इन्स्योरेन्स ईस्टिच्युट अफ नेपाल र फेडेरल रिइन्स्योरेन्स ब्रोकर्सको संयुक्त आयोजनामा वेबिनार सम्पन्न
काठमाडौं । इन्स्योरेन्स ईस्टिच्युट अफ नेपाल र फेडेरल रिइन्स्योरेन्स ब्रोकर्सको संयुक्त संयोजनमा Transformative Resilience in Evolving Risk Landscapes बिषयमा भर्चुअल माध्यम मार्फत २०८० साल माघ १० गते वेबिनार सम्पन्न भएको छ । उक्त वेबिनार Cyber Insurance , Parametric Modelling / Catastrophe Modelling मा आधारित रहेको थियो र वल्र्ड बैंक , र्टटलमिन्ट ईन्स्योरेन्स ब्रोकिङ्ग सर्भिसेस तथा वेदर रिस्क म्यानेजमेन्ट सर्भिसेस का उच्च पदाधिकारीहरु प्यानलिस्ट मा रहेका थिए भने फेडेरलका निमित्त प्रमुख कार्यकारी अधिकृत विशालदीप अधिकारीले कार्यक्रम संचालन गरेका हुन् । कार्यक्रम समापन नेपाल बीमा प्राधिकरणका निर्देशक तथा इन्स्योरेन्स ईस्टिच्युट नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील देव सुवेदीले गरेका थिए । उक्त वेबिनारमा नेपालका पुनर्बीमा तथा र्निजिवन बीमा कम्पनीका पदाधिकारीहरु सहभागी भएका थिए । इन्स्योरेन्स इन्स्टिच्युट नेपाल नेपालको कम्पनी ऐन २०६३ अन्तर्गत बीमा प्राधिकरण र नेपालका बीमाकर्ताहरूको संयुक्त लगानीमा २०६३ जनवरी २४ मा कम्पनी रजिस्ट्रारको कार्यालयसँग गाभिएको पब्लिक लिमिटेड कम्पनी हो।
फागुनदेखि अवकाश पाउँदै प्रभु महालक्ष्मी लाइफका सीईओ भट्टराई
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश कुमार भट्टराईले आगामी फागुनदेखि अवकाश पाउने भएका छन् । माघ १० गते बसेको सञ्चालक समितिको बैठकले सीईओ भट्टराईलाई फागुन १ गतेदेखि नै लागू हुने गरी अवकाश प्रदान गर्ने निर्णय गरेको हो । कम्पनीले बिहीबार एक सूचनामार्फत सो जानकारी गराएको हो ।
सानिमा जिआईसी इन्स्योरेन्सले लाभांश नदिने
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ । माघ १० गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० को नाफाबाट लाभांश नदिने घोषणा गरेको हो । कम्पनीले वित्तीय विवरण स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पठाउने जनाएको छ । बैठकले २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि बीमा प्राधिकरणमा पेस गर्ने निर्णय गरेको हो ।