एमबिबिएस तहको अध्ययन अध्यापन हुने गर्दछ । मन्त्रिपरिषद्को २०७५ असोज २८ गते बैठकले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबिबिएस र बिडिएसको शुल्क निर्धारण गरेको थियो । एमबिबिएसका लागि काठमाडौं उपत्यकामा रु ३८ लाख ५० हजार तथा उपत्यका बाहिर रु ४२ लाख ४५ हजार र बिडिएस कार्यक्रमका लागि रु १९ लाख ३२ हजार ६१२ शुल्क रहेको छ । रासस
१२५ घण्टा पढेर विश्व रेकर्ड राखे बझाङका मुकेश जोशीले…
काठमाडौं । बझाङका मुकेशराज जोशीले १२४ घण्टा ३० मिनेट किताब पढेर विश्व किर्तिमानी राखेका छन् । छ दिन पाँच रात किताब पढेर उनले विश्व रेकर्ड राखेका हुन् । बझाङ जयपृथ्वी नगरपालिकाका जोशीले सो दिनमा २२ वटा किताब पढेका हुन् । गिनिज इभेण्टको अायोजनामा उनले गत पाँच गते बिहान ११ : ३० देखि पढ्न शुरु गरेका थिए । १२४ घण्टा ३० मिनेट सम्म उनले इतिहास, विभिन्न प्रख्यात व्यक्तिहरूको जीवनी तथा अन्य उपलब्ध किताबहरू पढेको बताए । यसभन्दा अगाडि यो विधामा नेपालकै दीपक शर्माको नाम थियो । उनले ११३ घण्टासम्म पढेर सन् २००८ मा गिनिज बुकमा नाम लेखाएका थिए । जोशीले प्रमाणपत्र पाउन भने बाँकी रहेको छ ।