अर्थमन्त्री शर्मालाई शिक्षा मन्त्रालयको जिम्मेवारी
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले अनिश्चित समयको लागि शर्मालाई शिक्षामन्त्रालयको जिम्मेवारी दिएका हुन् । हालको शिक्षामन्त्री देवेन्द्र पौडेल बेलायतमा शिक्षा सम्बन्धी कार्यक्रममा भाग लिन गएका कारण उनको ठाउँमा अर्थमन्त्री शर्मालाई जिम्मेवारी दिइएको हो । पौडेल गत जेठ ७ गते नै बेलायत गएका हुन् । उनी एजुकेसन वर्ल्ड फोरम २२ मा सहभागी हुन बेलायत पुगेका हुन् ।
सत्याल पब्लिकेसनले १० हजार शिक्षकलाई रोजगारी दिने
काठमाडौं । सत्याल पब्लिकेसनका उत्पादन अब डिजिटलरूपमा पाइने भएको छ । पब्लिकेसनले तयार गरेको ‘सत्याल द लर्निङ प्लेटफर्म’को आइतबार सार्वजनिक गरिएको छ । शिक्षालाई पूर्ण डिजिटलाइजेसन गर्ने उद्देश्यले पब्लिकेसनले द वल्र्डलिन्कसँग मिलेर सफ्टवेयर बनाउने प्लेटफर्म प्रालिका कार्यकारी निर्देशक अश्विन सत्यालले जानकारी दिए । वल्र्डलिन्कका कर्पाेरेट निर्देशक लक्ष्मण यादवका अनुसार वर्षाैँदेखि पाठ्यपुस्तक छाप्दै आएको कम्पनीले विद्यालय शिक्षालाई डिजिटलाइजेसन गर्न सफ्टवेयरको विकास गरेको हो । विद्यालय जाने प्रणालीलाई परिवर्तन गर्दै सो एपमा इन–पुस्तक, स्मार्ट कक्षा, अनलाइन तथा हाइब्रिड कक्षा र परीक्षा, ट्युसन, असाइनमेन्ट आदि राखिनका साथै हाल ट्युसनमा १० हजार शिक्षकलाई आंशिक रोजगारी दिइने लक्ष्यका साथ शैक्षिक भविष्य बदल्ने योेजना राखेको प्लेटफर्म प्रालिका कार्यकारी अध्यक्ष तथा सिइओ आर्यन सत्यालले जानकारी दिए ।
नेपालका ८६ कलेजले विदेश लगे १ अर्ब १५ करोडको डलर र पाउन्ड स्टर्लिङ
काठमाडौं । नेपालमै संचालित कलेजले विदेशी विश्वविद्यालयसँगको सम्बन्धनका कारण बर्सेनि ठूलो परिमाणका रकम विदेश लाने गरेको पाइएको छ । विदेशका विभिन्न कलेजको सम्बन्धन लिएर नेपालमा संचालन भएका ८६ वटा कलेजले २०७७ सालको माघदेखि २०७८ को माघसम्ममा १ अर्ब १५ करोड रुपैयाँभन्दा बढी रकम बराबरको अमेरिकी डलर, बेलायती पाउन्ड स्टर्लिङ र युरो साटेर विदेशी विश्वविद्यालयहरुलाई बुझाएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार गत एक वर्षको अवधिमा विभिन्न ८६ वटा कलेजले ५२ लाख ७५ हजार पाउण्ड स्टर्लिङ विदेश लगेका छन् । यो रकमको नेपाली रुपैयाँ प्रतिपाउण्ड स्टर्लिङ १५५ रुपैयाँ रहेकोले सो रकम ८१ करोड ७६ लाख रुपैयाँभन्दा बढी हुन्छ । यस्तै, विदेशी विश्वविद्यालयहरुको सम्बन्धन लिएका नेपाली कलेजहरुले २४ लाख ३५ हजार अमेरिकी डलर विदेश लगेका छन् । अहिले प्रतिडलर १२३ रुपैयाँ विनिमय दर रहेकोले सो रकम ३० करोड १९ लाख रुपैयाँभन्दा बढी हुन आउँछ । नेपालका कलेजहरुले ४० हजार ९२८ युरो र ३ लाख ११ हजार ८१० सिंगापुर डलर पनि विदेश लगेका छन् । कलेजहरुले सम्बन्धन तथा रजिष्ट्रेसन शुल्क भनेर विदेशी विश्वविद्यालयहरुलाई शुल्क बुझाउने गर्छन् । धेरै पैसा लैजाने ३ कलेज द ब्रिटिस कलेज – थापाथली काठमाडौंमा रहेको बृटिस कलेजले आर्थिक वर्ष ०७८/०८९ को पुस महिनासम्ममा २७ करोड १८ लाख २५ हजार ९ सय नेपाली रुपैयाँ रजिष्ट्रेसन शुल्क बापत भनेर मुद्रा सटहीको अनुमति लिएको शिक्षा मन्त्रायबाट प्राप्त तथ्यांकमा उल्लेख गरिएको छ । सो कलेजले लिड्स ब्याकेट युनिभर्सिटी युके र युनिभर्सिटी अफ द वेस्ट इङ्ल्यान्डबाट विभिन्न ८ वटा विषयमा सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । सफ्टवेरिका कलेज अफ आइटी एण्ड इकमर्स – काठमाडौंकाे डिल्लीबजारमा रहेको सफ्टवेरिका कलेज अफ आइटी एण्ड इकमर्सले बेलायतमा रहेको कन्भेन्ट्री युनिभर्सिटीबाट सम्बन्धन लिएर २ विषयमा विद्यार्थीहरुलाई अध्यापन गराउँदै आएको जनाएको छ । सो कलेजले २०७७ फागुन देखि ०७८ मंसिरसम्ममा रजिष्ट्रेसन शुल्क बापत भनेर ५ करोड ११ लाख ३५ हजार १ सय ९२ रुपैयाँ नेपाली मुद्रा सटहीको अनुमति लिएको प्राप्त तथ्यांकमा उल्लेख गरिएको छ । इस्लिङटन कलेज – इस्लिङटन कलेज काठमाडौंले शिक्षा मन्त्रायबाट ०७८ साउनदेखि ०७८ पुससम्ममा ८ करोड ८३ लाख ८ हजार ६ सय ५० नेपाली रुपैयाँको मुद्रा सटहीको स्वीकृति लिएको देखिन्छ । सो कलेजले विभिन्न १३ वटा विषयमा विदशी विश्वविद्यालयबाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । कुनले कति ? [pdf id=329004]