अन्नपूर्ण न्यूरो हस्पीटल र प्रभु बैंकबीच ग्राहक तथा कर्मचारीका लागि छुट सम्झौता

काठमाडौं । काठमाडौं महानगरपालिका, वाड नं ११, बबरमहलस्थित अन्नपूर्ण न्यूरो हस्पीटल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरूका लागि छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार, प्रभु बैंकका कर्मचारी, कर्मचारीका परिवारजन र ग्राहकहरूले अन्नपूर्ण न्यूरो हस्पीटलमा १०–१५ प्रतिशत छुट पाउने भएका छन् । यो छुट हस्पीटलमा उपलब्ध सबै सेवासुविधामा लागू हुनेछ । उक्त सम्झौतापत्रमा अन्नपूर्ण न्यूरो हस्पीटलको तर्फबाट मेडिकल प्रशासक डाक्टर शरद गजुरेल र मार्केटिङ म्यानेजर प्रेम कुमार दाहाल तथा प्रभु बैंकको तर्फबाट चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दीन चित्कारले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।

काठमाडौं प्रहरीमा बैंकिङ कसुरका मुद्दाका चाङ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंमा बैंकिङ कसुरका मुद्दाको चाङ लागेको छ । परिसर  प्रमुख विश्व अधिकारीका अनुसार बितेको एक वर्षमा दर्ता भएका १२ हजार ९१५ मुद्दामा छ हजार ५५३ मुद्दा बैंकिङ कसुरका छन् ।  सहकारी ठगी, अनुचित लेनदेन, विद्युतीय कसुर, साइबर अपराध र अभौतिक मुद्रासम्बन्धी अपराधका घटना बढेका छन् ।  परिसरमा दैनिक ३५ मुद्दा दर्ता हुने गरेका छन् ।  आव २०८०/८१ मा सहकारी ठगीका २६ मुद्दा दर्ता भएकामा आव २०८१/८२ मा ३२ मुद्दा परेका छन् । परिसरमा ज्यानमार्ने उद्योगका १४० मुद्दा दर्ता भएका प्रमुख अधिकारीले जानकारी दिए। 

२३.७२ प्रतिशत बढ्यो नेपाल एसबिआई बैंकको निक्षेप, नाफा १.८० अर्ब रुपैयाँ

काठमाडौं । नेपाल एसबिआई बैंकको गत आर्थिक वर्ष २०८१/८२ खुद नाफा ९.८६ प्रतिशत घटेर १ अर्ब ८० करोड २५ लाख ८० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले १ अर्ब ९९ करोड ९७ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  अघिल्लो वर्ष १.९६ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ३.३५ प्रतिशत पुगेको छ । जसकारण बैंकको नाफा घट्न पुगेको देखिन्छ ।  गत वर्ष बैंकको खुद ब्याज आम्दानी ३.७२ प्रतिशत बढेर ५ अर्ब २६ करोड २३ लाख ११ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ५ अर्ब ७ करोड ३५ लाख ४५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  समीक्षा वर्षमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ७.५४ प्रतिशत बढेर १ अर्ब २१ करोड ६१ लाख ७९ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ५.९० प्रतिशत बढेर ६ अर्ब ७८ करोड ८३ लाख ४१ हजार रुपैयाँ र सञ्चालन नाफा ३.६१ प्रतिशत घटेर २ अर्ब ७३ करोड ३७ लाख ९२ हजार रुपैयाँ रहेको छ ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब २३ करोड ३ लाख ५७ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता ११.२९ प्रतिशत छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब १० करोड १६ लाख ४१ हजार रुपैयाँ थियो । १० अर्ब ८९ करोड ९१ लाख ५८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडामा ८ अर्ब ४२ करोड ५६ लाख ६१ हजार रुपैयाँ रहेको छ ।  गत असारसम्ममा बैंकको निक्षेप २३.७२ प्रतिशत बढेर १ खर्ब ९९ अर्ब ६० करोड ३४ लाख ४३ हजार रुपैयाँ र कर्जा लगानी ७.१३ प्रतिशत बढेर १ खर्ब ३४ अर्ब ९६ करोड ५७ लाख ३३ हजार रुपैयाँ पुगेको छ ।  अघिल्लो वर्ष बैंकले १ खर्ब ७५ अर्ब ५१ करोड ४८ लाख ५५ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २५ अर्ब ९७ करोड ९१ लाख १५ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।  बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ७०.७५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ७४.३५ प्रतिशत थियो ।  बैंकको प्रतिसेयर आम्दानी १६.५४ रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष १८.३५ रुपैयाँ प्रतिसेयर आम्दानी थियो । बैंकको प्रतिसेयर नेटवर्थ १८८.५९ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २६.६० गुणा छ ।