सगरमाथा इन्स्योरेन्सका साढे १५ सय बीमितले कोरोनाको पैसा पाउने, क-कसले ? (नामावलीसहित)
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले पहिलो लटमा एक हजार ५ सय ४२ जना बीमितलाई कोरोना बीमाको दावी भुक्तानी दिने भएको छ । कम्पनीले दावी दिएका बीमितहरुमध्ये व्यक्तिगत तथा पारिवारिक रुपमा बीमा गराएका बीमितहरुलाई मंसिर १३ गते मंगलबारदेखि दावी भुक्तानी दिन थालेको हो । कम्पनीले सरकार, नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम भुक्तानी गर्न लागेको हो । जसको लागि कम्पनीले बीमितहरुको नामावली समेत सार्वजनिक गरेको छ । यससँगै सगरमाथा इन्स्योरेन्समा कोरोना बीमा गरेका तर दावी भुक्तानी नपाएका बीमितहरुले भुक्तानी पाउने भएका छन् । कम्पनीका अनुसार हाल कोरोना बीमा दावी पुलबाट संलग्न सूचीमा उल्लेखित दावीकर्ताहरुलाई दावी भुक्तानी गरिने छ । यससँगै, सूचीमा नाम भएका बीमितहरुले दावी फर्छौट पुर्जामा सहिछाप गरी दावी भुक्तानी लिन कम्पनीले आग्रह गरेको छ । यस्तो छ कम्पनीले सार्वजनिक गरेको बीमितको नामावली [pdf id=368411]
नेको इन्स्योरेन्सले १५ सय बढी बीमितलाई कोरोनाको पैसा दिने, दैनिक सय जनाले पाउने
काठमाडौं । नेको इन्स्योरेन्सले एकैदिन एक सय जना बीमितलाई कोरोना बीमाको दावी भुक्तानी गर्ने भएको छ । इन्स्योरेन्सले व्यक्तिगत बीमितहरुमध्ये मंगलबार मात्र क्रम संख्या १ देखि १०० सम्मका बीमितलाई दावी भुक्तानी गर्ने भएको हो । कम्पनीले मंसिर १३ गतेदेखि पुस १ गतेसम्ममा कूल १५ सय ५ जना बीमितलाई कोरोना बीमाको पैसा वितरण गर्न लागेको छ । कम्पनीका अनुसार मंसिर १३ गतेदेखि मंसिर २९ गतेसम्म दैनिक एक सय जनाले र पुस १ गते १०५ जनाले कोरोना बीमाको पैसा पाउने भएका छन् । इन्स्योरेन्सले नेपाल सरकार, अर्थ मन्त्रालय र नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार कम्पनीमा कोरोना बीमा गरी बीमा दावी गरी दावी भुक्तानी लिन बाँकी भएका बीमितहरुमध्ये ब्यक्तिगत रुपमा बीमाशुल्क तिरेर बीमा गर्ने बीमितहरुलाई पीसीआर पोजेटिभ भई बीमा दावी गर्ने मध्ये पहिला दावी गर्नेलाई पहिलो प्राथमिकता दिई क्रमशः भुक्तानी गर्ने छ । कम्पनीले बीमितहरुलाई क्रम संख्या अनुसार दावी भुक्तानी दिने भएको छ । हालको व्यवस्था अनुसार कोरोना बीमाको पैसा पाउन योग्य ब्यक्तिहरुको नामावली कम्पनीले वेबसाइट र कम्पनीको सूचना पाटीबाट जानकारी गराएको छ । बीमितहरुले क्रम संख्याअनुसार तोकिएको मितिमा आफ्नो दावी वापतको रकम पाउने छन् । बीमितहरुले काठमाडौं उपत्यकाको हकमा कम्पनीको केन्द्रीय कार्यालय, बीमा भवन, ज्ञानेश्वर, काठमाडौंबाट भुक्तानी लिन सक्नेछन् । त्यस्तै, उपत्यका बाहिरको हकमा आफूले बीमा गरेको यस कम्पनीको सम्बन्धित शाखाहरुमा आफ्नो आधिकारीक परिचयपत्र सहित भुक्तानी लिन सक्ने कम्पनीले जानकारी गराएको छ । कसले कहिले पाउँछन् ?
शिखर इन्स्योरेन्सले आजदेखि कोरोना बीमाको रकम भुक्तानी गर्ने (नामावली सहित)
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले कोरोना बीमाको भुक्तानी सुरु गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीबाट कोरोना बीमा खरिद गरेका बीमितलाई मंगलबार देखि प्राथमिकताको आधारमा दाबी भुक्तानी गर्ने भएको हो । कम्पनीले एक सूचना प्रकाशन गर्दै पीसीआर पोजिटिभ भई बीमा दाबी गर्ने मध्ये पहिलो दाबी गर्नेलाई पहिलो प्राथमिकतामा राखेर दाबी रकमको भुक्तानी गर्ने बताएको हो । कम्पनीका अनुसार दाबी भुक्तानी पाउन बाँकी ५ हजार २० वटा एकल र पारिवारिक बीमालेख धारक दाबीकर्तामध्ये २ हजार ६३५ दाबीकर्तालाई मंसिर १३ गते मंगलबारदेखि कम्पनीको प्रधान कार्यालय थापाथलीको साथै देशभरको शाखा कार्यालयहरुबाट दाबी भुक्तानीको व्यवस्था मिलाइएको छ । पहिलो चरणको सूचीमा परेका बीमालेख धारक र दाबीकर्ताको नामावली कम्पनीले वेबसाइटमा प्रकाशन गरेको छ । साथै सबै शाखा कार्यालयहरूमा समेत सो सम्बन्धी विवरण उपलब्ध रहेको कम्पनीले प्रकाशन गरेको सूचनामा उल्लेख छ । भुक्तानी हुन बाँकी रहने दाबीको हकमा नेपाल सरकार र नेपाल बीमा प्राधिकरणको निर्णय बमोजिम पुनः जानकारी गराउने कम्पनीले बताएको छ । [pdf id=368245]