बीमा समितिको नयाँ व्याख्या अनुसार यी हुन् नयाँ पुनर्बीमा खोल्न अयोग्य लगानीकर्ता

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले थप एउटा पुनर्बीमा कम्पनीको लागि लाइसेन्स खुल्ला गरेको छ । समितिले बैशाख १६ गते सार्वजनिक सुचना प्रकाशित गरी एउटा पुनर्बीमा कम्पनीको लागि लाइसेन्स दिने जानकारी गराएको हो । समितिले सार्वजनिक गरेको सुचनामा अहिले संचालनमा रहेको नेपाल पुनर्बीमा कम्पनीको सेयरमा लगानी गरेका व्यक्ति, कम्पनी, संस्था वा निकाय नयाँ पुनर्बीमा कम्पनीको सेयरधनी हुन नहुने भनिएको छ । समितिले गरेको यो व्यवस्था अनुसार पुनर्बीमा कम्पनीका लगानीकर्ता नयाँ कम्पनी खोल्नको लागि अयोग्य भएका छन् । समितिको यो व्यवस्था अनुसार नयाँ पुनर्बीमा कम्पनीमा सरकारले पनि लगानी गर्न नपाउने भएको छ । अहिले संचालनमा रहेको नेपाल पुनर्बीमा कम्पनीमा सरकारको ४३.५५ प्रतिशत सेयर लगानी छ । समितिले क्रस होल्डिङ हुन नहुने भनेपछि सरकार तथा सरकारको लगानी भएका संस्थाहरु नागरिक लगानी कोष, कर्मचारी संचयकोष जस्ता संस्थाहरुले नयाँ पुनर्बीमा कम्पनीमा लगानी गर्न पाउने कि नपाउने भन्ने प्रश्न खडा भएको छ । १७ निर्जीवन बीमा कम्पनी अयोग्य अहिले संचालनमा रहेको नेपाल पुनर्बीमा कम्पनीमा १७ वटा निर्जीवन बीमा कम्पनीहरुले सेयर लगानी गरेका छन् । यी कम्पनीहरु समितिले अहिले सार्वजनिक गरेको सुचना अनुसार नयाँ पुनर्बीमा कम्पनी खोल्नको लागि अयोग्य भएका छन् । यसरी अयोग्य भएका निर्जीवन बीमा व्यवसाय गरिरहेका कम्पनीहरुमा राष्ट्रिय बीमा कम्पनी, नेको, प्रेडेन्सियल, युनाइटेड, प्रिमियर, लुम्बिनी, नेपाल इन्स्यारेसन्स, हिमालयन जनरल, शिखर, प्रभु, एनएलजी, आईएमई जनरल, ओरेन्टल, सगरमाथा, एभरेष्ट, नेसनल र सिद्धार्थ इन्स्योरेन्स कम्पनी रहेका छन् । ८ जीवन बीमा कम्पनी पनि अयोग्य निर्जीवन बीमा व्यवसाय गर्ने मात्र होइन, जीवन बीमा व्यवसाय गरिरहेका ८ वटा कम्पनी पनि नयाँ पुनर्बीमा कम्पनी खोल्नको लागि अयोग्य भएका छन् । यी कम्पनीहरुमा सूर्या लाइफ, नेपाल लाइफ, लाइफ इन्स्यारेन्स कम्पनी, नेसनल लाइफ, गुराँस लाइफ, एसियन लाइफ, प्राइम लाइफ र राष्ट्रिय बीमा संस्थान हुन् । यी कम्पनी पनि अहिले संचालनमा रहेको नेपाल पुनर्बीमा कम्पनीको सेयरमा लगानी गरेका छन् । अरु यी कम्पनी पनि अयोग्य समितिको अहिलेको मापदण्ड अनुसार नेपाल पुनर्बीमा कम्पनीका सेयरधनीहरु गुहेश्वर मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, ग्लोबल आईएमई क्यापिटल, ग्लोबल आईएमई बैंक, हाथवे इन्भेष्टमेन्ट नेपाल, आईएमई, विशाल ग्रुप र ज्ञान सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट पनि नयाँ पुनर्बीमा कम्पनीको सेयरमा लगानी गर्न अयोग्य भएका छन् । नेपाल पुनर्बीमामा कसरी जोडिएका थिए अधिकांश बीमा कम्पनीहरु ? अहिले संचालनमा रहेको नेपाल पुनर्बीमा कम्पनीको गर्भाधान तत्कालिन माओवादीको ससस्त्र द्वन्दको समयमा नै भएको थियो । सो समयमा राज्य र विद्रोही पक्षको ससस्त्र द्वन्दमा परी भएको धनजनको क्षतिको रक्षावरणको लागि विश्वका कुनै पनि पुनर्बीमा कम्पनी तयार भएनन् । आन्तरिक द्वन्द, गृहयुद्ध तथा आतंकवादी क्रियाकलापबाट हुने क्षतिको रक्षावरण बीमाले नगर्ने सिद्धान्त अनुसार यसरी बीमा हुन सकेको थिएन । सोही समस्या साधान गर्न सरकारले निश्चित रकम लगानी गरेर बीमा पुल स्थापना गरेको थियो, जसमा सो समय संचालनमा रहेको सबै निर्जीवन बीमा कम्पनीहरुले निश्चित रकम लगानी गरेका थिए भने उनीहरुले गराएको बीमा शुल्क पनि सोही पुलमा जम्मा गरेका थिए । पछि सोही पुललाई नेपाल पुनर्बीमा कम्पनी बनाइयो र पुलमा लगानी गर्नहरुलाई पुनर्बीमा कम्पनीको संस्थापक सेयरधनी बनाइयो । बीमा कम्पनीहरु यसरी नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयरधनी बनेका थिए ।

अनलाईनबाटै सेवा दिँदै एनएलजी इन्स्योरेन्स, आवश्यक परेमा यी नम्बरमा कल गर्न सकिने

काठमाडौं । कोभिड-१९ को दोश्रो लहर शुरू भएसँगै एनएलजी इन्स्योरेन्सले अनलाइनबाटै बीमा सम्बन्धी सेवा दिने भएको छ । हालको परिस्थितिमा जोखिमको अवस्थालाई मध्यनजर गर्दै कम्पनीले आफ्ना ग्राहकलाई अनलाईनबाटै सेवा दिने व्यवस्था मिलाएको हो । कम्पनीले विभिन्न कर्मचारीहरु मार्फत वर्क फ्रम होमको रुपमा समेत सेवा दिइरहेको जानकारी गराएको छ । कार्यालयमा भौतिक उपस्थिति हुँदा ग्राहकमा जोखिम बढ्न सक्ने सम्भावना रहने भएकाले कम्पनीले बीमासँग सम्बन्धित सेवाका लागि विभिन्न कर्मचारीको सम्पर्क उपलब्ध गराएको छ । यससँगै ग्राहकले बीमा पोलिसी र दावी सम्बन्धी सेवाका लागि निम्न नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।

सानिमा जनरल इन्स्योरेन्स सभामा जाँदै, बैशाख २९ गतेदेखि बुक क्लोज

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स आगामी जेठ ११ गते वार्षिक साधारणसभामा जाँदै छ । कम्पनीले आफ्नो तेश्रो वार्षिक साधारणसभा सो दिन बिहान १०ः३० बजे काठमाडौंको टंगालस्थित आम्रपाली ब्याङ्क्वेटमा बाेलाएकाे हाे । सभामा जाने प्रयोजनको लागि कम्पनीको बैशाख २९ गतेदेखि जेठ ११ गतेसम्म बुक क्लोज हुने भएको छ । सभाले आर्थिक वर्षको २०७६र७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने छ । त्यस्तै, लेखापरीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७६र७७ असार मसान्तसम्मको वित्तीय विवरण तथा एनएफआरएस बमोजिमको वित्तीय विवरण छलफल गरी पारित गर्ने छ । साथै, सभाले समूह ख अन्तर्गत सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकलाई निर्वाचन गर्ने छ ।