राष्ट्रिय बीमा कम्पनीको अध्यक्ष बने ज्ञवाली
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर ज्ञवाली मनोनयन भएका छन् । मन्त्रिपरिषद् बैठकले उनलाई कम्पनीको अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको हो ।
हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीचको मर्जर पारित, साउनदेखि नै एकीकृत कारोबार गर्ने
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी एक आपसमा मर्जरमा जाने प्रस्ताव पारित भएको छ । असार २ गते सम्पन्न दुबै कम्पनीको विशेष साधारणसभाले उक्त प्रस्तावलाई पारित गरको हो । सभाले पारित गरेसँगै हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको स्वाप रेसियो १०० बराबर ८५ मा गाभिन लागेका हुन् । यससँगै मर्जर पश्चात बन्ने ‘हिमालयन एभरेष्ट ईन्स्योरेन्स लिमिटेड’ को नामबाट एकीकृत कारोबार हुने छ । उक्त कारोबार २०७९ साउनदेखि नै गरिने कम्पनीको लक्ष्य छ । दुई इन्स्योरेन्स मर्जर पश्चात बीमा क्षेत्रकै एउटा सबल र विश्वसनीय कम्पनीको रुपमा स्थापित हुने कम्पनीको दावी छ । कम्पनीका अनुसार यस मर्जरले कम्पनीको पुँजी वृद्धि हुने र जोखिम बहन क्षमता अभिवृद्धि हुनुको साथै लगानी समेत अभिवृद्धि हुनेछ । र, यसबाट नेपालको बीमा क्षेत्रको विश्वशनियतामा अभिवृद्धि भई समग्र बीमा क्षेत्र नै सुद्धढ हुने कम्पनीको विश्वास छ । उक्त सभाबाट पारित मर्जर सम्बन्धी प्रस्ताव बीमा समितिबाट स्वीकृत गर्नुपर्ने छ । नेपालको बीमा सम्बन्धी नियमकारी निकाय बीमा समितिबाट बीमा कम्पनीहरुको पुँजी वृद्धि सम्बन्धी निर्देशन बमोजिम दुई कम्पनी मर्जरको प्रकृयामा गएका हुन् । जुन प्रकृया नेपालको बीमा क्षेत्र कै पहिलो हो ।
नागरिक लगानी कोष र बीमा समितिको कार्यालय कर्णाली प्रदेशमा पनि
काठमाडौं । कर्णाली प्रदेशमा नागरिक लगानी कोष र बीमा समितिको कार्यालय स्थापना गरिने भएको छ । जसको लागि प्रदेश सरकारले समन्वय गर्ने बताएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सो बताएका हुन् । त्यस्तै, कर्णाली प्रदेशका आम नागरिक, राष्ट्रसेवक र विभिन्न संघ संस्थामा कार्यरत कर्मचारीको विपद् जोखिम विरुद्ध सामूहिक दुर्घटना बीमा गर्न प्रदेश सरकारले १ करोड ७५ लाख विनियोजन गरेको छ ।