​​​​​​​एनएमबि बैंकको नाफा ३.२८ अर्ब रुपैयाँ, लाभांश क्षमता १०.४० प्रतिशत

काठमाडौं । एनएमबि बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ४६.२२ प्रतिशत बढेर ३ अर्ब २८ करोड १७ लाख ९१ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब २४ करोड ४३ लाख ९५ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।  गत वर्ष बैंकको खुद ब्याज आम्दानी ११.१४ प्रतिशत बढेर ८ अर्ब २ करोड ८ लाख ९४ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ७ अर्ब २१ करोड ६७ लाख ४३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  गत वर्ष बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २१.३० प्रतिशत बढेर २ अर्ब १८ करोड १७ लाख ५१ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १४ प्रतिशत बढेर १८ अर्ब ८८ करोड १६ लाख ६२ हजार रुपैयाँ, सञ्चालन नाफा ६४.४६ प्रतिशत बढेर ५ अर्ब ३५ करोड २ लाख ७ हजार रुपैयाँ गरेको छ ।   गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ९० करोड ९४ लाख ४७ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकले १०.४० प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ९ करोड २८ लाख ४१ हजार रुपैयाँ ऋणात्मक थियो ।  समीक्षा वर्षमा बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँ र जगेडा कोष १५.२० प्रतिशत बढेर १२ अर्ब ३२ करोड ५५ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।  बैंकको निक्षेप संकलन २५.४४ प्रतिशत बढेर २ खर्ब ८० अर्ब ९२ करोड ६६ लाख ६८ हजार रुपैयाँ र कर्जा लगानी २७.९१ प्रतिशत बढेर २ खर्ब २९ अर्ब ११ करोड ९३ लाख ४२ हजार रुपैयाँ गरेको छ ।  अघिल्लो वर्ष बैंकले २ खर्ब २३ अर्ब ९४ करोड २५ लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९४ अर्ब ३० करोड ४१ लाख ८६ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।  बैंकको नाफासँगै प्रतिसेयर आम्दानी ५.६५ रुपैयाँ बढेर १७.८७ रुपैयाँ पुगेको छ । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १७६.८१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १५.१० गुणा रहेको छ । गत वर्ष बैंकको खराब कर्जा बढेको छ । अघिल्लो वर्ष ३.४० प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ३.७२ प्रतिशत पुगेको छ । बैंकको रिटर्न अन इक्विटी १०.६६ प्रतिशत छ ।

एनआईसी एशिया बैंकका ग्राहकलाई सिजी नेट र आइपीटीभी सेवामा छुट

काठमाडौं । एनआईसी एशिया बैंक र सिजी कम्युनिकेसन्स लिमिटेडबीच सम्झौता भएको छ ।  सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र सिजी कम्युनिकेसन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजन थापाले हस्ताक्षर गरे । यस सम्झौतासँगै बैंकका ग्राहकहरूले पहिलो पटक सिजी इन्टरनेट र आइपीटीभीको सेवा लिँदा व्यक्तिगत सेवामा २ हजार ५०० र संस्थागतरूपमा प्रयोग गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। ग्राहकले सिजी नेटको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेट सेवा उपभोग गर्दा वार्षिक शुल्कमा २ हजार ५०० रुपैयाँ छुट प्राप्त गर्न सक्नेछन् ।  त्यस्तै, इन्टरनेटसँगै आईपीटीभीको सेवा लिने नयाँ ग्राहकले पनि उक्त रकमको छुट प्राप्त गर्न सक्नेछन् । साथै हाल सेवा लिइरहेका ग्राउक्त सेवा नवीकरण गर्दा वार्षिक सेवामा थप एक महिनाको अतिरिक्त सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।  

मितेरी डेभलपमेन्ट बैंकको लाभांश क्षमता १२.८३ प्रतिशत, यस्ता छन् अन्य सूचक

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा १०.०३ प्रतिशत घटेर १३ करोड ४ लाख २ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १४ करोड ४९ लाख ५० हजार रुपैयाँ खुद नाफा गरेको थियो ।  गत वर्ष बैंकको खुद ब्याज आम्दानी २१.३२ प्रतिशत घटेर २० करोड ४३ लाख २४ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले २५ करोड ९७ लाख ७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  गत असारसम्ममा बैंकले ३ करोड २६ लाख ६४ हजार रुपैयाँ खुद शुल्क तथा कमिशन आम्दानी, ३० करोड ९५ लाख ४१ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र १८ करोड ६२ लाख ८८ हजार रुपैयाा सञ्चालन नाफा गरेको छ ।  बैंकको वितरणयोग्य नाफा १५ करोड ६१ लाख रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता १२.८३ प्रतिशत छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा १५ करोड ५७ लाख ३९ हजार रुपैयाँ थियो । १ अर्ब २१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडामा ३४ करोड ४२ लाख २३ हजार रुपैयाँ रहेको छ । गत असारसम्ममा बैंकले ६ अर्ब ५० करोड ६७ लाख ७९ हजार रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब १७ करोड ८६ लाख २५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको प्रतिसेयर आम्दानी १०.७१ प्रतिशत छ । बैंकको प्रतिसेयर नेटवर्थ १४१.११ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६४.२३ गुणा छ । समीक्षा वर्षमा बैंकको खराब कर्जा घटेको छ । अघिल्लो वर्ष ०.८१ प्रतिशत रहेको खराब कर्जा गत वर्ष घटेर ०.२८ प्रतिशतमा झारेको छ । यस्तै, बैंकको रिटर्न अन इक्विटी ७.८८ प्रतिशत रहेको छ ।