नेपाल लाइफको भुक्तानी अब एनपीएस मार्फत गर्न सकिने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले भुक्तानी अब एनिपएस मार्फत गर्न सकिने भएको छ । बैंक र नेपाल क्लियरिङ्ग हाउस (एनसिएचएल) बीच भएको सम्झौता अनुसार अब नेपाल लाइफको सम्पुर्ण भुक्तानी एनिपएसमार्फत हुने भएको हो । सम्झौता पत्रमा नेपाल लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र एनसिएचएल तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात नेपाल लाइफको आन्तरिक भुक्तानी प्रणालीलाई एनसिएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी एनिपएस अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सकिनेछ । जस मार्फत नेपाल लाइफले बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना कारोबारहरु गर्न सक्नेछ भने नेपाल लाइफको विभिन्न खाताको पुँजी व्यवस्थापन गर्ने प्रकृया पनि थप व्यवस्थित हुने कम्पनीले जानकारी दिएको छ । नेपाल लाइफ इन्स्योरेन्सले १५ लाखभन्दा बढी बीमितहरुलाई कम्पनीका १९७ शाखा सञ्जालहरु र २१२,३६२ अभिकर्ताहरु मार्फत सेवा दिइरहेको छ ।
बीमा अभिकर्ताको नामको पछाडी ‘इन्स्योरेन्स एजेन्ट’ शब्द अनिवार्य राख्नुपर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणले संस्थागत बीमा अभिकर्ताहरुले नाममा प्रयोग गरिएका बीमा तथा सो सम्बद्द शब्दहरुले सेवाग्राहीमा दुविधा उत्पन्न भएकाले यस्ता शब्द प्रयोग नगर्न निर्देशन दिएको छ । बीमा कम्पनीहरुलाई संस्थागत बीमा अभिकर्ताहरुको नाम सिफारिस गर्दा ‘बीमा’ नाम नजोड्न अर्थात् नामको अन्त्यमा इन्योरेन्स एजेन्ट राख्न निर्देशन दिएको हो । ‘संस्थागत बीमा अभिकर्ता बन्ने त्यस्ता संस्थाको प्रवन्ध पत्र तथा नियमावलीमा नामको पछाडी ‘बीमा अभिकर्ता’ अर्थात् ‘इन्स्योरेन्स एजेन्ट’ शब्द अनिवार्य राख्नुपर्नेछ,’ बीमा कम्पनीलाई पठाइएको पत्रमा उल्लेख गरेको छ ।
नाफामा प्रिमियर, प्रभु र नेपाल इन्स्योरेन्सबीच ‘टक्कर’, नेशनलले मार्यो छलाङ
काठमाडौं । १८ वटा निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । हाल सञ्चालनमा रहेका कम्पनीहरुमध्ये ओरियन्टल इन्स्योरेन्स बाहेक सबैले गत साउनदेखि असोजसम्मको वित्तीय विवरण सार्वजनिक गरेका हुन् । उक्त विवरणअनुसार कम्पनीहरुले तीन महिनामा कूल एक अर्ब १० करोड रुपैयाँ बराबरको नाफा कमाएका छन् । जुन गत वर्षको तुलनामा १८.२९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा यी १८ कम्पनीले कूल ९३ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए । सबैभन्दा बढी नाफा कमाउनेमा नेशनल इन्स्योरेन्स रहेको छ । कम्पनीले गत वर्षको तुलनामा ११६२ प्रतिशत बढी नाफा बढाएर कूल २१ करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिमा १ करोड ७१ लाख रुपैयाँ थियो । त्यस्तै, नेशनलको प्रतिस्पर्धीको रुपमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले साउनदेखि असोजसम्ममा १३ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष १३ करोड ३६ लाख रुपैयाँ रहेको उक्त नाफा ०.९० प्रतिशतले बढी हो । त्यस्तै, यता प्रिमियर, प्रभु र नेपाल इन्स्योरेन्स बीच टक्कर देखिएको छ । यी तीनवटै कम्पनीले ७ करोड रुपैयाँ बराबरको नाफा कमाएका छन् । जसमध्ये प्रिमियर इन्स्योरेन्सले ७ करोड ७९ लाख, प्रभुले ७ करोड ४ लाख र नेपाल इन्स्योरेन्सले ७ करोड ३ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेका छन् । समीक्षा अवधिमा अधिकांश कम्पनीको नाफा बढेको छ । तर ७ वटा कम्पनीको नाफा घटेको तथ्याङ्कले देखाएको छ । सगरमाथा, हिमालयन एभरेष्ट, राष्ट्रिय बीमा कम्पनी, नेको, एनएलजी, सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको नाफा गत वर्षको तुलनामा घटेको हो । यी मध्येपनि सगरमाथा इन्स्योरेन्सको नाफा सबैभन्दा बढी प्रतिशत अर्थात ४७.३३ प्रतिशतले घटेको छ । गत वर्ष ६ करोड १७ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आवमा ३ करोड २५ लाख रुपैयाँ मात्रै आर्जन गरेको छ । रकमको आधारमा सबैभन्दा कम नाफा कमाउनेमा अजोड इन्स्योरेन्स देखिएको छ । इन्स्योरेन्सले तीन महिनामा १ करोड २७ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १५.४५ प्रतिशतले बढी हो । कुनले कति कमाए ?