खल्तीबाट नेशनल लाइफको बीमा प्रिमियम भुक्तानी गर्दा क्यासब्याक पाइने
काठमाडाैं । अब माेबाइल भुक्तानी एप खल्तीबाट नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका ग्राहकहरुलाई बीमा प्रिमियम तिर्न सक्ने भएका छन् । यसका साथै ग्राहकहरुले बीमा प्रिमियम तिर्दा १० प्रतिशतसम्मकाे क्यासब्याक पनि पाउने भएका छन् । प्रयोगकर्ताले १० प्रतिशत क्यास्ब्याक (रू १०० सम्म) पाउनका लागि प्रोमोकोड नेसनल १०० प्रयोग गरी प्राप्त गर्नसक्नेछन् । समय सीमाको कारणले जरिवाना तिर्ने वा कार्यालय जान समय निकाल्ने पर्ने स्थितिलाई मध्यनजर गर्दै याे सेवा सुरु गरेकाे नेशनल लाइफ इन्स्योरेन्सले जनाएकाे छ ।
सगरमाथा इन्स्योरेन्सले २० प्रतिशत बाेनस सेयर दिने
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७ /७८ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ । फागुन १२ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण हुनेछ । कम्पनीले अघिल्ला वर्षमा भन्दा यस पटक बढी बाेनस दिन लागेकाे हाे । बीमा समितिले नगद लाभांश वितरणमा सबै कम्पनीलाइ राेकेपछि बीमा कम्पनीहरूले यस वर्ष बाेनस सेयर मात्र वितरण गर्ने भएका छन् ।
प्रभु लाइफ इन्सोरेन्सले बोलायो साधारण सभा
काठमाडौं । प्रभु लाइफ इन्सोरेन्सले आगामी चैत्र ६ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सो दिन बिहान ११ बजे र्याडिसन होटलमा चौथो वार्षिक साधारण सभा बोलाएको हो । सभामा भाग लिनका लागि प्रतिनिधि नियुक्त गर्न चाहने शेयरधनीले आगामी चैत्र २ गते भित्र नाम दर्ता गराइ सक्नुपर्नेछ । सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गर्ने छ । त्यस्तै , चालु आर्थिक वर्षको लागि लेखा परिक्षण गर्न लेखा परिक्षक नियुक्ती गर्ने र निजको पारिश्रमित तोक्ने सम्बन्धमा सभाले छलफल गर्ने छ ।