ललितपुरका विद्यालय असोज १ गतेबाट खाेल्न पाइने

काठमाडाैं । ललितपुर महानगरपालिकामा असोज १ गतेबाट विद्यालहरु खाेल्न पाइने भएकाे छ । महानगरपालिकाले विज्ञप्ति जारी गर्दै असोज १ गतेबाट विद्यालय खाेल्न दिने निर्णय गरेकाे जनाएकाे छ । स्वास्थ्य मापदण्ड पालना गरी महानगरपालिकामा विद्यालय खाेल्न पाइने छ । ‘विद्यालय संचालन गर्नुपुर्व पुर्वतयारी गरी कार्यढाँचा तथा स्वास्थ्य मापदण्डकाे सम्बन्धमा अभिभावक, शिक्षक विद्यार्थी तथा सराेकारवालाहरु अभिमुखीकरण गर्न र साे काे जानकारी महानगरपालिकामा पेश गर्नहाेला, विज्ञप्तिमा भनिएकाे छ । यसअघि काेभिडकाे कारण विद्यालयहरु लामाे समय भाैतिक रुपमा बन्द रहेका छन् ।  

लर्ड बुद्ध एजुकेशन फाउण्डेसनद्वारा छात्रवृत्ति काेष स्थापना, ५ जनालाई नि:शुल्क पढाइने

काठमाडाैं । नेपालको पहिलो आईटी कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेसन (एलबीईएफ क्याम्पस) आफ्नो स्थापनाको २३ वर्ष पूरा गरी २४ औं वर्षमा प्रवेश गरेको छ । हाल मलेसियाको एसियन प्यासिफिक युनिभर्सिटीबाट सम्बन्धन प्राप्त गरि सूचना प्रविधि र व्यवस्थापन विषयमा स्नातक र स्नाकोत्तर तहको अध्यापन गराई रहेको यस कलेज काठमाडौंको मैतिदेवीमा रहेका छ । २४ औं वर्ष प्रवेशको अवसरमा संस्थाका अध्यक्ष पंकज जालानले संस्थाको नयाँ लोगोको अनावरण गर्नुका साथै संस्थाका संस्थापक स्व. परमानन्द केजरिवालको स्मृतिमा यस संस्थाबाट ५ जना विद्यार्थीका लागि स्नाकोत्तर तहमा शतप्रतिशत छात्रवृत्ति उपलब्ध गराउने गरी ‘फाउण्डेशन छात्रवृत्ति’को घोषणा समेत गरेका छन् । संस्थाका प्रमुख सल्लाकार महेन्द्र सिंह राजपुतले उक्त अवसरमा संस्थाले प्रविधि तथा व्यवस्थापन विषयमा विगतमा करिव १० हजार विद्यार्थीलाई दिक्षित गरिसकेको उल्लेख गर्दै भावी दिनमा पनि यो सेवा निरन्तर रहन सबैको सरसहयोग आवश्यक रहेको बताए । कार्यक्रममा संंस्थाका कार्यकारी निर्देशक प्रकाश कुमार केजरिवालले संस्थामा कार्यरत सम्पूर्ण शिक्षक, कर्मचारी र विद्यार्थीलगायतलाई धन्यवाद ज्ञापन गरेका थिए ।

बूढानीलकण्ठ नगरपालिकामा भौतिकरुपमा पढाइ सुरु

काठमाडाैं । बूढानीलकण्ठ नगरपालिकाका विद्यालय आजदेखि भौतिकरूपमा खुलेका छन् । नगरपालिकाको शिक्षा तथा खेलकुद महाशाखाको निर्णयानुसार नगरपालिकाका विद्यालय भौतिकरूपमा नै सञ्चालन भएका हुन् । काभिड–१९ सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेका विद्यालयलाई भौतिक दूरीलगायतका सम्पूर्ण स्वास्थ्य मापदण्ड र सुरक्षा विधि अपनाउँदै कक्षा सञ्चालन गर्न नगरपालिकाले अनुरोध गरेको हो । विद्यालयमा कुनै विद्यार्थी, शिक्षक तथा कर्मचारीमा कोभिडको लक्षण देखिएमा नगरपालिकाले एन्टिजेन परीक्षणका लागि आवश्यक कीटसमेत निःशुल्क उपलब्ध गराउने जानकारी दिएको छ । सरकारले तोकेको मापदण्डभित्र रहेर विद्यालय सञ्चालन भए÷नभएको वडाबाट अनुगमन गरिनेसमेत नगरपालिकाले जनाएको छ । रासस