तीन महिना नबित्दै प्रुडेन्सियल इन्स्योरेन्सका सञ्चालक बिजुक्छेले दिए राजिनामा

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सका सञ्चालक बिबेक बिजुक्छेले राजिनामा दिएका छन् । कम्पनीको संस्थापक समूह ‘क’ अन्तर्गत सञ्चालकको पदमा रहेका बिजुक्छेले उक्त पदबाट राजिनामा दिएका हुन् । उनको राजिनामालाई मंसिर ६ गतेदेखि लागू हुने गरी कम्पनीले स्वीकृत गरेको छ । २०७७ साल भदौ २६ गतेदेखि यस कम्पनीमा कार्यरत बिजुक्छेले घरायसी कार्य व्यस्तताको कारण गत कार्तिक २० गते नै राजिनामा दिएका थिए ।

आइएमई रेमिटलाई लगातार चौथो सम्मान, सबैभन्दा धेरै कर तिर्नेमा पहिलो बन्न सफल

काठमाडौं । आइएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रुपमा सम्मानित भएको छ । आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेकोमा यो सूचीमा आइएमई विप्रेषण क्षेत्रमा पहिलो कम्पनी पर्न सफल भएको हो । विप्रेषणको कारोबार गर्ने मध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाताको रुपमा आइएमईलाई यो लगातार चौथो सम्मान हो । श्रमका लागि विदेशमा गएका युवाले आर्जन गर्ने रेमिटेन्स बैंकिङ्ग संजाल मार्फत नेपाल भित्र्याउने उद्देश्यले आजभन्दा २० वर्षअघि स्थापित आइएमईलाई नेपालको समग्र रेमिटेन्स व्यवसाय संस्थागत गरेको श्रेय जान्छ । आइएमई विदेशबाट बैंकिङ्ग च्यानलमार्फत नेपालमा विप्रेषण भित्र्याउने नेपालको अगुवा संस्था हो ।

सगरमाथा इन्स्याेरेन्सको जगेडा कोष ५५ करोड पुग्यो, यस्ता छन् १५ महिनाका प्रमुख सुचकहरु

काठमाडौ । सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोज मसान्तसम्म) मा ३५ करोड ८१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । कम्पनीले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद बीमाशुल्क ३२ करोड ४९ लाख रुपैयाँ थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको आय १ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । गत वर्ष सोही अवधिमा कम्पनीको आय १ अर्ब २९ करोड रुपैयाँ थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ९३ लाख रुपैयाँ नाफा प्राप्त गरेको कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ५ करोड ११ लाख रुपैयाँ नाफा गरेको थियो । हाल सगरमाथा इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी १ अर्ब १२ लाख रुपैयाँ रहेको छ । अहिले जगेडा कोषमा कम्पनीको ५५ करोड २० लाख रुपैयाँ रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा जम्मा ३९ करोड ३३ लाख रुपैयाँ रहेको थियो । यस्तै, बीमा कोषमा चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ६५ करोड ९२ लाख रुपैयाँ रहेको कम्पनीको अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४८ करोड ८७ लाख रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर आम्दानी २२ रुपैयाँ २३ पैसा छ । यस्तै, मूल्य आम्दानी अनुपात (पिई रेसियो) ४० रुपैयाँ ३५ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ २ सय ३४ रुपैयाँ ४४ पैसा रहेको छ । व्यवस्थापकीय विश्लेषण स्तरीय सेवाका कारण बिमितहरुको विश्वास हाँसिल गर्न कम्पनी सफल भएको छ । सोही कारण कम्पनीको बीमा व्यवसायपनि सन्तोषजनक नै रहेको छ । समीक्षा अवधिसम्मको बीमा व्यवसाय अपेक्षित नाफामा नै रहेको र आगामी दिनहरुमा सबै कार्यक्षेत्रहरुमा अझ बढी सेवा विस्तार गर्दै जाने रणनीति लिएको सगरमाथा इन्स्योरेन्स कम्पनीले जनाएको छ । कम्पनीको व्यवस्थापनको जिम्मेवारी चंकी क्षेत्रीले प्रमुख कार्यकारी अधिकृतको रुपमा संहालिरहेका छन् ।