ह्वात्तै घटे बीमा पोलिसी त्याग्नेहरु, नेपाल लाइफसहित दर्जन कम्पनीमा देखियो सुधार

काठमाडौं । पछिल्लो समय जीवन बीमा पोलिसी सरेन्डर अर्थात समर्पण गर्ने (त्याग्ने) को संख्या घट्दो क्रममा छ । गत साउनको तुलनामा असोजमा सरेन्डर भएको बीमालेखमा रकम र संख्या दुबै घटेको हो । नेपाल बीमा प्राधिकरणका अनुसार समीक्षा अवधिमा सरेन्डर रकम ४८.८९ प्रतिशतले घटेको छ भने सरेन्डर भएका बीमालेखको संख्या २८ प्रतिशतले घटेको छ । २०७९ असोजमा बीमितले ७७ करोड ३२ लाख रुपैयाँ बराबरको ६ हजार ६३ वटा बीमालेख त्यागेका छन् । जुन साउनमा १ अर्ब ५१ करोड रुपैयाँ बराबरको ८ हजार ४२२ वटा बीमालेख सरेन्डर भएको थियो । रकमका आधारमा १२ कम्पनीको बीमालेख सरेन्डरदरमा सुधार देखिएको छ भने ७ वटा कम्पनीको बीमालेख सरेन्डरदर बढेको छ । जसमध्ये नेशनल लाइफ इन्स्योरेन्सको बीमा पोलिसी सरेन्डरदरमा सबैभन्दा बढी सुधार देखिएको छ । साउनको तुलनामा असोजमा कम्पनीको ७१.५२ प्रतिशतभन्दा कम रकमको बीमालेख सरेन्डर भएका छन् । साउनमा २८ करोडको बीमालेख सरेन्डर भएकोमा असोजमा ७ करोड ९७ लाख रुपैयाँको भएको छ । त्यस्तै, सरेन्डर रकममा सुधार आउनेको दोश्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन, तेश्रोमा प्राइम लाइफ, चौंथोमा नेपाल लाइफ र पाँचौंमा आईएमई लाइफ रहेको छ । यी कम्पनीको क्रमशः ६७.३७, ६५.६९, ५६.२० र ४९.११ प्रतिशतभन्दा कमले बीमा पोलिसी सरेन्डर भएका छन् । यता सिटिजन लाइफको ९४०.३१ प्रतिशत, युनियन लाइफको ९९.१७ प्रतिशत, ज्योति लाइफको ९६.८६ प्रतिशत, सूर्या लाइफको ९१.७९ प्रतिशत, सन नेपाल लाइफको ८६.४६ प्रतिशत, राष्ट्रिय बीमा संस्थानको ६२.७९ प्रतिशत र र सानिमा लाइफको बीमालेख पोलिसी सरेन्डर दर ०.०७ प्रतिशतले घटेको छ । किन घट्यो पोलिसी सरेन्डर दर ? बीमा समिति (हालको नेपाल बीमा प्राधिकरण) ले बीमितले बीमालेख खरिद गरेको मितिले तीन वर्षसम्म सरेन्डर गर्न नपाउने व्यवस्था गरेसँगै उक्त दर घट्न पुगेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बताउँछन् । ‘तीन वर्ष नपुगी सरेन्डर गर्न नपाउने व्यवस्थाको प्रभाव परेको हो । अर्को, कम्पनीहरुले पनि सरेन्डर गर्नेलाई प्रोत्साहान नगर्ने भनिएको छ, त्यसैले सरेन्डर गर्नेको दर घटेको हो,’ पौडेलले विकासन्युजसँग भने । विगतमा कम्पनीहरुमा बीमालेख सरेन्डर गर्ने दर बढेसँगै एकल बीमालेखमा कडाई गर्दै प्राधिकरणले उक्त व्यवस्था गरेको हो । प्राधिकरणले जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८ जारी गर्दै पोलिसी सरेण्डरमा नयाँ व्यवस्था लागू गरेको थियो । यसअघि भने बीमालेख खरिद गरेका बीमितले एक वर्षमै पोलिसी त्याग्न पाउने व्यवस्था थियो । कुन कम्पनीमा बढ्यो, कुनमा घट्यो ?  

प्रभु इन्स्योरेन्सको सञ्चालकमा कर्मचारी सञ्चय कोषका महेश खनाल

काठमाडौं । प्रभु इन्स्योरेन्सको सञ्चालकमा महेश प्रसाद खनाल चयन भएका छन् । मंसिर ११ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले खनाललाई सञ्चालक समितिमा चयन गरेको हो । कम्पनीका संस्थापक सेयरधनी कर्मचारी सञ्चय कोषले खनाललाई प्रतिनिधि मनोनित गरि प्रभु इन्स्योरेन्समा पठाएको हो । यससँगै, नवनियुक्त सञ्चालक खनालले कर्मचारी सञ्चय कोषको तर्फबाट प्रतिनिधित्व गर्नेछन् । खनाल कोषका कार्यवाहक प्रमुख प्रबन्धक हुन् । यसअघि उक्त कोषबाट राजेन्द्र शाक्यले प्रतिनिधित्व गर्दै आएका थिए ।

अजोड इन्स्योरेन्सको सेयर संरचना परिवर्तन, पारित भयो सम्पूर्ण वित्तीय विवरण

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको सेयर संरचना परिवर्तन भएको छ । मंसिर ११ गते सम्पन्न कम्पनीको विशेष साधारण सभाले कम्पनीको संस्थापक समूह र सर्वसाधारण समूहको सेयर स्वामित्व संरचना परिवर्तन गरेको हो । परिवर्तित सेयर स्वामित्व संरचना अनुसार कम्पनीको संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशतको अनुपात कायम गर्ने निर्णय भएको छ । यसअघि उक्त अनुपात क्रमशः ७० र ३० प्रतिशत रहेको थियो । उक्त निर्णयलाई नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृत दिएपछि कम्पनीको प्रबन्धपत्र संशोधन गरिने कम्पनीले जनाएको छ । त्यस्तै, कम्पनीलाई नेपाल बीमा प्राधिकरणले मर्जर अध्ययन कमिटीको स्वीकृत गरेको र सभाले उक्त मर्जर अध्ययन कमिटी गठन गर्ने निर्णय गरेको छ । त्यस्तै, सभाले कम्पनी सञ्चालक समितिलाई मर्जरसम्बन्धी सम्पूर्ण अख्तियारी दिएको छ । त्यस्तै, इन्स्योरेन्सको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण पारित भएको छ । सभापछि बसेको कम्पनी सञ्चालक समितिको बैठकले नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) बमोजिमको वित्तीय विवरणहरु पारित गरेको हो । उक्त पारित विवरणहरु नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृति दिनु पर्छ । जसको लागि कम्पनीले उक्त विवरणहरु प्राधिकरणमा पेशसमेत गरिसकेको छ ।