त्रिविको उपकुलपतिमा आवेदन दिनेमध्ये १४ जना अन्तर्वार्ताका लागि छनौट

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा आवेदन दिएका ४३ मध्ये १४ उम्मेदवार अल्पसूची (सर्ट लिष्ट) मा परेका छन् । सिफारिस समितिले प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि ती सूचीलाई बिहीबार सार्वजनिक गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार उक्त सूचीमा पर्नेमा कुसुम शाक्य, केशरजङ्ग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टङ्कनाथ धमला, तीर्थराज खनियाँ, नारायण बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापा छन् । त्रिविका उपकुलपति डा धर्मकान्त बास्कोटाको कार्यकाल यही कात्तिक १८ गते सकिएकपछि गत कात्तिक २४ गते प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईका अध्यक्षतामा सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा चन्द्रकला घिमिरे रहेकोे समिति गठन गरेका थिए । हाल शिक्षाध्यक्ष शिवलाल भुसाललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ ।

दोस्रो ‘नेपाल-जापान फ्रेन्डसिप समीट २०२४’ काठमाडौंमा सम्पन्न

काठमाडौं । लिड एक्स नेपाल, फ्रोर्थ भ्याली कोइन्साइज कर्पाेरेसन जापान र आइडिया स्टुडियो नेपाल को संयुक्त आयोजनामा दोस्रो ‘नेपाल-जापान फ्रेन्डसिप समीट २०२४’ को आयोजना सम्पन्न भएकाे छ । उक्त्त सम्मेलन नेपाल पर्यटन बोर्डको साझेदारीमा र नेपाल उद्योग परिसंघ, त्रिभुवन विश्वविद्यालय, लिपफ्रग टेक्नोलोजी र मिड भ्याली कलेज साथै होटल र्‌याडिसनको सहयोगमा गत जनवरी ३१ देखि फेबवरी ४, २०२४ सम्म काठमाडौंमा सम्पन्न भएको हाे । यस सम्मेलनमा जापानी प्रतिनिधिहरुले नेपालमा लगानीको सम्भावना अन्वेषण गर्न बिभिन्न सरकारी र निजी संस्था, विश्वविधालय साथै बिभिन्न संस्था हरुको अवलोकन र भ्रमण गरेका थिए जसले नेपाल र जापान को व्यापारिक सम्बन्ध लाइ बलियो बनाउने, नेपालमा जापानी लगानी भित्र्याउने अनि नेपाली ट्यालेट्टलाई जापानी बजारमा उच्च स्थान दिने पनि विश्वास लिएको छ। यस सम्मेलनमा जापानी प्रतिनिधिहरुले अर्थ मन्त्रालय, पर्यटन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा मन्त्रालय, लगानी बोर्ड नेपाल, नेपाल पर्यटन बोर्ड, आर्थिक मामिला मन्त्रालय सुदूरपश्चिम प्रदेश सरकार, श्रम, रोजगार तथा यातायात मन्त्रालय-बागमती प्रदेश,ललितपुर महानगरपालिकाका मेयर, त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार, डीन, कार्यकारी निर्देशक, ⁠सहायक निर्देशक सहित करिब ६ सय नेपाली प्रतिनिधिसँग अन्तरकृया साथै भेटघाट गरेका छन् । यस वर्ष शिजुओका प्रीफेक्चरल सरकारका प्रतिनिधि साथै २१ ठूला जापानी कम्पनीका लगानीकर्ताहरुको सहभागिता रहेको थियो । नेपालबाट १०० भन्दा बढी कम्पनीहरू र संगठनहरूको सहभागिता थियो । ४ दिनसम्म संचालन भएको कार्यक्रमको पहिलो दिन त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. शिवलाल भुसालले नेपाल भ्रमण गरेकोमा सबै जापानी प्रतिनिधिहरूलाई धन्यवाद दिँदै, दुई देशहरू बीचको सामाजिक-आर्थिक स्थितिको अन्तरालमा शिक्षा क्षेत्रमा नयाँ प्रविधि सम्बन्धी आफु सकारात्मक गरेको कुरा जानकारी दिएका थिए । उनले त्रिभुवन विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक बिनोद जोशीले शैक्षिक क्षेत्रमा प्रविधिको प्रयोग गरी सहकार्यता र अन्वेषण भए नेपालमा ब्रेन ड्रेनको समस्या समाधान गर्न सकिने कुरा जानकारी दिए । विज्ञान तथा प्रविधि संस्थानका डीन प्रा.डा. विनी अर्यालले त्रिभुवन विश्वविद्यालयको इतिहास र अहिलेको अवस्था बारे जानकारी दिइन् । स्कूल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयका निमित्त निर्देशक डा. गोविन्द तामाङले आफुहरुले गरेको कामहरु बारे कुरा गर्दै बिभिन्न संस्थाहरु संगको सहकार्य बारे जानकारी गराए । जापानी सहभागिहरु को तर्फबाट ताकाशी मुराओका सीईओ, औद्योगिक विकास प्लेटफम, चिकारा फुनाबाशी, संस्थापक, कार्यकारी सल्लाहकार शिक्षा, संस्कृति, खेलकुद, विज्ञान तथा प्रविधि मन्त्रालय, फ्रोर्थ भ्याली कोइन्साइज करपोरेसन, तकुमा कोजाइवा ,निर्देशक, बेनेसे कर्पोरेसन,आदीले नेपाल र जापान बिचमा भएको समान संस्कृति र व्यवहारले दुबै देश बीचको शिक्षा क्षेत्रमा सहकार्य अत्यावश्यक भएको कुरालाई जोड दिँदै जापानमा हाल दक्क्ष जनशक्तिको अभाव भएको र नेपालको जनसक्तिलाई विश्वभर रहेका जापानीज कम्पनीहरुमा अवसर प्रधान गर्न आवश्यक सहकार्यको लागि आफु साथै आफ्नो संस्था सकारात्मक रहेको कुरा जानकारी गराए । पहिलो दिनको दोस्रो कार्यक्रम ,नेपाल-जापान फ्रेन्डसिप समीट २०२४ को समउत्घाटन कार्यक्रमका नेपाल सरकारको अर्थ मन्न्री माननीय डा. प्रकाशशरण महतको प्रमुख आतित्थ, सुदूरपश्चिम सरकारको आर्थिक मामिला तथा योजना मन्न्री माननीय नरेशकुमार शाही र नेपालका लागि जापानका राजदूत महामहिम किकुट्स युताकाको विशेष आतित्थ सम्पन्न भएको थियो | कार्यक्रमको उद्‌घाटन प्रमुख अतिथि र विशेष अतिथिले क्रमशः पानसमा बत्ती बाली र गमलामा रहेको बिरुवामा पानी हालेर गरेका थिए । अर्थमन्त्री डा‌. प्रकाशशरण महतले नेपालमा लगानी बढाउन जापानी लगानीकर्तालाई आह्वान गर्दै नेपालमा लगानीको प्रचुर सम्भावना रहेकोले यसको फाइदा उठाउन आग्रह गरे । उनले सरकारले छिट्टै लगानी सम्मेलन, २०२४ अप्रिलमा गर्न लागेकाे पनि जानकारी दिए ।माननीय मन्त्री नरेशकुमार शाही, आर्थिक मामिला मन्त्रालय, सुदूरपश्चिम सरकारले सुदुरपश्चिम प्रदेशले कृषि र पर्यटनको विकास मार्फत आफ्नो जीडीपी बढाउन खोजेको कुरा जानकारी गराउदै, सुदूरपश्चिम प्रदेश जलस्रोत र उर्वर भूमिमा धनी भएको कुरा जानकारी गराए । जापानी राजदूत किकुट्स युताकाले यस वर्षको सम्मेलनमा जापानको तर्फबाट धेरै सहभागी भएको देखेर खूसि लागेको जनाउदै, नेपालको प्रविधि, ज्ञान र लगानीको विकासमा जापान ठूलो सहयोगी हुनसक्ने कुरा बताए । नेपालमा अत्यधिक श्रमशक्ति र जापानमा अपर्याप्त श्रमशक्तिको समस्या जस्ता दुवै देशको सामाजिक–आर्थिक अवस्थालाई जोड्न जापानी कम्पनीमा काम गर्दा पनि नेपालमा बस्ने व्यवस्था पहल गर्न सकिने जानकारी दिए । यस मित्रता सम्मेलनबाट नेपाल र जापानबीचको सम्बन्ध थप गहिरो हुने आशा राखेको कुरा जनाए । लिड एक्स नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामा र फ्रोर्थ भ्याली कोइन्साइज करपोरेसनका संस्थापक र सीईओ, योहेई शिबासाकी ले २१ ठूला जापानी कम्पनीहरु नेपाली बजारमा सम्भावना खोज्न आएका हुन भन्दै ज्ञान र प्रविधि हस्तान्तरण, लगानी साथै दुवै देशको सामाजिक–आर्थिक अवस्थाको विकास गर्ने एउटा राम्रो अवसरको रुपमा नेपाल-जापान मैत्री सम्मेलन रहने कुरा जानकारी गराए । कार्यक्रममा बिभिन्न जापानी साथै नेपालका कन्पनीहरुले आफ्ना मन्तव्य साथै कार्यपत्र प्रस्तुत गरेका थिए । सोही समारोह मा (ग्लोबल एकेडमी अफ हस्पिटे्लिटी एन्ड म्यानेजमेन्ट, गेट कलेज, लिबर्टी कलेज र मिड भ्याली कलेज) र जापानी कम्पनीहरू (मेक्यु, मेन्स्युकु) बीच समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । कार्यक्रमकी संचालन फ्रोर्थ भ्याली कोइन्साइज कर्पाेरेसन जापानकी कार्यकारी निर्देसक अकी ताकेडाले गरेकी थिइन् | दोस्रो दिन जापानी टोलीहरुलाई आ-आफ्ना विशेषज्ञता र रुचि को क्षेत्रका, बिभिन्न निजी तथा सरकारी संस्थाहरुमा व्यवसायिक भ्रमण साथै बैठकहरु रहेको थियो । उक्त दिन लिप फ्रग टेक्नोलोजी, मिड भ्याली कलेज, ग्लोबल एकेडमी अफ हस्पिटे्लिटी एन्ड म्यानेजमेन्ट, गेट कलेज, सगरमाथा इन्जिनियरिङ कलेज, आदिको भ्रमण रहेको थियो । लिड एक्स नेपाल , फ्रोर्थ भ्याली कोइन्साइज करपोरेसन र लिप फ्रग टेक्नोलोजी बीच समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । यस सहकार्य विश्वव्यापी रुपमा लगानीको सम्भाव्यता मात्र नभइ इकोसिस्टम सिर्जना गर्ने अवसर हो। यस इकोसिस्टमलाई पूर्ण गर्न विश्वव्यापी आप्रवासी कामदारहरुले रोजगार नियुक्ति, पुन: सीप,अपस्किलिङ र नयाँ सीपहरू प्राप्त गर्नेछन्। आइडिया स्टुडियो नेपालले त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वव्यापी आप्रवासीहरुको लागि इन्क्युबेशन सेन्टर सञ्चालन गर्ने योजना गरेको छ । जापानमा हाल जनशक्तिको अभाव छ, भने नेपाल बेरोजगारीको चपेटामा छ , यसले जापानी लगानीकर्ता र नेपालका लागि शैक्षिक संस्था र व्यवसायसँगको सहकार्यमा इकोसिस्टम निर्माण गर्ने अवसरहरू सिर्जना गर्छ। तसर्थ, २०२४ को सम्मेलनले जापानी कम्पनीहरूलाई शिक्षा, आतिथ्य, पर्यटन र सूचना प्रविधि क्षेत्रमा सम्भावित लगानीकर्ताको रूपमा स्वागत गर्नेछ। हालसम्म पाँचवटा ठूला कम्पनीले नेपालमा लगानी गरिसकेका छन्, जुन २०२४ को सम्मेलनमा खुलाएइको छ। यस कार्यलाई निरन्तरता दिन र इकोसिस्टमलाई अगाडि, नेपाल–जापान व्यापार तथा शिक्षा मञ्चको पनि सदस्यताका खुला गरेको छ । पहिलो नेपाल-जापान मित्रता सम्मेलन २०२२ लीड एक्स नेपाल र फोर्थ भ्याली कोन्सियर्ज संयुक्त सहयोगमा आयोजना गरिएको थियो । दोस्रो नेपाल-जापान फ्रेन्डसिप समीट २०२४ सम्मेलनको पहिलो दिन जापानी प्रतिनिधि मंडलको स्वागतमा नेपाल उद्योग परिसंघले अन्तरकृया तथा नेटवर्किङ सहित होटल याक एण्ड यतीमा रात्री भोजको आयोजना गरेको थियो । दोस्रो दिन नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन सम्बन्धि जानकारी दिन नेटवर्किङ सहित भोजन गृहमा रात्री भोजको आयोजना गरेको थियो । तेस्रो दिन आइडिया स्टुडियो नेपालले स्टाटअपका क्षेत्रमा भइरहेको नविन व्यवसायहरुको चिनापर्चि र अन्वेष्ण प्रस्तुतीका लागि कुटुम्ब ब्यान्डको संगित सहित नेटवर्किङ र रात्री भोजको आयोजना होटल मनास्लु गरेको थियो ।

पोखरामा सरकारी सुविधाको रकमबाट खुल्यो अक्षयकोष, विद्यालय खोल्न सहयोग पुग्ने

गण्डकी । सरकारी सेवासुविधाबाट प्राप्त रकमले पोखरा महानगरपालिका वडा नं १७ का वडा सदस्य शिवराम भण्डारीले जानकी मावि महतगौडामा अक्षयकोष स्थापनाको घोषणा गरेका छन् । विद्यालयको ४६औँ वार्षिकोत्सव कार्यक्रममा उनले बुवा धर्मदत्त र आमा जमुना भण्डारीको स्मृतिमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन् । निर्वाचित भएदेखि २०८१ असारसम्म २४ महिनामा प्राप्त गर्ने सेवासुविधा र बाँकी निजी रकम थप गरी स्थापना गरिएको अक्षयकोषबाट प्राप्त ब्याजले विद्यालय सञ्चालानार्थ सहयोग पुग्ने भण्डारीले बताए । छात्रवृत्तिको अक्षयकोष धेरै भए विद्यालय सञ्चालनमा दिनप्रतिदिन देखिएको चुनौती समाधानका लागि केही हदसम्म भए पनि आफ्नोतर्फबाट पहल गरेको बताउँदै उनले यस विद्यालयका पूर्वविद्यार्थीबाट पनि सहयोग रहने विश्वास व्यक्त गरे । वार्षिकोत्सव कार्यक्रममा सहभागी अतिथि एवं अभिभावकले पनि विद्यालयका लागि स्वःस्फुर्त आर्थिक सहयोग गरेका थिए । सो अवसरमा ८० हजार रुपैयाँ सङ्कलन भएको विद्यालयका प्रधानाध्यापक अर्जुन कँडेलले जानकारी दिए । उनका अनुसार सुविधासम्पन्न भवन र खेलमैदानसमेत रहेको विद्यालयमा हाल तीन सय ५० विद्यार्थी अध्ययनरत छन् । रासस