सिटिजनद्धारा विद्यार्थीहरूलाई बीमासम्बन्धी सचेतना

काठमाडौं । सिटिजन लाईफ इन्स्योरेन्सको हेटौडा क्षेत्र अन्तगर्त रहेका १३ वटा शाखा कार्यालयले एकैदिन विभिन्न विद्यालय तथा कलेजमा अध्ययनरत २२०० भन्दा बढी विद्यार्थीहरुलाई बीमा सचेतना कार्यक्रम संञ्चालन गरेको छ । इन्स्युरेन्सले बीमा के हो ? बीमा किन जरुरी छ ? बीमाका महत्त्व तथा यसबाट पुग्ने फाइदा, राष्टको हितमा बीमाले पुर्‍याएको योगदान तथा अन्य सुरक्षा योजनाहरुको बारेमा जानकारी दिइएको थियो । कम्पनीका विभिन्न शाखा कार्यालयहरुले आफ्नो कार्यक्षेत्र अन्तर्गत पर्ने विद्यालय तथा कलेजहरुमा सो कार्यक्रम बिगत देखिनै आयोजना गर्दै आइरहेको छन् । एरिया रिजनल म्यानेजर श्री शिब कुमार कार्कीलगायत कम्पनीका कर्मचारीहरूले उक्त कार्यक्रमको सहजीकरण

बीमा कम्पनीका अध्यक्षलाई सिलवालले भने : चुक्ता पुँजी पुर्‍याउन नसके मर्जरमा जानुस्

काठमाडौं । बीमा कम्पनीका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूलाई तोकिएको पुँजी पुर्‍याउन नसके मर्जरमा जान आग्रह गरेका छन् । अध्यक्ष सूर्यप्रसाद सिलवालले बिहीबार बीमा कम्पनीहरूका संचालक समितिका अध्यक्षहरूसँग सो आग्रह गरेका हुन् । ललितपुरको कुपण्डोलस्थित बीमा समितिको कार्यालयमा बीमा कम्पनीहरूका संचालक समितिका अध्यक्षहरूसँग समयसामयिक विषयमा आज भएको छलफल कार्यक्रममा यस्तो बताएका हुन् । साथै, बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धिले बीमा कम्पनी बलियो हुने भएकोले कम्पनीको हितमा रहेको बीमा कम्पनीका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताएका छन् । कम्पनीहरूलाई बलियो बनाउने, प्रशासनिक लागत घटाउने, सेवाको गुणस्तर बढाउने र बीमाप्रतिको जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यले पूँजी बृद्धि गर्ने निर्णय गरिएको उनले प्रष्ट पारेका छन् । उनले भने, ‘बीमा कम्पनीहरूको पुँजी कम छ, कम्पनीहरूको मुनाफा घट्दैछ, प्रशासनिक लागत बढ्दैछ, बीमाको दायरा बढ्दै गएको छ, बीमा कम्पनीलाई बलियो बनाउने कार्यको यो शुरूवात हो, पुँजी पुर्‍याउन नसके मर्जरमा जानुपर्छ ।’ अध्यक्ष सिलवालले समितिले नयाँ जीवन तथा निर्जीवन कम्पनीहरू दर्ता नगर्ने जानकारी दिँदै तोकिएको अवधिभित्र चुक्ता पुँजी वृद्धिको योजना ल्याउन र तोकिएको पुँजी पुर्‍याउन नसके मर्जरमा जान बीमा कम्पनीहरूलाई आग्रह गरे । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूले प्रस्तुत गर्ने चुक्ता पुँजी वृद्धिको योजनामाथि छलफल गरेर देखिएका अप्ठ्यारा फुकाउन समिति तत्पर रहेको जानकारी दिए ।

प्रुडेन्सियल इन्स्योरेन्सले बैशाख ११ गते बोलायो वार्षिक साधारण सभा

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले २०७९ बैशाख ११ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सो दिन दिउँसो साढे १२ बजे पर्साको दियालो लर्डस प्लाजामा आफ्नो २०औं वार्षिक साधारण सभा डाकेको हो । सभाले गत वर्षको प्रस्तावित लाभांशलाई पारित गर्दै छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस र कर प्रयोजनको लागि ४० लाख ८४ हजार ११९ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित बोनस सेयर पारितपश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब १८ करोड रुपैयाँ पुग्ने छ । त्यस्तै, इन्स्योरेन्सले सभामा जाने प्रयोजनको लागि आगामी चैत २४ गते बुक क्लोज गर्दै छ । यससँगै चैत २३ गतेसम्म कायम सेयरधनीहरु कम्पनीको प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् । सम्बन्धित समाचार प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा, चुक्ता पुँजी १ अर्ब १७ करोड नाघ्ने