स्वणिर्म युनिभर्सिटीको नेपाल अफिस इस्पट इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सीमा

काठमाडाैं । भारत अध्ययनार्थ जान चाहने विधार्थीहरूको रोजाईमा हाल गुजरातको नाम अग्रपंक्तिमा आइरहेको छ। गुजरात भारतकै सम्पन्न प्रदेश, सुरक्षित, व्यापारी केन्द्र र अनुकूल वातावरणका कारणले बस्न लायक उत्कृष्ट शहरको रुपमा चिनिएको छ। यसै विषयमा केन्द्रित रहेर इ-स्पट इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सीले गुजरातमा अवस्थित स्वणिर्म युनिभर्सिटीलाई नेपालमा प्रवर्धन गर्ने भएको छ । यसै साता स्वणिर्म युनिभर्सिटीका भाइस प्रिसीडेन्ट आदी ॠषभ जैन, हेड अफ एड्मिसनस् अर्पित कुमार सोलन्की र इ-स्पट इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सीका डाइरेक्टर साकार साहीले संयुक्त रूपमा एक कार्यक्रमभीच स्वणिर्म युनिभर्सिटीको नेपाल अफिस समुद्घाटन गरेका थिए। कार्यक्रममा स्वणिर्म युनिभर्सिटीका हेड अफ एड्मिसनस् अर्पित कुमार सोलन्कीले युनिभर्सिटीले विश्वभर मान्यता प्राप्त शैक्षिक कार्यक्रमहरू सञ्चालन गरी युनिभर्सिटीले स्टार्टअप र इनोभेसनमा गरिएको उपलब्धिका बारेमा जानकारी दिए । यस्तै इ-स्पट इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सीका निर्देशक साकार साहीले नेपालमा गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको इ-स्पट इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सीले स्वणिर्म युनिभर्सिटीलाई नेपालमा प्रवर्धन गर्न पाउँदा निकै खुशी लागेको बताए ।

नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

कञ्चनपुर । लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने २२ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार नागरिकताको प्रमाणपत्र र प्रवेश पत्रमा फोटो परिवर्तन तथा किर्ते हस्ताक्षर गरी नक्कली परीक्षार्थी बनेर परीक्षा दिनेहरुलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा कैलाली गाउँपालिका–३ का १८ वर्षीय अविनाश चौधरी, २० वर्षीय लेखराज चौधरी, २० वर्षीय विशाल चौधरी, दार्चुलाको मार्मा गाउँपालिका–३ का गोकुल धामी, २४ वर्षीय का दिनेश महरा, बझाङ मष्ठा गाउँपालिका–४ का १९ वर्षीय अजय कठायत, १८ वर्षीय बलराम कठायत, २० वर्षीय कमल कठायत, १८ वर्षीय प्रविन कठायत र बझाङ तल्कोट गाउँपालिका–३ का लोकराज जोशी रहेका छन् । यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–४ का १८ वर्षीय विपिन चौधरी, सोही उपनगरपालिका–५ का लक्ष्मण चन्द, १८ वर्षीय सागरबहादुर देउपा, बझाङको तल्कोट गाउँपालिकाका २२ वर्षीय दिनेश खाती, १९ वर्षीय नवीन जोशी र कैलालीको टीकापुर नगरपालिका–२ का १८ वर्षीय सागर बोहरा पक्राउ परेका छन् । यस्तै बझाङ थलारा गाउँपालिकाका २० वर्षीय शिवराज नेपाली, दुर्गाथली गाउँपालिका–५ का २० वर्षीय कृष्ण कठायत, जनवासा गाउँपालिकाका १९ वर्षीय विक्रम बोहरा, वुनपा–७ का २२ वर्षीय विमल बोहरा र जनपका २० वर्षीय जीवन बोहरालाई प्रहरीले पक्राउ गरेको छ । रासस

नेपालमै पहिलोपटक सामुदायिक विद्यालमा सम्भाव्य फाउण्डेसनद्वारा मनोपरामर्श कक्ष स्थापना

काठमाडौं । नेपालमै पहिलोपटक सामुदायिक विद्यालयमा मनोपरामर्श कक्ष स्थापना भएको छ । सिन्धुपाल्चोक तालामाराङस्थित तेर्से माध्यमिक विद्यालय र बाउनपाटीस्थित जालपादेवी माध्यमिक विद्यालयमा नेपालमै पहिलोपटक सामुदायिक विद्यालयमा मनापरामर्श कक्ष स्थापना भएको हो । मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको सम्भाव्य फाउण्डेशनले उक्त विद्यालयहरुमा फादर जो थालर एण्ड फ्रेण्डस्को सहयोगमा मनोपरामर्श कक्ष स्थापना गरेको हो । गत मंगलबार दुई छुट्टाछुट्टै कार्यक्रमहरुबीच मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्याल तथा फादर जो थालरले ती कक्षहरुको उद्घाटन गरेका थिए । सामुदायिक विद्यालयहरुमा यस्तो खालको मनोपरामर्श कक्ष सहितको मनोपरामर्श सेवा नेपालमै पहिलो पटक भएको बताइएको छ । फाउण्डेशनले लकडाउनको समयमा पनि १ वर्ष निशुल्क टेलिफोनमार्फत परामर्श सेवा पनि संचालन गरेको थियो । मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको सम्भाव्य फाउण्डेशनले नेपालभरिका विद्यालयमा ‘हरेक विद्यालयमा कम्तीमा एकजना मनोसामाजिक परामर्शदाता’ भन्ने नारासहित सामुदायिक विद्यालयहरुमा निःशुल्क मनोपरामर्शदाता उपलब्ध गराउने अभियान चलाउँदै आइरहेको छ । मैत्रीनगर किर्तिपुरस्थित सम्भाव्य फाउण्डेशनले नेपालभरिका विद्यालयमा ‘हरेक विद्यालयमा कम्तीमा एकजना मनोसामाजिक परामर्शदाता हुनैपर्छ’ भन्ने नारासहित सामुदायिक विद्यालयहरुमा निःशुल्क मनोपरामर्शदाता उपलब्ध गराउने अभियान चलाइरहेको संस्थाका सुपरभाइजर केशव श्रीष मगरले बताए । ‘यसै अभियान अन्तर्गत नै हाम्रो फाउन्डेशनले हालसम्म सिन्धुपाल्चोक र काठमाडौंका विभिन्न १३ वटा विद्यालयहरुमा आफ्ना दक्ष मनोपरामर्शदाताहरुबाट वर्षैभरि नै नियमित रुपमा व्यक्तिगत तथा सामूहिक मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउँदै आएका छौं,’ उनी भन्छन् । साथै यस्तो सेवा भविष्यमा क्रमशः अरु थुप्रै सामुदायिक विद्यालयहरुमा पनि पु¥याउँदै जाने लक्ष्य सम्भाव्यले राखेको पनि उनले बताए । उचित मनोपरामर्शको अभावमा वर्षेनी हजारौं किशोरकिशोरीहरु एन्जाइटी, डिप्रेसन, ओसिडी लगायतका मानसिक तथा मनोसामाजिक समस्याका सिकार भइरहेको फाउण्डेसनकै अर्को परामर्शदाता रन्जीता महर्जन बताउँछिन् । उनले किशोरकिशोरी एवं युवावर्गमा लागुऔषध दुर्व्यसनी एवं आत्महत्याको दर समेत उत्तिकै बढ्दै गएको देखिएको बताइन् । उनी भन्छिन्, ‘मनोपरामर्श कक्षको अभावमा विद्यालयमा विद्यार्थीहरुले मनोपरामर्शदातालाई आफ्ना समस्याहरु, व्यक्तिगत कुराहरु, मनका भावनाहरु पोख्न सहज थिएन । विद्यालयको कुनै कुना काप्चामा बसेर यताउति हेर्दै कोही आउँछ कि, कसैले सुन्छ कि भन्ने त्रास मनमा लिएर उनीहरु मनोपरामर्श सेवा लिने गर्दथे । तर अब विद्यालयमा एउटा छुट्ट्र्रै शान्त, सजिलो र आरामदायक मनोपरामर्श कक्षको उपलब्धताले विद्यार्थीहरुले सहज र शान्त वातावरणमा अप्ठ्यारो नमानी मनका पीडा, उकुसमुकुस, जिज्ञासा, दुविधा आदि निर्धक्क फुकाउन सक्नेछन् ।’