एलआईसीले १३ सय प्रतिशत नाफा बढायो, जीवन बीमा कोष १ खर्बमाथि
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (नेपाल)को चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १ हजार २९४ प्रतिशत बढेर ८ करोड ३७ लाख रुपैयाँ आर्जन रेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६० लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चैत मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क १२ अर्ब ८७ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ अर्ब ६२ करोड २७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । ९ महिनाको अवधिमा कम्पनीको खुद दाबी १.२६ प्रतिशत घटेर ६ अर्ब ५३ करोड ३२ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ अर्ब ६१ करोड ६९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी २ अर्ब ६५ करोड रुपैयाँ, जगेडा कोष २.५४ प्रतिशत घटेर ६९ करोड ९ लाख रुपैयाँ, जीवन बीमा कोष १५.७६ प्रतिशत बढेर १ खर्ब ४ अर्ब ५३ करोड ८८ लाख रुपैयाँ र महाविपत्ति कोष ३६ करोड ८९ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ १६ पैसा, प्रतिसेयर नेट्वर्थ १३९ रुपैयाँ ९५ पैसा र मूल्य आम्दानप् अनुपात ४२२.७९ गुणा रहेको छ । कम्पनीका अनुसार ३४ करोड ८९ लाख ५८ हजार रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ ।
हिमालयन एभरेष्टको खुद बीमा शुल्क २६ प्रतिशत बढ्यो, २३ करोड नाफा
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ६.६० प्रतिशत बढेर २३ करोड ७ लाख ४८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ६४ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चैत मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क २६ प्रतिशत बढेर ८९ करोड ५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७० करोड ६६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । ९ महिनाको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ६.५४ प्रतिशत घटेर ३६ करोड ८१ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३९ करोड ३९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी २ अर्ब २३ करोड रुपैयाँ, जगेडा कोष ८७ करोड ५१ लाख रुपैयाँ, बीमा कोष १ अर्ब २० करोड ९८ लाख रुपैयाँ र महाविपत्ति कोष ५ करोड ११ लाख रुपैयाँ रहेको छ । तथ्याङ्क अनुसार कम्पनीको १० हजार ४२५ (कोरोना बीमा ५ हजार ८३२) दाबी वापत १ अर्ब ७० करोड ९६ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ । यस अवधिमा कम्पनीको प्रतिेयर आम्दानी १३ रुपैयाँ ७४ पैसा, प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ३६ पैसा र मूल्य आम्दानी अनुपात ४१.९६ गुणा रहेको छ ।
आइजीआई प्रुडेन्सियलको एकिकृत कारोबार सुरु
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स एकिकृत कारोबार सुरु भएको छ । दुवै कम्पनी गाभिएर आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु भएको हो । तीन अरब २ करोडको चुक्ता पूँजी सहित आफु निर्जीवन बीमा क्षेत्रको सबैभन्दा ठूलो बीमा कम्पनीको भएको दावी गरेको छ । नयाँ कम्पनीको अध्यक्ष हेमराज ढकाल, प्रमुख कार्यकारी अधिकृ (सीईओ) युगेश भक्त बादे श्रेष्ठ र वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) श्रवण रावल बनेका छन् । अध्यक्ष ढकालले दिउँसै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवालसमक्ष पद तथा गोपनियताको सपथ लिइसकेका छन् ।