राहुल चौधरीको पहलमा माल्दिभ्सका ९३ विद्यार्थीलाई स्वदेश पठाइयो

काठमाडौं । कोरोना संक्रमणको जोखिमका कारण सरकारले अनिश्चितकालीन लकडाउन शुरु गरेपछि नेपालमा रोकिएका माल्दिभ्सका १८ विद्यार्थीलाई नेपालका लागि माल्दिभ्सका अवैतनिक महावाणिज्यदूत राहुल चौधरीको पहलमा विमान चार्टर गरी स्वदेश पठाइएको छ । नेपालमा चिकित्सा अध्ययन गर्ने करिब सय माल्दिभियन विद्यार्थी छन् । तीमध्ये ७५ जनालाई लकडाउन शुरु हुनुअघि नै राहुलले परराष्ट्र, नागरिक उड्डयनलगायत मन्त्रालयसँग समन्वय गरी कतार एयरवेजको विमानबाट माल्दिभ्स पठाएका थिए । कतिपय विद्यार्थी काठमाडौंबाहिरका जिल्लामा अध्ययनरत रहेकाले समयमै आइनसकेका कारण लकडाउनको मारमा परेका थिए । एक महिनादेखि उनीहरूले स्वदेश फर्काइदिन आग्रह गरिरहेका थिए । राहुलले सम्बन्धित मन्त्रालय, नेपाल वायुसेवा निगमसँगै माल्दिभ्सको राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर ती १८ विद्यार्थीलाई निगमको चार्टर्ड विमानबाट माल्दिभ्स पठाइदिएका हुन् । निगमको त्यो विमानले विद्यार्थीहरूलाई सबैभन्दा नजिकको मुकाम ढाका (बंगलादेश) पुऱ्याएको थियो । ढाकामा रहेका अन्य ५५ विद्यार्थीलाई पनि साथमा लिएर माल्दिभ्सको सैन्य विमानले उनीहरूलाई गन्तव्यमा पुऱ्याएको हो । राहुल ६ महिनादेखि नेपालका लागि माल्दिभ्सका अवैतनिक महावाणिज्यदूत छन् । यसअघि यो जिम्मेवारी निर्वाण चौधरीले निभाइरहेका थिए । चौधरी फाउन्डेसनकालागि कोरोना परीक्षणका लागि चिनबाट ‘पीसीआर रिएजेन्ट’ ल्याउन पनि राहुलले संयोजन गरेका थिए ।

यी हुन डब्लुएचओले लकडाउन हटाउन तोकेका ६ वटा सुचक, नेपालले पनि पुरा गरेर खोल्ला त ?

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रबन्ध निर्देशक टेड्रोस अधनोम घब्रेससले धेरै देशहरुले लकडाउनको चपेटाबाट बाहिर निश्कन चाहेको बताएका छन् । डब्लुएचओले तोकेका विभिन्न ६ ओटा सुचकहरु पुरा गरेर मात्रै लकडाउनको चपेटाबाट बाहिर निश्कन सकिने जानकारी दिएको छ । नेपालमा पनि लकडाउन भएको आज २८ दिन भइसकेको छ । डब्लुएचओको लकडाउन हटाउन यस्ता छन् ६ वटा सुचक –कोरोना भाईरस संक्रमणको फैलावट रोकेको हुनुपर्ने । –सार्वजनिक स्वास्थ्यमा विशेष ख्याल राखी यसको क्षमतामा विस्तार हुनुपर्ने । –आईसोलेसन, क्वारेन्टाइनलगायत प्रत्येक केशलाई ट्रेस गर्न सक्ने अस्पतालको क्षमता भएको हुनुपर्ने । –नर्सिङ होमलगायत संवेदनशिल क्षेत्रमा भाईरस फैलन सक्ने चुनौतिको सामना गर्न सक्ने अवस्था भएको हुनुपर्ने । –काम गर्ने स्थानमा सामाजिक दूरी र विभिन्न सरसफाईका सुचकहरु पुरा गरेको हुनुपर्ने । –विदेशी पर्यटक तथा बाहिरबाट आउने यात्रुहरुमार्फत आउने ईम्पोर्ट केशलाई नियन्त्रण तथा व्यवस्थापन गर्न सकिने क्षमता बनाउनुपर्ने, जनताहरुलाई यसको चुनौतिको घडी अन्त्य भएको अनुभव गराएको हुनुपर्ने।

जेठ १५देखि शैक्षिक संस्था खुल्ने, एसईई परीक्षाको यस्ताे छ तयारी

काठमाडाैं । लकडाउनका कारण बन्द रहेका शैक्षिक संस्थाहरु आगामी जेठ १५ देखि खुल्ने भएका छन् । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एक सञ्चारमाध्यमकाे कुराकानीमा जेठ १५ देखि शैक्षिक संस्था खाेनल्ने तयारी भइरहेकाे बताएका हुन् । उनले काेराेना महामारीकाे संक्रमण कम हुने बित्तिकै र लकडाउन खुल्ने बित्तिकै सबै शैक्षिक संस्था खाेलिने स्पष्ट पारेका हुन् ।  अहिले महामारीका कारण विश्व विद्यालय तथा सिटिइभिटी अन्तर्गत परिक्षाहरु समेत रोकिएकाले लकडाउन खुलेको तेस्रो हप्तादेखि उक्त परिक्षाहरु समेत सञ्चालन हुने मन्त्री पोखरेले जानकारी गराएका छन् । यस्तै, लकडाउन खुलेकाे तीन हप्तापछि एसईईकाे परीक्षा गर्ने तयारी भइरहेकाे उनले बताए । लकडाउन खुलेको एक हप्ताभित्र कक्षा एक देखि नौ सम्मको नतिजासमेत सार्वजनिक हुने उनले बताए ।  मन्त्री पोखरेलले कक्षा १२को परिक्षा संघले, १० को प्रदेशले र आठ कक्षाको स्थानीय सरकारले गर्ने व्यवस्था रहेकाले तीनै तहका सरकारसंगको समन्वयमा रहेर एकदेखि नौ सम्मको नतिजा समेत लकडाउन खुलेको हप्ता दिन भित्रै सार्जजनिक हुने बताए ।अहिले देशभरका दुई सय ४३ शैक्षिक संस्थाहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग भइरहेको जनाउदै मन्त्री पोखरेलले यद्यपी संकट कति लामो समयसम्म जान्छ र कस्तो स्वरुप लिन्छ भन्ने कुराले पनि प्रभाव पर्न सक्ने जनाएका छन् ।