अजोड इन्स्योरेन्सको सञ्चालकमा पौडेल र सुवेदी निर्वाचित

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको सञ्चालकमा पानुदत्त पौडेल र श्रृजना सुवेदी निर्वाचित भएका छन् । आज(बैशाख ७ गते) सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले दुई जनालाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको हो । यससँगै, नवनिर्वाचित दुई जना सञ्चालक पौडेल र सुवेदी सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने छन् । कम्पनीले २०७७ फागुन मसान्तसम्म प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २२ वटा शाखा, १७ वटा उपशाखा कार्यालय, १० बीमा काउण्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा कुल बीमाशुल्क ८८ करोड ४३ लाख रुपैयाँ संकलन गरि खुद नाफा ४ करोड ५६ लाख रुपैयाँ रहेको छ । त्यस्तै, बीमाकोषमा ६ करोड २३ लाख रुपैयाँ संचित रहेको कम्पनीले जनाएको छ । अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क संकलनमा ११३.१३ प्रतिशत, खुद नाफामा २४७.३९ प्रतिशत, एवं बीमाकोषमा १०४.०८ प्रतिशतले वृद्धि हासिल गर्न सफल भएको छ ।

अजोड इन्स्यारेन्सको स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णुप्रसाद नेपाल

काठमाडौं । अजोड इन्स्योरेन्सको स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णुप्रसाद नेपाल नियुक्त भएका छन् । बैशाख ६ गते बसेको सञ्चालक समितिको बैठकले नेपाललाई विज्ञ सञ्चालकमा नियुक्त गरेको हो ।

जनरल इन्स्योरेन्स कम्पनीमा भएको १३ गल्ती, तीन जनामाथि कारवाही

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी (जीआईसी)को सेयरमा अन्धाधुन्ध लगानी गरेको ठहर गर्दै बीमा समितिले सञ्चालक दिपेन्द्र अग्रवाललाई निलम्बन गरेको छ । उसले कम्पनीलाई अर्को फरक पत्र पठाउँदै अनुशासनहीन र अनियमिततापूर्ण कार्यमा संलग्न लगानी विभागमा कार्यरत कर्मचारीलाई विभागीय कारवाही गर्न जीआईसीलाई निर्देशन दिएको छ । हाल लगानी विभागका सहायक महाप्रबन्धक निल बराली र अफिसर रंग साउद कार्यरत छन् । उनीहरु दुबै जनामाथि कारवाही हुने भएको छ । स्राेतका अनुसार यसअघि सो विभागको नेतृत्व विनेश मास्केले गरेका थिए । तर बीमा समितिले उनको बारेमा केही बोलेको छैन । त्यस्तै, लगानी उपसमितिका सदस्य रामचन्द्र खनाल र कम्पनीका तत्कालिन महाप्रबन्धक एस के टमोटबारे पनि बीमा समितिले काटेका ७ पृष्ठ लामो दुबै पत्रमा केही पनि उल्लेख छैन । बीमा समितिले लगानी विभागका कर्मचारीको १२ बुँदे गल्ती कमजोरी कोट्याउँदै उनीहरुलाई मात्र विभागीय कारवाही गर्न निर्देशन दिएको छ । उनीहरु माथि पनि सञ्चालक दिपेन्द्र अग्रवाललाई आर्थिक अनियमिता गर्न सहयोग गरेको आरोप छ । गत चैत २२ र २३ गते बीमा समितिले गरेको स्थालगत निरीक्षण प्रतिवेदनमा १३ वटा कैफियत जनाएको छ । जहाँ भएको आर्थिक अनियमिता सम्बन्धमा १० वटा अनुसूचि समेत तयार गरिएको छ । प्रतिवेदनमा ठूलो आर्थिक अनियमितता देखाइएको छ । तर त्यसबाट कम्पनीलाई भएको आर्थिक नोक्सानीबारे रिपोर्टमा उल्लेख गरिएको छैन । बीमकको लगानी निर्देशिनमा कुल टेक्निकल रिजर्भको १० प्रतिशत भन्दा कम नेप्सेमा सूचिकृत कम्पनीको साधारण सेयरमा लगानी गर्न पाउने व्यवस्था विपरित टेक्निकल रिजर्भको १५५ प्रतिशतसम्म लगानी गरेको, कम्पनीको लगानी सम्बन्धि कमिटिको बैठक समेत नियमित नभएको, लगानी कमिटिको बैठक बसी निर्णय नै नगरी मनोमानी ढंगले लगानी भएको, लगानी सम्बन्धि उपसमिति र कम्पनीको सञ्चालक समितिले गरेको निर्णयका आधारमा मात्र लगानी गर्नु पर्नेमा त्यसो नगरिएको, संस्थागत सुशासन निर्देशिका विपरित बीमकले आफै संस्थापक सेयरधनी रहेका कम्पनीको साधारण सेयरमा लगानी गरेको, आफ्नो सेयर आफै खरिद गरेको, सेयर किनबेच गर्दा ब्रोकर कम्पनीसँगको कारोबार लामो समय फरफारक नगरेको लगायत १२ बुँदे त्रुटि बीमा समितिले औल्याएको छ । सम्बन्धित समाचार सेयरमा अन्धाधुन्ध लगानी गर्ने बीमा कम्पनीको सञ्चालक निलम्बित, विभागीय प्रमुखहरु पनि कारवाहीमा