अजोड इन्स्योरेन्सका सीईओ खत्रीले सम्हाले दोश्रो कार्यकाल
काठमाडाैं । अजोड इन्स्योरेन्सका कुमार बहादुर खत्रीले पुन: प्रमुख कार्यकारी अधिकृतकाे कार्यभार सम्हालेका छन् । सञ्चालक समितिको बैशाख १५ गतेको उक्त प्रस्तावलाई बीमा समितिले साेमबार स्वीकृत गरेपछि उनले पुन: प्रमुख कार्यकारी अधिकृतकाे कार्यभर सम्हालेका हुन् । उनको पहिलो कार्यकालमा इन्स्योरेन्सले राम्रो ग्रोथ गरेको कम्पनीले प्रकाशित गरेको तथ्यांकले देखाउँछ ।
लघुबीमाको पहुँचलाई विपन्न वर्गसम्म पुर्याइने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लघुबीमाको पहुँचलाई विपन्न वर्गसम्म पुर्याउने बताएकी छन् । मंगलबार प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले सो बताएकी हुन् ।
बीमालाई उत्पादन तथा उपादकत्वसँग आवद्ध गरिने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बीमालाई उत्पादन तथा उपादकत्वसँग आवद्ध गरिने बताएकी छन् । मंगलबार प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले सो बताएकी हुन् ।