सन्तोषी श्रेष्ठलाई ‘संस्कृति स्पोर्टस सम्मान’, पाइन् १ लाख

काठमाडौं । संस्कृति इन्टरनेसनल स्कुलले ‘संस्कृति स्पोर्टस सम्मान’ नामक वार्षिक स्पोर्टस अवार्ड स्थापना गरेको छ । खेलकुद विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिभाशाली खेलाडीहरुलाई प्रोत्साहन प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको यो अवार्ड हरेक वर्ष अंग्रेजी क्यालेन्डर अनुसार प्रदान गरिने स्कुलले जनाएको छ । स्कुलको वार्षिक स्पोर्टस डेको अवसरमा सशस्त्र प्रहरी बलको हल्चोक मैदानमा आयोजित एक कार्यक्रममा स्कुलका अध्यक्ष रञ्जित आचार्यले अन्य बोर्ड डिरेक्टर्स, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदी, नेपाली राष्ट्रिय क्रिकेट टाेलीका पूर्व कप्तान पारस खड्का उपस्थिति रहेकाे थियाे । यस वर्षको ‘संस्कृति स्पोर्टस सम्मान’ सन्तोषी श्रेष्ठलाई प्रदान गरिएको छ । उनले २०२२ मा खेल जगतमा उत्कृष्ट प्रदर्शन गर्दै लामो दुरीको दौडतर्फ नेपाललाई अन्तर्राष्ट्रिय स्वर्ण पदक दिलाउन सफल भएकी थिइन् । संस्कृति इन्टरनेसनल स्कुलका अध्यक्ष रञ्जित आचार्य र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुबेदीको उपस्थितिमा कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान पारस खड्काले सन्तोषी श्रेष्ठलाई उक्त अवार्ड हस्तान्तरण गरे । त्यसै गरी संस्कृति इन्टरनेसनल स्कुलका डिरेक्टर पशुपती मुरारकाले श्रेष्ठलाई एक लाख एक हजार बराबरको चेक पनि हस्तान्तरण गरेका थिए । त्यसैगरी सोही कार्यक्रममा व्यावसायिक तालिम लिन नसक्ने देशभर रहेका १९ वर्षमुनिका खेलाडीहरू मध्ये १ जना योग्य क्रिकेटरलाई ५० हजारको ट्रेनिङ स्कलरशिप प्रदान गर्ने घोषणा गरिएको छ । स्कलरशिप विजेतालाई पारस खड्काद्वारा सञ्चालित क्रिकेट एक्सिलेन्स सेन्टरबाट तालिम प्रदान गरिने भएको छ । यस वर्षको स्कलरशीप डडेलधुरा ४ का प्रतिभाशाली क्रिकेट खेलाडी कृष्ण भट्टलाई दिइएकाे छ । सन्तोषी श्रेष्ठ एथलेटिक्समा अन्तर्राष्ट्रिय स्वर्ण पदक जित्ने नेपालकी पहिलो महिला खेलाडी हुन् । पेशाले जनस्वास्थ्य अधिकृत उनी एक राष्ट्रिय खेलाडी हुनुका साथै सार्वजनिक प्रशासन र पब्लिक हेल्थ न्युट्रिसनमा पनि थुप्रै डिग्रीहरु हासिल गरेकी छिन् । उनले २०७९ को नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा १० हजार र ५ हजार मिटर दौडमा, २०७९ को ४४औं राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपको १५ सय र ३ हजार मिटर दौडमा स्वर्ण पदक जितेकी छिन् भने २०७९ को आठौं नेपालगञ्ज म्याराथनमा पनि कोर्स रेकर्ड सहित विजेता बन्न सफल भएकी थिइन् । उनी राष्ट्रिय खेलकुद पत्रकार मञ्चद्वारा आयाेजना गरेको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा  विशेष पुरस्कार, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघद्वारा एथलेटिक्स २०७६ को उत्कृष्ट खेलाडी र नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयद्वारा राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कारबाट पनि सम्मानित भएकी थिइन् ।

कर्णालीका पाँच जिल्ला अझै साक्षर घोषणा हुन सकेनन्

कर्णाली। कर्णालीका पाँच जिल्ला अझै साक्षर घोषणा हुनसकेका छैनन् । आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा तीन वर्षभित्र कर्णाली प्रदेशलाई साक्षर घोषणा गर्ने भनिएको थियो । प्रदेश शिक्षा निर्देश्नालयका अनुसार प्रदेशका १० जिल्लामध्ये पाँचवटा जिल्ला साक्षर घोषणा हुन बाँकी छन् । सो आवमा प्रदेश सरकारले तीन वर्षभित्र कर्णाली प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिसक्ने भन्दै दुई करोड बजेट विनियोजन गरेको थियो । विद्यालय नजाने तथा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्न, विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धि गर्न बालबालिकालाई विद्यालय (ल्याऔँ, टिकाऔँ र सिकाऔँ) भन्ने नाराका साथ अभियान चलाए पनि कार्यक्रम दूरदराजसम्म नपुग्दा अहिलेसम्म साक्षर घोषणा अभियान अलपत्र भएको हो । मुगु, हुम्ला, जुम्ला, कालिकोट र डोल्पाका स्थानीय तह साक्षर घोषणा गर्न बाँकी रहेको सामाजिक विकास मन्त्रालयको शैक्षिक विकास तथा परीक्षा व्यवस्था शाखाका अधिकृत बलवीर सुनारले बताए । प्रदेश शिक्षा निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले तीन तहको समन्वयको अभावमा शिक्षाको गुणस्तर कायम हुन नसकेको जनाउँदै साक्षर जिल्ला बनाउन बजेटको अभाव रहेको बताए । अभियान सुरु भएको पहिलो वर्ष प्रदेश सरकारले प्रदेशभरका ७९ स्थानीय तहलाई प्रोत्साहनस्वरुप  एक करोड ७० लाख बजेट दिएको थियो । पुनः आव २०७६र७७ मा प्रदेश सरकारले दुई वर्षभित्र प्रदेशलाई साक्षर घोषणा गर्ने नीति लिए पनि उक्त कार्यक्रम पनि अघि बढ्न सकेको छैन । सरकारी तथ्याङ्कानुसार कर्णालीको साक्षरदर ६६ प्रतिशत छ । राष्ट्रिय योजना आयोगका अनुसार आव २०८०र८१ सम्म कर्णालीको साक्षरता दर ९५ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । रासस

मानव विकासमा नयाँ अनुसन्धान : २५ हजार वर्ष अघि आधा मानिस भारतमा बस्ने गर्दथे

एजेन्सी । बनारस हिन्दू विश्वविद्यालय (बीएचयू) को एक अनुसन्धानमा एउटा चकित पार्ने तथ्य बाहिर आएको छ । वैज्ञानिकहरुका अनुसार २५ हजार वर्ष पहिले विश्वको आधा जनसंख्या भारतमा बस्ने गर्दथे । हालै भएको काशी तमिल संगम शैक्षिक कार्यक्रमको २७ औं दिन बिएचयुका वैज्ञानिक ज्ञानेश्वर चौबेले यस अनुसन्धानको बारेमा जानकारी दिएका छन् । अफ्रिकामा जन्मे, भारतमा हुर्के प्राध्यापक चौबे भन्छन्, आधुनिक मानव अफ्रिकामा उत्पत्ति भए पनि भारतमा हुर्केका हुन्। यही कारणले गर्दा २५ हजार वर्षअघि विश्वको आधा जनसंख्या भारतमा बस्ने गर्दथ्यो । अन्वेषकहरूले देशका विभिन्न भागबाट २५ हजार नमूनाको अध्ययन र अनुसन्धान गरी यस्तो नतिजा निकालिएको जनाइएको छ । डीएनए नमूनाहरूमा अध्ययन यो अनुसन्धानमा वैज्ञानिकहरुले २५ हजार मानिसहरुको डिएनए नमूना परीक्षण गरेका थिए। यसमा भारतीय जनताको डीएनएलाई युरोप, पश्चिम एसिया, पूर्वी एसिया, साइबेरिया र अफ्रिकाका एक हजार डीएनए नमूनासँग तुलना गरिएको थियो। डिएनए उत्परिवर्तनबाट पुर्खाहरुको बारेमा जानकारी पाउन सकिन्छ। वैज्ञानिकहरु प्राप्त जानकारीहरुमाथि अध्धयन गरेर नै सो निष्कर्षमा पुगेका हुन् । कृषि औजारको प्रमाण पनि फेला परेको छ प्राध्यापक चौबेले २५ हजार वर्षअघि हिमालय, अरब सागर र बङ्गालको खाडीको बीचमा रहेको भारतीय प्रायद्वीपमा अधिकांश मानिस बस्ने गरेको बताए । यहाँ तिनीहरूले राम्रो ठाउँ र खाना पनि पाए। त्यसपछि क्रमशः यी मानिसहरू एशिया र अन्य टापुहरूमा फैलिए। यसको प्रमाण पुरातत्वमा पनि पाइन्छ । प्रा. चौबेले वैज्ञानिकहरुले भारतमा नै माइक्रोलिथिक प्रविधि पत्ता लगाएको दाबी गरेका छन्। यसबाट ढुङ्गाका औजार बनाउन थालिएको थीयो। यससँगै सिन्धु–सरस्वती दोआबमा पनि खेतीको शुरु भएको थियो। भास्कर दैनिकबाट ।