कोरोना बीमाको पैसा बीमक संघको खातामा, अध्यक्ष भन्छन् : छिट्टै भुक्तानी गर्छौं
काठमाडौं । निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको छाता संगठन नेपाल बीमक संघले कोरोना बीमाको एक अर्ब रुपैयाँ पाएको छ । संघका अध्यक्ष चंकी क्षेत्रीले सरकारले निकासा गरेको एक अर्ब रुपैयाँ बीमा समितिबाट पाइसकेको बताएका हुन् । ‘एक अर्ब रुपैयाँ आएको छ, त्यसलाई ५५ प्रतिशत मानेर बाँकी ४५ प्रतिशत बीमा समिति, नेपाल पुनर्बीमा कम्पनी र कम्पनीहरुले थपेपछि एक अर्ब ८१ करोड हुन्छ, यो मोडालिटी अनुसार अब छिट्टै भुक्तानी गर्नेछौं,’ अध्यक्ष क्षेत्रीले विकासन्युजसँग भने । सो मोडालिटी अनुसार बीमा कम्पनीहरुले २५ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीले १२ प्रतिशत र बीमा समितिले ८ प्रतिशत पैसा थप्नु पर्ने हुन्छ । ‘यो मोडालिटी अनुसार अघि बढ्न नेपाल पुनर्बीमा कम्पनी र सबै कम्पनीहरुलाई औपचारिक रुपमा जानकारी गराउनु पर्ने हुन्छ, त्यसको लागि आगामी आइतबार बैठक बस्दै छौं,’ सगरमाथा इन्स्योरेन्स कम्पनीको सीईओ समेत रहेका क्षेत्रीले भने । भुक्तानीमा कसरी अघि बढ्ने भन्ने विषयमा पनि मन्त्रालयस्तरबाटै मोडालिटी तय भएर आइसकेको उनले बताए । उनका अनुसार निजामती कर्मचारी र संघ संस्थाबाहेक व्यक्तिगत बीमितलाई पहिलो प्राथमिकता दिइने छ । त्यसमा पनि फर्ष्ट कम फर्ष्ट सर्भिसको आधारमा अघि बढिने क्षेत्रीको भनाई छ । साथै, उनले ढिलाई भएको कोरोना बीमाको भुक्तानीलाई अब भने जतिसक्दो चाडो सल्टाउने बताए । यसको लागि बीमा समिति र कम्पनीहरु तयार रहेको समेत उनले जानकारी गराए । सम्बन्धित समाचार कोरोना बीमाको २५ प्रतिशत रकम बीमा कम्पनीहरुले थप्नु पर्ने, मारमा नेपाल रि
बिहीबार बीमामा छायो हरियाली, चार कम्पनीको सेयर मूल्य बढ्यो, कसको कति ?
काठमाडौं । बिहीबारको सेयर बजारमा बीमा समूह हरियाली छाएको छ । राताम्मे देखिएको सो दिनको बजारमा निर्जीवन र जीवन बीमा समूह मात्रै हरिया देखिएका हुन् । जसमध्ये जीवन बीमा समूह १.४० अंकले बढेर ८ हजार ९३९ बिन्दुमा पुगेको छ । त्यस्तै, निर्जीवन बीमा समूह ०.६२ अंकले बढेर ७ हजार ७०१ बिन्दुमा पुगेको छ । बिहीबार दुई जीवन र दुई निर्जीवन गरी कूल चार वटा बीमा कम्पनीको सेयर मूल्य बढेको छ । जसमा जीवनको तर्फबाट नेशनल लाइफ र एशियन लाइफ रहेका छन् भने निर्जीवनको तर्फबाट राष्ट्रिय बीमा कम्पनी र शिखर इन्स्योरेन्स रहेका छन् । जसमध्ये नेशनल लाइफ इन्स्योरेन्सको सेयर मूल्य २.२९ प्रतिशतले बढेर प्रतिकित्ता ५८१ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १३ रुपैयाँले बढी हो । नेशनल लाइफले १५.७८९ प्रतिशत लाभांश प्रस्तावसहित मंसिर १८ गते वार्षिक साधारण सभा डाकेको छ । उक्त सभाले कम्पनीको आर्थिक वर्ष २०७७।७८ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सो प्रयोजनको लागि मंसिर ८ गते एक दिन बुक क्लोज हुँदै छ । त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य बढेर प्रतिकित्ता ४५२ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा सामान्य अर्थात ०.०४ प्रतिशतले बढी हो । निर्जीवन बीमा व्यवसाय गर्दै आएको राष्ट्रिय बीमा कम्पनीको पनि सेयर मूल्य बढेर प्रतिकित्ता १३ हजार १३२ रुपैयाँमा कारोबार भएको छ । जुन बुधबारको तुलनामा १.८० प्रतिशत अर्थात २३२ रुपैयाँले बढी हो । शिखर इन्स्योरेन्सको सेयर मूल्य बढेर प्रतिकित्ता ७५४.९० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा प्रतिकित्ता ८.९० रुपैयाँ अर्थात १.१९ प्रतिशतले बढी हो ।
नेशनल लाइफ इन्स्योरेन्सले मंसिर १८ गतेको लागि बोलायो साधारणसभा
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले ३१ औं साधारणसभाको लागि मंसिर १८ गते बैठक बोलाएको छ । इन्स्योरेन्सको बुधबार बसेको बैठकले ३१ औं साधारणसभाको लागि बैठक बोलाएको हो । कम्पनीले साधारणसभाबाट हाल कायम रहेको चुक्ता पुँजीमा चार अर्ब ३ करोड ५१ लाख रुपैयाँको १५ प्रतिशतले दरले बोनस सेयर र सोको कर प्रयोजनाका लागि तीन करोड १८ लाख ५६ हजार रुपैयाँ नगद लाभांश दिने विषेश प्रस्ताव पारित गर्ने जनाएको छ । कम्पनीले साधारणसभाको लागि मंसिर ८ गते एक दिनको लागि बुक क्लोज गर्ने छ । ७ गतेभित्र नेप्सेमा कारोबार भइ कायम हुन आउने सेयरधनीहरुले प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।