कुमारी बैंकले गर्यो १० लाख रुपैयाँको बीमा रकम भुक्तानी

<p>काठमाडौं । कुमारी बैंकले १० लाख रुपैयाँको बीमा रकम भुक्तानी गरेको छ । बैंकले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाता धारकको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । बैंकले उक्त खाता धारकको परिवारको तर्फबाट हेमु खत्री भण्डारीलाई रकम हस्तान्तरण गरेको थियो । उक्त रकम  बैंकको नेपालगञ्ज शाखाबाट हस्तान्तरण गरिएको थियो [&hellip;]</p>

काठमाडौं । कुमारी बैंकले १० लाख रुपैयाँको बीमा रकम भुक्तानी गरेको छ ।

बैंकले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाता धारकको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ ।

बैंकले उक्त खाता धारकको परिवारको तर्फबाट हेमु खत्री भण्डारीलाई रकम हस्तान्तरण गरेको थियो । उक्त रकम  बैंकको नेपालगञ्ज शाखाबाट हस्तान्तरण गरिएको थियो ।

बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस खातामा खातावाला सहित परिवारका चार जाना सदश्यले २६ लाख रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्न सकिन्छ । सो खातामा दुर्घटना मृत्यु, चिकित्सा उपचार र गम्भीर रोगहरुका लागि बीमा सुविधा प्रदान गरिन्छ ।

बैंकले विगत ४ वर्ष देखि ग्राहकहरुको सुविधाका लागि परिवार सुरक्षा बचत खाता योजना मार्फत बिमा लगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारीले आफ्ना देशभर रहेका ३०२ शाखा, ४८ एक्सटेन्सन काउन्टर, २९६ ए.टि.एम. तथा ६२ शाखा रहित बैंकिङ्ग ईकाई सहितका सञ्जालहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

Share News