सुदूरपश्चिम पुगेर अर्थमन्त्रीले भने : यो प्रदेश बीमाको पहुँचबाट टाढा रहेछ
कैलाली । अर्थमन्त्री जनार्दन शर्माले सुदूरपश्चिम प्रदेशमा बीमाको पहुँच अभिवृद्धि गरिनुपर्ने खाँचो औंल्याएका छन् । बीमा समिति सुदूरपश्चिम प्रदेश कार्यालयको आज धनगढीमा शुभारम्भ गर्दै उनले यहाँको बीमाका दाबी, भुक्तानीका कुरामा धेरै गुनासा तथा असन्तुष्टि रहेको बताए । उनले भने “अहिले नेपालभर समग्रमा बीमाको पहुँच ४१.२ प्रतिशत छ । सुदूरपश्चिम प्रदेशमा १९.१७ प्रतिशत मात्रै छ । यसलाई वृद्धि गरिनुपर्छ ।” उनका अनुसार देशभरि विभिन्न बीमा कम्पनीका तीन हजार तीन सय ६६ शाखा सञ्चालन छन् भने सुदूरपश्चिममा तीन सय २७ मात्रै छन् । ‘अहिले बीमा संस्थानले दिएको प्रत्यक्ष बीमा सन्दर्भका रोजगारी १२ हजार ३१ को सङ्ख्यामा रहेको तर सुदूरपश्चिम प्रदेशमा छ सय ८७ मात्रै रहेको छ,’ मन्त्री शर्माले भने, ‘यसबाट के देखाउँछ भने सुदूरपश्चिम प्रदेश बीमाको पहुँचबाट अलि टाढाजस्तो छ ।’ अर्थमन्त्री शर्माले लगानीको जोखिम न्यूनीकरण गर्ने मुख्य काम बीमाका रहेको स्पष्ट पार्दै बीमाद्वारा ठूला विपत्तिको जोखिम पनि न्यूनीकरण गर्न सकिने छ भने । लगानीकर्तालाई, प्रयोगकर्तालाई र उत्पादनकर्तालाई ढुक्क भएर आफ्नो क्षेत्रमा काम गर्ने वातावरण बनाउने बिमाको मुख्य उद्देश्य रहेको उनले बताए । कार्यक्रममा प्रदेश सरकार आर्थिक मामिलामन्त्री प्रकाशबहादुर रावलले विभिन्न जोखिमको व्यवस्थापनमा बीमाले ठूलो सहयोग गरेको बताउनुभयो । उनले भने, ‘सबै क्षेत्रमा यो बीमा जानु पनि जरुरी छ ।’ भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले जोखिम अन्त्य गर्नको लागि बीमालाई व्यापकरुपमा लग्न प्रदेश सरकार तयार रहेको बताए । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जोखिम न्यूनीकरण गर्ने संयन्त्रको रुपमा बीमालाई लिनुपर्ने धारणा व्यक्त गरे । उनले भने, ‘यो काम प्रदेश सरकारबाट सुरु गर्नुपर्दछ ।’ रासस
सुदूरपश्चिम प्रदेशमा बिमाको पहुँच अभिवृद्धि गरिनुपर्छ: अर्थमन्त्री शर्मा
कैलाली । अर्थमन्त्री जनार्दन शर्माले सुदूरपश्चिम प्रदेशमा बिमाको पहुँच अभिवृद्धि गरिनुपर्ने खाँचो आँैल्याएका छन् । बिमा समिति सुदूरपश्चिम प्रदेश कार्यालयको आज धनगढीमा शुभारम्भ गर्दै उनले यहाँको बिमाका दाबी, भुक्तानीका कुरामा धेरै गुनासा तथा असन्तुष्टि रहेको बताए । उनले भने, ‘अहिले नेपालभर समग्रमा बिमाको पहुँच ४१।२ प्रतिशत छ । सुदूरपश्चिम प्रदेशमा १९।१७ प्रतिशत मात्रै छ । यसलाई वृद्धि गरिनुपर्छ ।’ उनका अनुसार देशभरि विभिन्न बिमा कम्पनीका तीन हजार तीन सय ६६ शाखा सञ्चालन छन् भने सुदूरपश्चिममा तीन सय २७ मात्रै छन् । ‘अहिले बिमा संस्थानले दिएको प्रत्यक्ष बिमा सन्दर्भका रोजगारी १२ हजार ३१ को सङ्ख्यामा रहेको तर सुदूरपश्चिम प्रदेशमा छ सय ८७ मात्रै रहेको छ’, मन्त्री शर्माले भने, ‘यसबाट के देखाउँछ भने सुदूरपश्चिम प्रदेश बिमाको पहुँचबाट अलि टाढाजस्तो छ ।’ अर्थमन्त्री शर्माले लगानीको जोखिम न्यूनीकरण गर्ने मुख्य काम बिमाका रहेको स्पष्ट पार्दै बिमाद्वारा ठूला विपत्तिको जोखिम पनि न्यूनीकरण गर्न सकिने छ भने । लगानीकर्तालाई, प्रयोगकर्तालाई र उत्पादनकर्तालाई ढुक्क भएर आफ्नो क्षेत्रमा काम गर्ने वातावरण बनाउने बिमाको मुख्य उद्देश्य रहेको उनले बताए । कार्यक्रममा प्रदेश सरकार आर्थिक मामिलामन्त्री प्रकाशबहादुर रावलले विभिन्न जोखिमको व्यवस्थापनमा बिमाले ठूलो सहयोग गरेको बताए । उनले भने, ‘सबै क्षेत्रमा यो बिमा जानु पनि जरुरी छ ।’ भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले जोखिम अन्त्य गर्नको लागि बिमालाई व्यापकरुपमा लग्न प्रदेश सरकार तयार रहेको बताए । बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जोखिम न्यूनीकरण गर्ने संयन्त्रको रुपमा बिमालाई लिनुपर्ने धारणा व्यक्त गरे । उनले भने, ‘यो काम प्रदेश सरकारबाट सुरु गर्नुपर्दछ ।’ रासस
शिखर इन्स्योरेन्सले धादिङमा सम्पन्न गर्यो बीमा सचेतना कार्यक्रम
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड धादिङले धादिङबेशीमा बीमा सचेतना कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीको धादिङ शाखाले बालि तथा पशुपन्छी बिमा, निर्जिवन बीमा एवं व्यवसायीक बीमा सम्बन्धी जानकारी दिने उद्धेश्यले आईतबार बीमा सचेतना कार्यक्रम सञ्चालन गरेको हो । भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र धादिङका प्रमुख संदिप सिलवालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीको प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल, शिखर इन्स्योरेन्सका उद्धित प्रसाद काफ्ले, राष्ट्रिय वाणिज्य बैंक धादिङका प्रबन्धक दिपक न्यौपाउनेको विशेष आतिथ्य रहेको कार्यक्रममा सिद्धलेक र ज्वालामुखीका बिभिन्न वडाका वडाअध्क्ष्यहरु, समाजसेवी, बुद्धिजिवी, कृषकहरु लगाएतको सहभागिता रहेको थियो । कर्यक्रममा शिखर इन्स्योरेन्सका उद्धित प्रसाद काफ्लेले बाली तथा पशुपन्छी बीमाको इतिहास, बीमालेख, दावी प्रक्रिया, बीमाका प्रकार, बीमाले रक्षावरण गर्ने क्षेत्रहरुका बारेमा जानकारी दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले कृषहहरुलाई बीमाका बारेमा जानकारी गराउन आवश्यक रहेको बताए । उनले वडावडामा गएर यस्ता बीमा सचेतना कार्यक्रम सञ्चलन गर्न इन्स्योरेन्स कम्पनीलाई आग्रह गरे । पछिल्लो समय बिमा कम्पनी पशु बिमाका योजना लिएर गाउँगाउँमा पुग्न थालेका छन् । पशुको बिी गर्दा बीमा कम्पनीलाई त्यसवापत लाग्ने शुल्कको ८० प्रतिशत रकम सरकारले दिन थालेपछि कम्पनीको सक्रियता बढ्न थालेको छ । किसान पनि पशु बीमाप्रति आकर्षित हुन थालेका छन् । यस्तै बाली बीमाप्रति पनि कृषकको चासो बढेको छ । सचेतना कार्यक्रममा सहभागि कृषकहरूले बाली बीमालाई प्रभावकारी र व्यवस्थित बनाउन आग्रह गरेका छन् ।