नेपाल इन्स्योरेन्सले डाक्यो साधारण सभा, लाभांशसहित सञ्चालक नियुक्त गर्ने विशेष प्रस्ताव

काठमाडौं । नेपाल इन्स्यारेन्स कम्पनीले आगामी चैत ३० गते वार्षिक साधारण सभा आव्हान गरेको छ । इन्स्योरेन्सले सो दिन बिहान ११ बजे काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा ७३औं सभा बोलाएको हो । सो सभाले इन्स्योरेन्सको प्रस्तावित ११ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नथद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दै छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २४ करोड रुपैयाँ छ । ११ प्रतिशत बोनस पारितपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ३७ करोड रुपैयाँ नाघ्ने छ । त्यस्तै, सभाले सञ्चालक समितिमा ४ जना सञ्चालकहरु निर्वाचित गर्दै छ । जसमध्ये संस्थापक सेयरधनी समूहबाट २ र सर्वसाधारण सेयरधनीको समूहबाट २ जना रहेका छन् । त्यस्तै, सञ्चालक समिति तथा उप समितिको बैठक भत्ता र सुविधा पुनरावलोकन गर्ने इन्स्योरेन्सको विशेष प्रस्ताव छ । सभामा जाने प्रयोजनको लागि इन्स्योरेन्सले आगामी जेठ १७ गतेदेखि जेठ ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै जेठ १६ गतेसम्म कायम सेयरधनी मात्रै प्रस्तावित लाभांश पाउन योग्य हुने छन् ।

नेपाल ईन्स्योरेन्स कम्पनीको नयाँ कर्पोरेट भवनको शिलान्यास

काठमाडौं । नेपाल ईन्स्योरेन्स कम्पनीको  नयाँ कर्पोरेट भवनको शिलान्यास भएकाे छ । कम्पनीकाे कमलादी स्थित साविक प्रधान कार्यालय रहेको स्थानमा निर्माण हुन गईरहेको नयाँ कर्पोरेट भवनको शुक्रबार शिलान्यास भएकाे हाे । बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवाल र कम्पनीका सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्माले संयुक्त रुपमा उक्त भवनकाे शिलन्यास गरे । विगत ७५ वर्ष देखि निरन्तर रुपमा नेपाली बीमा बजारमा आएकाे यस कम्पनीले ५९ वटा शाखा/उपशाखा/सेवा केन्द्रहरुबाट बीमितहरुलाई सहज र सरल रुपमा उत्कृष्ट बीमा सेवा प्रदान गर्दै आएकाे छ ।  

प्राइम लाईफको संस्थापक सेयर साधारणमा परिणत, कसको स्वामित्व कति ?

काठमाडौं । प्राइम लाईफ इन्स्योरेन्स कम्पनीको २७ लाख ७९ हजार ६१५ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । शुक्रबार मात्रै कम्पनीको सो मात्राको संस्थापक सेयर साधारणमा परिणत भएको हो । उक्त सेयर संरचना परिवर्तन भएसँगै इन्स्योरेन्समा संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत स्वामित्व हुने छ । यसअघि कम्पनीको संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व क्रमशः ७० र ३० प्रतिशत रहेको थियो ।