प्रभु बैंकको नाफा ९६५.४० प्रतिशत बढ्यो, वितरणयोग्य नाफा १ अर्ब भन्दा बढी

काठमाडौं । प्रभु बैंकको गत आर्थिक वर्ष २०८१/८२ खुद नाफा ९६५.४० प्रतिशत बढेर ५ अर्ब ४४ करोड २६ लाख ९३ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकले अघिल्लो वर्ष ५१ करोड ८ लाख ५६ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।  गत वर्ष बैंकको खुद ब्याज आम्दानी ३९.४६ प्रतिशत घटेर ७ अर्ब १९ करोड ७८ लाख ६४ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ११ अर्ब ८९ करोड ८ लाख ९४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  समीक्षा वर्षमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १५.८१ प्रतिशत बढेर २ अर्ब २१ करोड २६ लाख ३३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २७.२७ प्रतिशत घटेर १० अर्ब ५७ करोड २६ लाख ३२ हजार रुपैयाँ, सञ्चालन आम्दानी ६०.८२ प्रतिशत बढेर ६ अर्ब २८ करोड २७ लाख ६१ हजार रुपैयाँ छ ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ४ करोड ५१ लाख ८ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता ४.४४ प्रतिशत रहेको देखिन्छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ३ अर्ब २ करोड ५२ लाख २६ हजार रुपैयाँ ऋणात्मक थियो ।  २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडामा १३ अर्ब ५५ करोड १२ लाख ३६ हजार रुपैयाँ रहेको छ ।  गत वर्ष बैंकको निक्षेप संकलन १२.१८ प्रतिशत बढेर ३ खर्ब ४२ अर्ब १८ करोड ८५ लाख ४० हजार रुपैयाँ र कर्जा लगानी ४.२१ प्रतिशत बढेर २ खर्ब ३० अर्ब ३७ करोड २ लाख ९५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले ३ खर्ब ५ अर्ब १ करोड २८ लाख ५२ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २१ अर्ब ४ करोड ५५ लाख ९९ हजार रुपैयाँ लगानी गरेको थियो ।  नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी २०.९५ रुपैयाँ बढेर २३.१२ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी २.१७ रुपैयाँ थियो । बैंकको प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ९.६० गुणा छ ।  अघिल्लो वर्ष ४.९४ प्रतिशत रहेको खराब कर्जा बढेर ४.९६ प्रतिशतमा पुगेको छ । बैंकको रिटर्न अन इक्विटी १४.९५ प्रतिशत रहेको छ । 

सिटिजन्स बैंकद्वारा मधेश लिडरसिप सेमिनार सम्पन्न, कर्जा-निक्षेपमा दोहोरो अंकको वृद्धि

काठमाडौं । सिटिजन्स बैंकले मधेश प्रदेशमा शाखा–प्रबन्धक र अन्य सहकर्मीहरूका लागि 'मधेश लिडरसिपः ड्राइभिङ पर्फरमेन्स एण्ड अचिभिङ गोल्स' शीर्षकमा सेमिनार सम्पन्न गरेको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, उप–प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ कार्यकारीहरूको उपस्थिति थियो । सेमिनारमा चालु आर्थिक वर्षका स्थानीय प्राथमिकताहरूमा सहमति जुटाउँदै केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो छलफल भयो । बैंकले यस्तै कार्यक्रम अन्य प्रदेशमा पनि सञ्चालन गर्ने योजना रहेको जनाएको छ । आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म सिटिजन्स बैंकले कर्जा, निक्षेप र खुद ब्याज आम्दानीका सूचकमा दोहोरो अंकको वृद्धि हासिल गरेको छ । यस अवधिमा बैंकको कर्जा प्रवाह ११.१५ प्रतिशतले बढ्दै १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा यो रकम १ खर्ब ५७ अर्ब ५८ करोड थियो। निक्षेप संकलनमा पनि ११.६९ प्रतिशतको वृद्धि भई कुल २ खर्ब १४ अर्ब ८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब बढी हो । खुद ब्याज आम्दानी ११.२० प्रतिशतले बढेर ६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । कर्जा–निक्षेप अनुपात ८१.९१ प्रतिशत कायम रहँदा सम्पत्ति प्रतिफल दर ०.५५ प्रतिशत र पुँजी प्रतिफल दर ५.८१ प्रतिशत रहेको बैंकले जनाएको छ।

बैंकहरूको नाफा ३४.२० प्रतिशत बढ्यो, साढे ३२ अर्ब रुपैयाँ आर्जन गर्दा कसको कति ?

काठमाडौं । १० वटा वाणिज्य बैंकले गत वर्ष साढे ३२ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । हालसम्म एभरेष्ट बैंक, सानिमा बैंक, कृषि विकास बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, नबिल बैंक र हिमालयन बैंक गत वर्ष आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेका छन् ।  सार्वजनिक तथ्याङ्कअनुसार गत आवमा १० बैंकले ३२ अर्ब ३८ करोड २० लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । अघिल्लो वर्षको तुलनामा गत वर्ष ३४.२० प्रतिशत अर्थात् ८ अर्ब २५ करोड ३५ लाख ३२ हजार रुपैयाँ बढी नाफा गरेका हुन् । अघिल्लो आव २०८०/८१ मा २४ अर्ब १२ करोड ८५ लाख २८ हजार रुपैयाँ नाफा गरेका थिए ।  वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरूमा गत वर्ष सबैभन्दा धेरै नाफा नबिल बैंकले गरेको छ । बैंकले ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । जुन अघिल्लो वर्षको तुलनामा १५.०१ प्रतिशत अर्थात् ९३ करोड ४ लाख ५७ हजार रुपैयाँ बढी हो । अघिल्लो वर्ष बैंकले ६ अर्ब १९ करोड ७१ लाख ९ हजार रुपैयाँ खुद नाफा गरेको थियो । एभरेष्ट बैंकले गत वर्ष ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ७० करोड ३२ लाख २५ हजार रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकले ३२.८० प्रतिशत अर्थात् १ अर्ब २१ करोड ४९ लाख ४० हजार रुपैयाँ बढी नाफा गरेको हो ।  कृषि विकास बैंकले गत वर्ष ४ अर्ब १५ करोड ४४ लाख ७५ हजार रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ८९ करोड ७४ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष यस बैंकले ४३.३८ प्रतिशत अर्थात् १ अर्ब २५ करोड ६९ लाख ८८ हजार रुपैयाँ बढी नाफा गरेको हो ।  सिद्धार्थ  बैंकको गत वर्षमा खुद नाफा १०.२३ प्रतिशत बढेर ३ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।   एनएमबि बैंकको गत वर्ष नाफा ४६.२२ प्रतिशत अर्थात् १ अर्ब ३ करोड ७३ लाख ९६ हजार रुपैयाँ बढेर ३ अर्ब २८ करोड १७ लाख ९१ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब २४ करोड ४३ लाख ९५ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।   कुमारी बैंकको खुद नाफा ४५ हजार ८२९ प्रतिशत बढेको छ । बैंकको नाफा वृद्धिदर समग्र बैंकिङ क्षेत्रमै उच्च हो । बैंकले गत वर्ष २ अर्ब ११ करोड ६४ लाख ९ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ४६ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । माछापुच्छ्रे  बैंकको खुद नाफा ९२.४४ प्रतिशत अर्थात् ९६ करोड ६२ लाख ६२ हजार रुपैयाँ बढेर २ अर्ब १ करोड १४ लाख ६१ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ४ करोड ५१ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । सानिमा बैंकको गतमा खुद नाफा ७.२४ प्रतिशत बढेर २ अर्ब ५७ करोड ११ लाख ५५ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ३९ करोड ७४ लाख ४३ हजार रुपैयाँ खुद नाफा गरेको थियो । सिटिजन्स बैंकको गत वर्ष बैंकको खुद नाफा भने २ प्रतिशत घटेर १ अर्ब २९ करोड ३२ लाख २१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ३२ करोड ७ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । हिमालयन बैंकको नाफा २२.१४ प्रतिशत बढेर १ अर्ब ५१ करोड २५ लाख ३२ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब २३ करोड ८३ लाख ३ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।