यूनाइटेड इन्स्योरेन्सले ९० प्रतिशत नाफा बढाउँदा दाबी भुक्तानीमा १४२ प्रतिशत छलाङ मार्याे

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ८९.९१ प्रतिशत बढेर २ करोड २६ करोड लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा खुद बीमा शुल्क १९.६७ प्रतिशत घटेर १७ करोड १९ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ४० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । असोज मसान्तसम्ममा कम्पनीले ३२ करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४४ करोड १ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा कम्पनीको खुद दाबी १४०.८१ प्रतिशत बढेर १२ करोड ५ लाख रुपैयाँ भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । असोज मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड रुपैयाँ, जगेडा कोष २१ करोड ४५ लाख रुपैयाँ र बीमा कोष ४३ करोड ८३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८४ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ १ सय ६४ रुपैयाँ ४४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.२० गुणा रहेको छ । कम्पनीले ६९ लाख रुपैयाँ अभिकर्तालाई कमिशन र ६ करोड ४८ लाख रुपैयाँ ब्यवस्थापन खर्च गरेको छ । कम्पनीले पुनर्बीमा शुक्ल कमिशन आम्दानी ३ करोड ३६ लाख रुपैयाँ र लगानी, कर्जा तगा अन्य आम्दानी १ करोड ५४ लाख रुपैयाँ गरेको छ ।

आइएमई जनरल इन्स्योरेन्सले अधिकांश सूचकमा मार्याे फड्को

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १५.६३ प्रतिशत बढेर ५ करोड ३ करोड लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क १८.१४ प्रतिशत बढेर १९ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ३७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । असोज मसान्तसम्ममा कम्पनीले ४४ करोड ९० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ३३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा कम्पनीले ७ करोड ११ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड २६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । असोज मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी १ अर्ब ७० करोड रुपैयाँ, जगेडा कोष २९ करोड ३० लाख रुपैयाँ, बीमा कोष ५७ करोड ७ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८४ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ १ सय ५० रुपैयाँ ७६ पैसा छ भने मूल्य आम्दानी अनुपात २९.३१ गुणा रहेको छ । कम्पनीले ७ हजार ७५२ दाबी वापत १ अर्ब २८ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । कम्पनीले ८२ लाख ३९ हजार रुपैयाँ अभिकर्तालाई कमिशन र ६ करोड ४ लाख रुपैयाँ ब्यवस्थापन खर्च गरेको छ । कम्पनीको पुनर्बीमा कमिशन आम्दानी ६ करोड ८३ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आम्दानी ९३ लाख रुपैयाँ गरेको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्सले गर्याे उत्साहजनक प्रगति, कुन सूचक कस्ता छन् ?

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा २८.१३ प्रतिशत बढेर ५ करोड ५१ करोड लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्मा कम्पनीको खुद बीमा शुल्क ८३.११ प्रतिशत बढेर ३६ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ९६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । असोज मसान्तसम्ममा कम्पनीको कुल बीमा शुल्क ५० करोड २४ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३६ लाख ३७ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ३१ करोड रुपैयाँ, जगेडा कोष १९ करोड ४३ लाख रुपैयाँ, बीमा कोष ८१ करोड ७३ लाख रुपैयाँ र महाविपत्ती कोष ७ करोड ९ लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्म कम्पनीले १३ करोड १ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ५८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ८० पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ १८२ रुपैयाँ ४६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २२.७४ गुणा रहेको छ । कम्पनीले ७५ लाख रुपैयाँ अभिकर्ता कमिसन दिएको छ भने ५ करोड ८९ लाख रुपैयाँ ब्यवस्थापन खर्च गरेको छ । कम्पनीले ८ करोड रुपैयाँ पुनर्बीमा कमिसन र १ करोड ५० लाख रुपैयाँ लगानी, कर्जा तथा अन्य आम्दानी गरेको छ ।