आईएसएमटी एक्स्पो-२०२३ मा विद्यार्थीकाे आकर्षण (फोटोफिचर)
काठमाडौं । आईएसएमटी कलेजले आयोजना गरेको ‘आईएसएमटी एक्स्पो-२०२३’ आजबाट सम्पन्न भएकाे छ । विद्यार्थीहरूलाई सूचना प्रविधि बारे ज्ञान दिने उद्देश्यले गत शनिबारदेखि एक्स्पो आयाेजना गरिएकाे थियो । काठमाडौंको तीनकुने स्थित कलेज परिसरमा भएको सो एक्स्पोले एआई लगायत सफ्टवेयरका विषयमा विद्यार्थीहरूलाई जानकारी गराएकाे कलेजले बताएकाे छ । प्रदर्शनीमा विभिन्न कलेजका विद्यार्थीहरूको उल्लेख्य सहभागिता थियो । एक्स्पो अवधिभर सयाै विद्यार्थीले अवलोकन गरेको कलेजले बताएको छ । एक्स्पोमा ११ भन्दा बढी स्टल राखिएको थियो ।
सेन्ट्रल फाईनान्स बर्दघाटद्वारा खेलकुद र स्टेशनरी सामग्री वितरण
काठमाडौं । सेन्ट्रल फाईनान्स बर्दघाट शाखाले सोमबार वित्तीय साक्षरता कार्यक्रमका साथै विद्यार्थीहरुलाई खेलकुद र स्टेशनरीका सामग्री तथा डष्ट विन वितरण गरेको छ । नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. १६ स्थित अनवरुल ओलुम मदरसामा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा मदरसाको लागि संस्थाले उपलब्ध गराएको सामग्रीहरुलाई बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठले मदरसाका अध्यक्ष सुकुर अलि मिया र प्रधानाध्यापक अख्तर अलि मियालाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा मेयर श्रेष्ठले पिछडिएको वर्गको उत्थान र विकासको लागि संस्थाले गरेको सहयोग र साक्षरता कार्यक्रम सराहनीय रहेको बताए । कार्यक्रममा शाखाका शाखा प्रमुख भिमकान्त अधिकारीले संस्थाले विभिन्न सेवाहरु प्रदान गर्दै सेवाग्राहीहरुको आर्थिक उन्नतिका साथै देश विकासमा पु¥याउँदै आएको योगदानको बारेमा प्रकाश पारे । कार्यक्रममा वडा नं. १६ का वडाध्यक्ष भिमकाजी गुरुङ्ग, पूर्व वडाध्यक्ष सुकबहादुर गुरुङ्ग, मुस्लिम समाज, बर्दघाटका अध्यक्ष करिम दिन सेख, मदरसाका विद्यार्थीहरु, अविभावकहरु तथा वित्तीय संस्थाका कर्मचारीहरु सहभागी थिए । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्थाको रुपमा विगत २६ वर्षदेखि गुणस्तरीय बैंकिङ्ग सेवा दिंदै आएको यस संस्थाको कुपण्डोलस्थित केन्द्रीय कार्यालयसहित १९ वटा शाखा र भक्तपुरको सल्लाघारीमा एक (१) एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेको छ ।
श्रुति तिवारी गोल्छा ग्रुपद्वारा प्रस्तुत ‘ग्लोकल टीन हिरो नेपाल’ उपाधिबाट सम्मानित
काठमाडौं। ग्लोकलद्वारा आयोजित ‘ग्लोकल टीन हिरो २०२३’को उपाधि श्रुति तिवारीले जित्न सफल भएकी छिन् । किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपालको यो नवौँ संस्करण हो । शिक्षा, उद्यमशीलता, कूटनीति, एवं अन्य विविध क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा शनिबार अवार्ड कार्यक्रमको बीच ग्लोकल टीन हिरो नेपाल, २०२३ को घोषणा द सोल्टी काठमाडौमा गरिएको थियो । गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी आर्यन सिग्देल तनहुँ, अतिथ अधिकारी, बाँके, माधव खनाल लमजुङ, निराजन रिमाल काठमाडौँ, प्रीति पन्थ गुल्मी र श्रुति तिवारी धनुषाबीच प्रतियोगिताको विजेता चयन गरिएको थियो । श्रुति तिवारी समाजमा सकारात्मक परिवर्तन ल्याउने आफ्नो समर्पणलाई देखाउँदै विभिन्न सामाजिक र वातावरणीय पहलहरूमा सक्रिय रूपमा संलग्न छिन् । बालअधिकारका लागि उनले बालविवाह र दुर्व्यवहारको बारेमा सचेतना जगाएकी छिन्, र बालबालिकाको भविष्य सुरक्षित गर्न एकिक्रिट चाइल्ड क्लब जस्ता संस्थाहरूसँग साझेदारी गर्दै छिन् । उनको बाल अधिकारको लागि संलग्न हुनुले बालबालिकाको सुरक्षा र भविष्यको लागि गरेको प्रयासलाई दर्साउँछ । विवाह परिप्रेक्ष्यमा बालविवाह र दुर्व्यवहारको खिलाफ सचेतना जगाउन उनको योगदान अत्यधिक महत्त्वपूर्ण छ ।