एनएलजी इन्स्योरेन्सले घोषणा गर्याे १०.५२६ प्रतिशत लाभांश

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई १०.५२६३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत अर्थात् १ अर्ब ३२ करोड ६६ लाख १४ हजार ३५५ रुपैयाँ बराबरको बोनस सेयर र ०.५२६३१५८ प्रतिशत अर्थात् ६९ लाख ८२ हजार १८१ रुपैयाँ बराबरको नगद गरी कूल १०.५२६३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।

नेशनल लाईफको १५.७८ प्रतिशत लाभांश पारित हुँदै

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको साधारणसभा आज हुने भएको छ । कम्पनीको ३४ औं वार्षिक साधारण सभा आज मंसिर १८ गते, आइतबार नेशनल लाइफ भवन, केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौँमा बिहान १०ः३० बजेदेखि सुरू हुँदैछ । कम्पनीको सभाले आर्थिक वर्ष २०७७/८ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगगरी कूल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर ८ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले, मंसिर ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीको सभाले लाभांश वितरण प्रस्ताव सहित आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/७८ को वासलात, विस्तृत नाफा नोक्सान हिसाबमा छलफल गरी पारित गर्नेछ । यस्तै, कम्पनीको लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

मेटलाइफ नेपालको २१औं वार्षिकोत्सवको अवसरमा बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । मेटलाइफ नेपालले ललितपुरमा आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा बीमा सचेतना वाकाथनको सम्पन्न गरेको छ । शनिबार भएको यस ४.५ किलोमिटरको वाकाथनमा मेटलाइफका ३०० भन्दा बढी कर्मचारी रबीमा अभिकर्ताहरुले सहभागिता जनाएका थिए । वाकाथन कार्यक्रमको मुख्य उद्देश्य सुरक्षित भविष्यको विकासका लागिसमाजमा बीमा सचेतना फैलाउनु रहेको थियो । मेटलाइफका सञ्चालन प्रमुख श्री देव किशोर लालले कार्यक्रमको औपचारिक उद्घाटन गरी सहभागीहरूलाई सम्बोधन गरेका थिए । उनले भने ‘देशको ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या बीमाको दायरामा नआएकाले बीमा बारे जानकारी प्रदान गर्न महत्वपुर्ण छ ।’ मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘विश्वकै अग्रणी बीमा कम्पनीहरूमध्ये एकका रूपमा मेटलाइफले विश्वभरका लाखौं ग्राहकहरूलाई आफ्नो भविष्य सुरक्षित राखेर विश्वस्तताका साथ बाँच्न मद्दत गरेको छ । मेटलाइफ दिगो बृद्धिमा विश्वास गर्दछ र नेपालमा मानिसहरूको बढ्दो सुरक्षा आवश्यकताहरू पूरा गर्न नवीन उत्पादनहरू, सेवाहरू र अनुभवहरू प्रदान गर्नमा केन्द्रित रहनेछ ।’