प्रिमियर इन्स्योरेन्सको मर्जर प्रस्तावसँगै १५ प्रतिशत लाभांश पनि पारित
काठमाडौं । प्रिमियर इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको शुक्रबार सम्पन्न २९ औं वार्षिक साधारण सभाले संचालक समितिद्वारा प्रस्तावित १५ प्रतिशत लाभांश पारित गरेको हो । संचालक समितिले गत वर्षको नाफाबाट सेयरधनीलाई हाल काय चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । कम्पनीले २०७८/७९ मा कुल बीमा शुल्क दुई अर्ब ११ करोड ७२ लाख २९ हजर आर्जन गरी खुद मुनाफा ३६ करोड ४८ लाख ९६ हजार आर्जन गरेको छ । यस्तै, सभाले सिद्धार्थ इन्स्योरेन्ससँग १:१ अनुपातमा मर्ज भई नयाँ कम्पनी सिद्धार्थ प्रिमियर इन्सर्योरेन्स बन्ने प्रस्ताव पनि पारित गरेको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सका लाभांश घोषणा
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट २.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २.७५ प्रतिशत बोनस सेयर र ०.१४ प्रतिशत नगद कूल २.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको चुक्ता पूँजी २ अर्ब २३ करोड ९९ लाख रुपैयाँ रहेको छ । कम्पनीले घोषणा गरेको लाभांश साविक हिमालयन जनरल इन्स्योरेन्सको नाफाबाट मात्रै हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइ आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीहरुलाई वितरण गरिने छ ।
युनाइटेड इन्स्योरेन्सको लाभांश पारित
काठमाडौं । युनाइटेड इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित भएको छ । बैंकको २९ औं वार्षिक साधारण सभाले कम्पनीको प्रस्तावित ५.२६३२ प्रतिशत लाभांश पारित गरेको हो । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतले हनु आउने बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । सभाले संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७९ साल असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ । यस्तै, सभाले आर्थिक वर्ष २०७९/८० का लागी बाह्य लेखापरीक्षक एम. जि. एस एण्ड एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरेकाे छ । कम्पनीेको गत आ.व. २०७७/७८ को तुलनामा यस आ.व. २०७८÷७९ मा बीमाशुल्क आर्जन ४२ प्रतिशतले वृद्धि भई १ अर्ब ५६ करोड ४५ लाख ८६ हजार गर्न सफल भएको छ । त्यसैगरी गत आ.व. २०७७/७८ को तुलनामा आ.व. २०७८/७९ मा कम्पनीको नाफामा ६८ प्रतिशतले वृद्धि भई १५ करोड ८३ लाख ६८ हजार भएको छ । साथै चालु आ.व.२०७९/८० को आश्विन मसान्त सम्ममा कम्पनीको खुद नाफा गत आ.व.२०७८/७९ को सोही अवधिको तुलनामा ९० प्रतिशतले वृद्धि भई २ करोड २६ लाख ९२ हजार भएकोे छ भने चालु आ.व.२०७९/८० को पुस ४ गते सम्ममा कम्पनीले ५१ करोड ५९ लाख २९ हजार बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।