एशियन इन्स्योरेन्सकाे बीमा शुल्क ’खल्ती’ बाट भुक्तानी गर्न सकिने

काठमाडौं ।  एशियन इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क अब खल्तीबाट तिर्न सकिने भएको छ । कम्पनी र खल्तीबीच डिजिटल कारोबारलाई प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहज गर्न सम्झौता भएसँगै यो सेवा सुरु भएको हो । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा ऐन २०४९ बमोजिम बीमा समिति (नेपाल बीमा नियामक प्राधिकरण) बाट २७ फेब्रुअरी, २०६४ (फाल्गुन १५, २०६४) मा आफ्नो सञ्चालन अनुमतिपत्र प्राप्त गरी ३ अप्रिल, २००८ (चैत्र २१, २०६४) मा काम गर्न थालेकाे हाे । संस्थाले देशव्यापी रुपमा १४० शाखा सञ्जाल मार्फत राष्ट्रको सेवा गरिरहेको छ। एशियन लाइफ इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क ’खल्ती’ बाट तिर्न सबैभन्दा पहिला खल्ती एप लग–इन गरी इन्स्योरेन्स आइकनमा ट्याप गरी एशियन लाइफ इन्स्योरेन्स सेलेक्ट गर्नुपर्दछ । त्यसपछि आफ्नाे जन्म मिति र पाेलिसी नम्बरी राखेर ‘प्रोसिड टु पे’ मा क्लिक गर्नेुपर्दछ । ५००० माथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ’खल्ती’ केवाईसि भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ ।  

प्रिमियर इन्स्योरेन्सले बढायो लाभांशदर, सेयरधनीलाई बोनस र नगद बराबर

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । संस्थाले बोनस र नगद लाभांश बराबर घोषणा गरेको छ । मंसिर ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस र ७.५ प्रतिशत नगदर (करसहित) गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत तथा इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । प्रस्तावित १५ प्रतिशत लाभांश अघिल्लो वर्षको भन्दा बढी हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ११.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

शिखर इन्स्योरेन्स १८ औं वर्षमा, सबैभन्दा बढी प्रिमियम संकलन गर्न सफल

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी स्थापनाको १७ औं वर्ष पुरा गरी १८ औं वर्षम प्रवेश गरेको छ । २०६१ मंसिर २ गतेदेखि कम्पनीले निर्जीवन बीमा व्यवसायको शुभारम्भ गरेको थियो । कम्पनीले १७ औं वार्षिकोत्सवको अवसरमा दश वर्ष सेवा अवधि पूरा गरेका २५ जना कर्मचारीलाई सम्मान गरेको छ । यसका साथै कम्पनीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेका थिए । सुरुमा कम्पनी स्थापना गर्दा १० करोडको चुक्ता पुँजी भएको शिखर इन्स्योरेन्स आज १७५ करोडको चुक्ता पुँजी रहेको छ । शिखर इन्स्योरेन्स आ।व २०७७र०७८ मा निर्जिवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा बढी ३९७ करोडको बीमाशुल्क आर्जन गर्न कम्पनी बन्न सफल भएको थियो । यसले उपत्यकाभित्र १६ र उपत्यका बाहिर ७६ सहित कुल ९२ वटा शाखा कार्यालय मार्फत निर्जीवन बीमा व्यवसाय गर्दै आइरहेको छ ।