यूनाइटेड इन्स्योरेन्सका अध्यक्ष रवि भक्त श्रेष्ठले लिए शपथ
काठमाडौं । यूनाइटेड इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष रवि भक्त श्रेष्ठ पद तथा गोपनियताको शपथ लिएका छन् । श्रेष्ठले बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवाल पद तथा गोपनियताको शपथ लिएका हुन् । इन्स्योरेन्सको २३ गते बसेको २८ औं वार्षिक साधारण सभामा भएको निर्वाचनबाट संचालक समितिमा निर्विरोध निर्वाचित भएका सदस्यहरुबाट संचालक समितिको अध्यक्ष पदका श्रेष्ठ चयन भएका थिए । सो पश्चात कम्पनीको केन्द्रिय कार्यलयमा बसेको संचालक समितिको बैठकमा अन्य संचालकहरुले अध्यक्ष श्रेष्ठ समक्ष पद तथा गोपनियताको शपथ गरे । ६ जना निर्विरोध निर्वाचित भएका संचालकहरु संस्थापक सेयरधनीबाट रविभक्त श्रेष्ठ, राज रिमाल दिवक ओली र प्रियंका श्रेष्ठ छन् भने सर्वसाधारणको तर्फबाट विलसनमान रञ्जित र रबिन्द्रराज पन्त रहेका छन् ।
मर्जरमा जाने बीमा कम्पनीका सञ्चालकको कार्यकाल थपिने
काठमाडौं । मर्जरमा जाने बीमा कम्पनीका अध्यक्ष तथा सञ्चालकको कार्यकाल थपिने भएको छ । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को तेश्रो पटक संशोधन गर्दै समितिले दुई कार्यकाल पुरा भएका सञ्चालक वा अध्यक्षहरू थप एक कार्यकाल सोही कम्पनीमा रहन पाउने व्यवस्था गरेको हो । यो व्यवस्था मर्जरमा जान प्रकृया शुरु गरेका वा समितिबाट सैद्धान्तिक सहमति पाएका कम्पनीहरुका सञ्चालकहरुलाई मात्र लागू हुने छ । कम्पनीका सञ्चालक वा अध्यक्षहरुले मर्जरको प्रकृया सम्पन्न नभएसम्ममा सोही कम्पनीको उक्त पदमा थप एक कार्यकालसम्म रहन सक्नेछन् । जसको लागि बीमा समितिको पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था छ । ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्तीगर्ने सम्बन्धी निर्देशिका, २०७६ बमोजिम बीमक गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धी प्रयोजनका लागि प्रक्रिया शुरु गरेका वा समितिबाट सैद्धान्तिक सहमति प्राप्त गरेका बीमकको हकमा गाभ्ने, गाभीने वा प्राप्ती गर्ने सम्बन्धी प्रकृया सम्पन्न नभएसम्म समितिको पूर्व स्वीकृतिलिई तत्काल कार्यरत संचालक वा अध्यक्ष थप एक कार्यकालका लागि संचालक वा अध्यक्षमा नियुक्त वा मनोनयन हुन बाधा पुर्याएको मानिने छैन’, संशोधित निर्देशिकामा भनिएको छ । हाल कम्पनीका सञ्चालक वा अध्यक्ष दुई कार्यकालभन्दा बढी एउटै कम्पनीमा पुनः नियुक्त हुन नपाउने व्यवस्था छ ।
अजोड ईन्स्योरेन्स र बटेश्वर गाउँपालिकाबीच सम्झाैता
काठमाडौं । अजोड ईन्स्योरेन्सले धनुषाको बटेश्वर गाउँपालिकासँग सम्झौता भएको छ ।ईन्स्योरेन्स र गाउँपालिकाबीच बीमाको पहुँच ग्रामणी तहसम्म पुर्याउने सम्झौता भएको हो । उक्त सम्झौतामा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र बटेश्वरको तर्फबाट गाउँपालिका अध्यक्ष राम अषिश महतोले हस्ताक्षर गरेका छन् । नेपाल सरकारको बीमा निती अनुरुप स्थानिय निकायसँग सहकार्य गरी बीमाको पहुंच ग्रामिण स्तरसम्म पुर्याउने र बीमा व्यवसायलाई सरल र प्रभावकारी बनाई बीमा क्षेत्रको विकास र विस्तार गर्न उक्त सम्झौता गरेको खत्रीले बताएका छन् ।