लाभांश पारित गर्न सिद्धार्थ इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले आगामी जेठ २८ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले आफ्नो १९औं वार्षिक साधारणसभा सो दिन बिहान ११ बजे काठमाडौंको बबरमहलस्थित सिद्धार्थ इन्स्योरेन्स भवनमा भिडियो कन्फरेन्स मार्फत गर्ने भएको हो । उक्त सभाले सेयरधनीलाई १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । सभाले पारित गरेसँगै सेयरधनीले १२ प्रतिशत बोनस र ३.७८९४ प्रतिशत नगद (कर समेत) लाभांश पाउने छन् । सभामा जाने प्रयोजनको लागि कम्पनीले जेठ १४ गतेदेखि जेठ २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यससँगै जेठ १३ गतेसम्म कायम सेयरधनी कम्पनीको लाभांश पाउन योग्य हुने छन् ।

पुनर्बीमा कम्पनीको लाइसेन्स माग्दै ५ कम्पनी पुगे समिति

काठमाडौं । पुनर्बीमा कम्पनी संचालनको अनुमति माग्दै ५ कम्पनीले बीमा समितिमा निवेदन दिएका छन् । समितिले तोकेको म्याद आज १२ बजेसम्ममा ५ कम्पनी दर्ता भएको हो । समितिले तोकेको समयभित्र ५ कम्पनी दर्ता भएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । समितिले एउटा कम्पनीलाई मात्रै पुनर्बीमा कम्पनीको लाइसेन्स दिने भन्दै बैशाख १६ गते २१ दिनको म्याद राखेर सार्वजनिक सुचना प्रकाशित गरेको थियो । समितिका अनुसार प्रुडेन्सिलय, काठमाडौं, अन्नपूर्ण, हिमालयन र जेनुइन रिइन्स्योरेन्स कम्पनीले संचालन अनुमति मागेका छन् । पुनर्बीमा कम्पनी स्थापनको लागि कम्तिमा पनि १० अर्ब रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने शर्त समितिले तोकेको छ । सबै कम्पनीले न्यूनतम चुक्ता पुँजी पुर्याएर समितिमा निवेदन दिएका हुन् । जस्तो कि जेनुइन रिइन्स्योरेन्स कम्पनीले संस्थापकहरुको तर्फबाट ८ अर्ब ८० करोड रुपैयाँ पुँजी पुर्याएको छ । सो पुँजी कम्पनीको कुल चुक्ता पुँजीको ७० प्रतिशत हुने र बाँकी ३० प्रतिशत सर्वसाधारणमा आईपीओ जारी गर्दा कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँभन्दा बढी हुने देखिएको छ । अहिले प्राप्त भएका निवेदन सबै शिलबन्दी भएकोले कुन कुन व्यवसायिक ग्रुप वा व्यक्तिहरुले पुनर्बीमा कम्पनी स्थापनको लागि निवेदन दिए भन्ने नखुलेको समितिको भनाई छ । प्राप्त भएका निवेदनलाई अब चाढै बस्ने समितिको संचालक समितिले खोलेर आवश्यक अध्ययन गरी एउटा कम्पनीलाई संचालनको अनुमति दिने बीमा समितिले जानकारी दिएको छ । सम्बन्धित समाचार पुनर्बीमा कम्पनी दर्ताको प्रस्ताव पेश गर्न ७ दिन बाँकी, अहिलेसम्म परेन प्रस्ताव, समय थपिन्छ ? पुनर्बीमा कम्पनी एउटा मात्र थपिने, क्रस होल्डिङकाे सर्तले धेरै कम्पनी तनावमा नेपाल पुनर्बीमा कम्पनीको विकल्प खोज्न किन तयार भए बीमा कम्पनीहरु ? अन्नपूर्ण रिइन्स्योरेन्सको संस्थापक बन्न अधिकांश बीमा कम्पनी तयार, ‘कन्फर्म’ गर्दै बैंकहरु पनि पुनर्बीमा कम्पनीको सौता आउँदै, ‘अफर लेटर’बारे छलफल गर्दै बीमा कम्पनीहरुको बोर्ड १० अर्ब लगानीमा अर्को बीमा कम्पनी खुल्दै, अर्थमन्त्री पनि नयाँ कम्पनीको पक्षमा पुनर्बीमा कम्पनीको प्रगतिप्रति नियामक असन्तुष्ट, विदेशी साझेदार वा विज्ञ भित्र्याउन सुझाव

सगरमाथा इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । जेठ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले आथिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत गरी कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ । त्यसपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । यसअघि कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई ८६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।