किड्जीले गर्यो जोएफुल पेरेन्टिङका बारेमा प्यानल छलफल

काठमाडौं । किड्जी, एशियाकै व्यापक प्री स्कुल चेनले शनिबार काठमाडौंको होटल रोयल सिङ्गीमा जोएफुल पेरेन्टिङ इन मोर्डन टाइम्स बिषयमा प्यानल छलफल आयोजना सम्पन्न गरेको छ । बालबालिकाको मानसिकता, प्रारम्भिक बाल्यकाल समयको महत्वबारे अभिभावकहरुलाई जागरुक गराउने उदेश्यका साथ यो अभियान सुरु गरिएको हो । कार्यक्रममा विशेष आवश्यकता भएका विद्यार्थीहरुलाई प्रारम्भिक इन्टरभेसनको महत्व को बारेमा पनि छलफल भएको थियो । कार्यक्रमका मुख्य वक्ताहरु डा. मञ्जु श्रेष्ठ (कन्सल्टेन्ट बाल रोग विशेषज्ञ) शमेद कतिला श्रेष्ठ (बाल फिजियोथेरापिस्टे) श्रमिती कविता अर्याल (औपचारिक विद्यालय प्रिन्सिपल) श्रीमती सुनिता चौहान (सामाजिक अभियन्ता) श्रीमती नेहा अवस्थी (शैक्षिक प्रबन्धक, किड्जी) सबैले अभिभावकत्वलाई कसरी रमाइलो बनाउन सकिन्छ र यसको दीर्घकालीन प्रभावबारे सहभागीहरूलाई जागरुक बनाउन सकिन्छ भन्ने बारेमा प्रकाश पारेका थिए । किड्जीले हालसम्म २००० भन्दा बढी केन्द्रहरूको नेटवर्कका साथ १५ लाख विद्यार्थीहरूको पालनपोषण र प्रशिक्षण गरिसकेको छ । अहिलेसम्म एक लाख भन्दा बढी शिक्षकहरूलाई तालिम दिईसकेको छ । किड्जी नेपालका ५ ठूला शहरका १४ स्थानमा आफ्नो उपस्थितिका साथ अघी बढिरहेको छ । प्रारम्भिक बाल्यकाल हेरचाह र शिक्षामा अग्रगामी, २० वर्ष भन्दा बढीको विरासतका अनुभवका साथ किड्जी को सिद्धान्तद्वारा निर्देशित, बालबालिकाको लागि सिक्ने र बढ्ने पोषक लिने ठाउँ हो ।

६ विषयमा अनुसन्धानका लागि कुसोमको प्रस्ताव आह्वान, दुई लाखसम्म अनुदान

काठमाडौं । काठमाडौं युनिर्भसिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम) ले स्नातक, एमफिल, र पीएचडी तथा स्वतन्त्र अनुसन्धानकर्तालाई विभिन्न ६ विषयमा अनुसन्धानको लागि प्रस्ताव आवहन गरेको छ । कुसोमले आइतबार एक कार्यक्रम आयोजना ड्ब्लुटीओ चियर्स प्रोग्राम अन्तर्गत यही सेप्टेम्बर १५ सम्मको सयमसी तोकी अनुसन्धानको प्रस्ताव आवहन गरेको हो । उक्त प्रस्तावको आवहन काठमाडौं युनिर्भसिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम) ले अगस्ट ०१ मा नै ड्ब्लुटीओ चियर्स प्रोग्राम र काठमाडौं युनिर्भसिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम)को वेब पेज तथा विभिन्न सामाजिक संजाल बाट गरेको थियो। कुसोमले प्रत्येक अनुसन्धानको लागि २ लाख अनुदान समेत प्रदान गर्ने र अनुसन्धानको प्रकृतिअनसार थप गर्र्न सकिने कुसोमका रजिस्टार प्राध्यापक डा. अच्युत वाग्लेले जानकारी दिए । कुसोमले गत वर्षसमेत ४ वटा अनुसन्धानको लागि अनुदान दिएको छ । कार्यक्रममा गत वर्ष अनुदान पाएका अनुसन्धानकर्ताले अनुसन्धानको प्रस्तुत गरेका थिए । कुसोम विश्वभरका १७ अन्य विश्वविद्यालयहरूसगै प्रतिस्पर्धात्मक प्रक्रियामा डब्ल्यूटीओ चेयर्स कार्यक्रमबाट सम्मानित भएको छ । यो अन्वेषकहरू र विद्यार्थीलाई र ड्ब्लुटीओ बहुपक्षीय व्यापार मामिलामा रुचि लिनको लागि प्रोत्साहन रहको कुसोमले जनाएको छ । यस्तै कुसोमले ‘एआईबी साउथ एशिया कन्फ्रेन्स २०२४’ आयोजना गर्ने भएको छ । दक्षिण एशियाली राष्ट्रहरु (बंगालदेश, भुटान, भारत, माल्दिस, नेपाल र श्रीलंका) को सहभागीता रहने यस कार्यक्रम आगामी वर्ष हुनेछ । कुसोमले यस कार्यक्रमको सहभागीताको लागि एआईबीको साउथ एशियाको वेबसाइटमा रजिष्टर गर्नुपर्ने जनाएको छ । अगस्ट १९९३ मा स्थापित कुसोम स्नातक कार्यक्रम सुरु गर्ने पहिलो विद्यालय समेत हो । कुसोमले सर्वप्रथम अन्तर्राष्ट्रिय स्तरमा डिजाइन सिद्धान्तमा आधारित मास्टर अफ बिजनेस एडमिनिस्ट्रेशन (एमबीए) कार्यक्रम प्रारम्भ गरेको थियो । ड्ब्लुटिओ चियर्स प्रोग्राम र कुसोमको वेब पेजबाट प्रस्तावबारे जानकारी लिन सकिनेछ। अन्तर्गत सेप्टेम्बर १५ सम्मको सयमयीमा तोकेर अनुसन्धानको प्रस्ताव आह्वान गरिएको हो।

मेडिसिटी अस्पतालमा एमआरसिपी युके पेसेस पूर्वअभ्यास परीक्षाको आयोजना

काठमाडौं । नेपाल मेडिसिटी अस्पताल एमआरसिपी युके पेसेस पूर्व अभ्यास परीक्षा आयोजना गर्ने नेपालको पहिलो अस्पताल बनेको छ । नेपाल मेडिसिटी अस्पताल र रोयल कलेज अफ फिजिसियन्स, युके सँगको सहकार्यमा एमआसिपी युके प्राक्टिल एसेसमेन्ट अफ क्लिनिकल एक्जामिनेशन स्किल्स पेसेसको पूर्वअभ्यास परीक्षा आयोजना गर्ने नेपालको पहिलो अस्पताल बनेको छ । सेप्टेम्बर ७ र ८ तारिख भएको परीक्षामा नेपालभरबाट २४ डाक्टरहरुले सहभागिता जनाएको अस्पतालले जनाएको छ । एमआरसिपी युके पेसेस परीक्षा क्लिनिकल विशेषज्ञतालाई थप निखार ल्याउन र सीप परीक्षण गर्न डिजाईन गरिएको हो । फेडेरेशन अफ द रोयल कलेज अफ फिजिसिएन्स, युकेले तोकेको विश्वव्यापी मापदण्डअनुसार परीक्षाको पूर्वअभ्यास सञ्चालन गरिएको मेडिसिटी अस्पतालले जनाएको छ । अस्पतालकाअनुसार त्यहाँ पाँच स्टेशनहरु थिए, जसको माध्यमबाट परिक्षार्थीहरुलाई उनीहरुको ज्ञान, क्लिनिकल सीप, बिरामीहरुको स्वायत्तता र सञ्चारको सम्मान गर्ने क्षमताको लागि मूल्यांकन गरिएको थियो । नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले नेपाल मेडिसिटीमा रोयल कलेज अफ फिजिसिएन्स, युकेसँग् मिलेर एमआरसिपी युके पेसेस परीक्षाको पूर्वअभ्यास आयोजना गर्न पाउँदा निकै गौरवान्वित भएको अनुभव साटेका थिए । उनले भने,’उक्तस्तरको प्रतिष्ठित परीक्षा जसले डाक्टरको क्लिनिकल विशेषज्ञताको मूल्यांकन मात्र गर्दैन । तर, यसले बिरामी सुरक्षाका मुद्दाहरु र सञ्चारलगायत सफ्ट स्किलहरु पनि हेर्दछ र एक डाक्टरलाई विशेषज्ञ बन्न सहयोग पुर्याउँदछ । यस परीषा सञ्चालन गर्नु देशको लागि एक उपलब्धि हो । रोयल कलेज अफ फिजिसिएन्स जस्तो ५ शताब्दीभन्दा लामो इहिास बोकेको अन्तर्राष्ट्रिय रुपमा प्रतिष्ठित संस्थाले नेपाल र नेपालको अस्पतालाई गरेको विश्वासलाई निकै ठूलो उपलब्धिको रुपमा हेरेको छु ।’ फेडेरेशन अफ द रोयल कलेजज अफ फिजिसिएन्स अफ द युनाइडेट किंगडमका प्रतिनिधिहरु डा. तञ्जीम रजा, डा. डोनाल्ड फारुहार, डा. सत्यन राजभण्डारी, डा. फियोना क्लार्क र डा. ग्राहम करीकाअनुसार उक्त पूर्वअभ्यास सफलतापूर्वक सम्पन्न भएको घोषणा गरिएको छ । मेडिसिटी अस्पतालमा एमआरसिपी युकेको क्लिनिकल पाइलट परीक्षापछि निकटभविष्यमा एक समर्पित परीक्षा केन्द्र स्थापना गर्ने अनुमति प्रदान हुने निर्णय लगभग अन्तिम चरणमा पुगेको छ । यो नेपालका प्रशिक्षार्थी चिकित्सकहरुको आवश्यकत्ता मात्र नभई छिमेकी दक्षिण एशियाली देशका उम्मेदवारहरुलाई पनि फाइदा पुर्याउनेछ भन्ने अस्पतालको विश्वास छ । एमआरसिपी युके चिकित्सकहरुको लागि विश्वव्यापी रुपमा मान्यताप्राप्त योग्यता हो । यो योग्यता प्राप्त गर्नाले प्रशिक्षार्थी चिकित्सकहले आफ्ना बिरामीहरुलाई उत्कृष्ट योग्य चिकित्सकको रुपमा सेवा गर्न उपयुक्त ज्ञान, सीप र मनोवृत्ति हाँसिल गरेको प्रमाािण्त गर्छ । हाल धेरै चिकित्सकहरुले यो परीक्षा लिन र एमआरसिपी युके योग्यता पूरा गर्नका लागि बेलायतको यात्रा गर्नुपर्नेछ । नेपालमा यस परीक्षाको लागि केन्द्र खोल्दा त्यस्ता सबै चिकित्सकहरुलाई आफ्नै देश या नजिकको केन्द्रमा परीक्षा दिने वातावरण बन्नेछ । बेलायतबाट आएको भ्रमण टोलीका सदस्यहरुले सफल पाइलट परीक्षाको व्यवस्था गरेकोमा स्थानीय आयोजकहरु र मेडिसिटी अस्पतालको प्रशासनलाई धन्यवाद दिँदै यसले एमआरसिपी युकेसँगको दीर्घकालिन साझेदारीको नेतृत्व गर्ने आशा गरेको जनाएका छन् । नेपाल मेडिसिटीमा एमआरसिपी पेसेसको नेतृत्व गर्ने नेपाल मेडिसिटीका वरिष्ठ चिकित्सक डा. नीरज जोशीले यस परीक्षाको उच्च मापदण्डलाई ध्यानमा राख्दै पेसेस केन्द्रहरुले पेसेस केन्द्रको दर्जा दिनुअघि निश्चित् शैक्षिक मापदण्डहरु पूरा गर्नुपर्ने बताएका छन् । नेपाल मेडिसिटीमा एमआरसिपी पेसेस परीक्षा केन्द्र खोल्दा स्नातकोत्तर तालिम र कुनै अतिरिक्त शुल्कबिना अन्तर्राष्ट्रिय मान्यताप्राप्त डिग्री प्राप्त गर्ने नयाँ अवसरहरु खुल्नेपनि उनको भनाई छ । उनले भने,’यसले हामीलाई लामो समयसम्म नेपालमा विशेषज्ञ डाक्टरको अभावलाई पूर्ति गर्न मद्दत गर्नेछ ।’