नबिल बैंकको शाखा सिनामगंलमा स्थानान्तरण

काठमाडौं, ३२ जेठ । नबिल बैंकले सिनामगंल शाखामा स्थानान्तरण गरेको छ । बैंकको सो शाखा भिमसेन गोला चोक तर्फ वडा नं. ९मा स्थानान्तरण भएको छ । बैंकले ग्राहकहरुलाई बैंकिङ् सेवा तथा सुविधाहरु सहज र सरल रुपमा उपलब्ध गराउने उद्देश्यले उक्त स्थानमा शाखा स्थानान्तरण गरेको हो । बैंकले ग्राहकका आवश्यकताहरुमा आधारित विविधतायुक्त सेवा/सुबिधा प्रदान गर्ने कार्यमा सदैव अग्रणी भूमिका खेल्दै आएको छ । नवीनतम प्रविधिहरुको प्रयोग, वासलातको आकार र गुणस्तर, शाखाहरु र एटिमहरुको व्यापक सञ्जाल तथा ग्राहकहरुकोे सन्तुष्टि प्रति समर्पित पारङ्गत दक्ष पेशाकर्मीहरु नै नबिल बैंक सधैं अग्रणी बैंक बन्नुको आधार भएको बैंकले जनाएको छ । हालसम्म बैंकले ५२ वटा शाखाहरु, ९० वटा एटिएमहरुका साथै, १४ सय भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा सेवा प्रदान गर्दै आएको जनाइएको छ ।

महालक्ष्मी फाइनान्सद्धारा चितवनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं, ३१ जेठ । महालक्ष्मी फाइनान्सद्धारा वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत चितवनको वसन्तपुरमा शनिबार अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा महालक्ष्मी फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले “समृद्ध माडीको निर्माणमा वित्तीय सँस्थाको भूमिका” विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।   कार्यपत्रमा माडीको आर्थिक गतिविधी वृद्धिमा वित्तीय सँस्थाबाट प्रवाह गर्नु पर्ने कर्जा सुविधा, तिनका प्रक्रिया, उद्यमी छनोट, उद्यमीलाई तालिम, बजारीकरण लगायत विविध विषयमा अन्तरक्रिया गरिएको थियो । कार्यपत्र र बैकिङ्ग गतिविधिमा माडी उद्योग वाणिज्य सँघका अध्यक्ष रेशम आचार्य, माडी भरतपुर सम्पर्क मंचका अध्यक्ष जितेन्द« भण्डारी, एनजिओ फेडेरेशनका प्रसाद दुवाडी, महालक्ष्मी फाइनान्स, नारायणगढका शाखा प्रबन्धक गणेश बजगाई, माडी क्याम्पस प्रमुख कुलानन्द भुषालले टिप्पणी गरेका थिए । अन्तरक्रियाको खुला सत्र अन्तर्गत सहभागिहरुको तर्फबाट गरिएको विविध प्रश्न र जिज्ञासाको प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले जवाफ दिएका थिए । कार्यक्रममा साविक गर्दी, वघौडा, कल्याणपुरी र अयोध्यापुरी क्षेत्रका उद्योगपति व्यापारी तथा वसन्तपुर बजारका स्थानियको सहभागिता रहेको फाइनान्सले जनाएको छ ।

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा डोटी जिल्लामा

काठमाडौं, ३० जेठ । सनराइज बैंक लिमिटेडले शाखारहित बैंकिङ्ग सेवा डोटी जिल्ला जिल्लाको बानडुङग्रीसेन बजारमा शुरू गरेको छ । बैंकले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने रणनीति अनुसार सो स्थानमा पाँचौ शाखारहित बैंकिङ्ग सेवा सञ्चालन गरेको हो । सो शाखारहित बैंकिङ्गको उद्घाटन बनलेक गा.वि.स.का सचिव लक्ष्मी कान्त रोश्याराले शनिबार एक समारोहकाबीच उद्घाटन गरेका हुन् । सो अवसरमा बैंकका बजार व्यवस्थापन प्रमुख रबिना आचार्यले बैंकले शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उद्घेश्य प्रष्ट पार्दै शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि शेर बहादुर बलायरलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे । उक्त मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्र्तगत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । हाल सनराइज बैंकले मुलुकभर आफ्नो ५३ वटा शाखा र ६७ वटा एटिएमद्धारा आधुनिक एवं सर्वसुलभ सेवाहरु प्रदान गर्दै विज्ञप्तिमा आएको छ । यस अघि काभ्रेको मंगलटार, झापाको बाहुनडाँगी, महोत्तरीको कान्तिबजार र मोरङ्गको डाँगीहाटमा बैंकका चारवटा शाखारहित बैंकिङ्ग सेवाहरू सञ्चालनमा रहेको बैंकले जनाएको छ ।