रिलायबल नेपाल लाइफद्वारा १४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सुर्खेत शाखाले १४ लाख रुपैयाँ बराबरको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले सल्यान जिल्ला कालिमाटी गाउँपालिका वड नंं ५ निवासी स्वर्गीय रामबहादुर घर्तीको परिवारलाई सो बराबरको दाबी रकम हस्तान्तरण गरेको हो । बीमा रकम रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सुर्खेत शाखाका प्रमुख र कर्णाली प्रदेश प्रमुख रामचन्द्र भण्डारी, जनप्रतिनिधि निमबहादुर बुढामगरको रोवरमा निज बीमित स्वर्गीय ब. घर्तीको श्रीमती काशीमाया घर्तिलाई हस्तान्तरण गरिएको हो । स्वर्गीय रामबहादुर घर्तीको मलेसियामा मंसिर २२ गते कालगतीले मृत्यु भएको थियो । उनको श्रीमती काशीमाया घर्तीलाई बीमा वापत १४ लाख रुपैयाँ माघ १५ गते उनको घरमा नै गई दिएको कम्पनीले जनाएको छ ।
सानिमा रिलायन्स लाइफको सञ्चालकमा ६ जना निर्वाचित
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालकमा ६ जना निर्वाचित भएका छन् । माघ ११ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले संस्थापक सेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना गरी ६ जना निर्विरोध निर्वाचित भएका हुन् । संस्थापक समूहबाट प्रतिनिधित्व गर्नेमा रतनलाल केडिया, कुमारप्रसाद कोइराला, भरतकुमार तोली र डा. सुवर्णदास श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै, सर्वसाधारण समूहतर्फबाट केशवराज के.सी. र परिक्षित खेम्का निर्वाचित भएका छन् । यससँगै माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले नवनिर्वाचित सञ्चालकहरुबाट रतन लाल केडियालाई अध्यक्ष पदमा नियुक्त गरेको छ । उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसँग समक्ष शपथ ग्रहण समेत गरेका छन् ।
सानिमा रिलायन्स लाईफको अध्यक्षमा रतन लाल केडिया नियुक्त
काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा रतन लाल केडिया नियुक्त भएका छन् । माघ ११ गते बसेको इन्स्योरेन्सको छैटौँ वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका सञ्चालकहरु रतनलाल केडिया, कुमार प्रसाद कोइराला, भरत कुमार तोदी, डा. सुवर्ण दास श्रेष्ठ, केशव राज के.सी. र परिक्षीत खेम्का मध्येबाट माघ १२ को सञ्चालक समिति बैठकले रतन लाल केडियालाई सञ्चालक समितिको अध्यक्षको रुपमा नियुक्त गरेको हो । आईतबार अध्यक्ष केडियाले नियामक निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी अध्यक्षको पदभार ग्रहण गरेका छन् । साथै अन्य सञ्चालकहरुले सञ्चालक समितिका अध्यक्ष समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी सञ्चालकको पदभार ग्रहण गरे ।