अब मोबाइलबाटै नेपाल इन्स्योरेन्सको बीमा भुक्तानी गर्न सकिने
काठमाडौं । नेपाल इन्स्योरेन्सका बीमितले अबदेखि मोबाइलबाटै बीमा भुक्तानी गर्न सक्ने भएका छन् । कम्पनीले २०७८ साल बैशाख १ गतेबाट इन्स्योरेन्सको डिजिटल सेवा शुरु गरेसँगै बीमितले उक्त सुविधा भएको हो । बीमा समितिले हालै जारी गरेको सम्पत्ति बीमा निर्देशिकाको निर्देशन अनुरुप बीमालेखलाई डिजिटल गर्नुपर्ने व्यवस्थालाई समेत ध्यानमा राखी कम्पनीले उक्त डिजिटल सेवाको शुरु गरेको हो । नेपालमै निर्जीवन बीमा उद्योगको क्षेत्रमा कम्पनीले बिक्री गर्दै आएका बीमालेखहरुमध्ये प्रथम चरणमा मोटर साईकलको तेस्रो पक्ष बीमालेख, घर बीमालेख र ट्राभलर्स मेडिक्लेम बीमालेखलाई अनलाइन पोर्टल मार्फत कम्पनीले मोबाईल एप सञ्चालनमा ल्याएको हो । यससँगै कम्पनीका ग्राहकले मोबाईलबाट एप डाउनलोड गरी आफुलाई चाहिएको बीमालेख खरिद गर्न सक्ने कम्पनीले बताएको छ । उक्त बीमा सेवाको सुरुवात पश्चात उपभोक्ताको हात हातमा नेपाल इन्स्योरेन्सको बीमा सेवा उपलब्ध हुने कम्पनीको दाबी छ ।
लाभांश र हकप्रद पारित गर्न आईएमई जनरल इन्स्योरेन्सले बोलायो वार्षिक साधारणसभा
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले आगामी बैशाख १२ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । कम्पनीले सो दिन १० बजे काठमाडौंको नक्सालस्थित केन्द्रिय कार्यालयमा आफ्नो २३औं वार्षिक साधारणसभा बोलाएको हो । कम्पनीले सभामा लाभांश पारित गर्ने विशेष प्रस्ताव लैजाँदै छ । सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस र कर प्रयोजनको लागि ३९ लाख ८६ हजार रुपैयाँ नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । त्यस्तै, सभाले चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्तावलाई पारित गर्दै छ । कम्पनीले चुक्ता पुँजीको अनुपात संस्थापक सेयरधनी समूहतर्फ ६० प्रतिशत र सर्वसाधारण सेयरधनी समूहतर्फ ४० प्रतिशत रहेकोमा सो संसोधन गरी संस्थापक सेयरधनी समूहतर्फ ५१ प्रतिशत र सर्वसाधारण सेयरधनी समूहतर्फ ४९ प्रतिशत कायम गर्ने गरी संसोधन गर्ने प्रस्तावलाई सभाले अनुमोदन गर्दै छ । त्यसैगरी, सभाले कम्पनीको स्वतन्त्र सञ्चालकमा कृष्णप्रसाद शर्मालाई बाँकी कार्यकालका लागि नियुक्त गरेकोले सो को लागि अनुमोदन गर्ने छ । सभामा जाने प्रयोजनको लागि संस्थाको बैशाख २ गतेदेखि बैशाख १२ गतेसम्म बुक क्लोज हुने छ । सम्बन्धित समाचार आईएमई जनरल इन्स्योरेन्सले ७ प्रतिशत बोनस सेयरपछि ४० प्रतिशत हकप्रद सेयर दिने आईएमई जनरल इन्स्योरेन्सले घोषणा गर्यो हालसम्मकै उच्च लाभांश
मिलेमतोमा नभई समयमै बीमा दावी भुक्तानी गर्न बीमा कम्पनीलाई निर्देशन (भिडियाेसहित)
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुले दाबी भुक्तानी सेवालाई सरल र सहज बनाउन आवश्यक रहेको बताएका छन् । सगरमाथा इन्स्योरेन्स कम्पनीकाे ‘सगरमाथा आरोग्य स्वास्थ्य बीमा’ सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले नेपालका सबै बीमा कम्पनीहरुले बीमितलाई भुक्तानी दिने विषय समस्याको रुपमा रहेको बताएका हुन् । बीमा कम्पनीहरुले मिलेमतोमा मात्रै भुक्तानी दिने गरेको उल्लेख गर्दै त्यसलाई सुधार्न निर्देशन समेत दिए । मिलेमतो हुने बीमितले समय भन्दा अगाडि नै भुक्तानी पाउने तर मिलेमतो नभए भुक्तानी पाउनै नसक्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए । यस्तै, रेट कटिङ्ग र उधारो बीमा पनि बीमा कम्पनीहरुमा देखा परेको अर्को ठूलो समस्या रहेको उनले बताए । रेट कटिङ, उधारो बीमा र भुक्तानीमा मिलेमतो लगायतका समस्यालाई सुधार नगर्दासम्म बीमा क्षेत्रको विकास सम्भव नभएको उनकाे भनाइ छ । ‘सगरमाथा आरोग्य स्वास्थ्य बीमा’ को उद्घाटन गर्दै बीमा समिति र इन्स्योरेन्सका अध्यक्ष जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने समितिका अध्यक्ष सिलवाले बताएका छन् । भिडियाे हेर्न यसमा क्लिक गर्नुहाेस् सम्बन्धित समाचार सगरमाथाको आरोग्य बीमा योजनाः १६ सय तिरे ७ लाखको दाबी पाइने, भुक्तानी १० दिनमै