गरिमा विकास बैंकको नाफा ७० प्रतिशतले बढ्यो

काठमाडौं । गरिमा विकास बैंकको नाफा करिब ७० प्रतिशतले बढेको छ । बैंकले चालु आर्थिक बर्षका तेश्रो त्रैमासिक अवधीमा आफ्नो नाफा १० करोेड १९ लाखले बढाएर २४ करोड ८५ लाख पुर्याएको हो । जुन अघिल्लो आवको भन्दा ६९ दशमलब ५० प्रतिशत हुन आउँछ । गत आवको तेश्रो त्रैमासिकमा बैंकले १४ करोड ६६ लाख नाफा कमाएको थियो । एक अर्ब २९ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४६ करोड ८९ लाख रुपैंयाँ रहेको छ । बैंकले सो अवधीमा १३ अर्ब ३९ करोड निक्षेप संकलन गरेर १२ अर्ब ९ करोड कर्जा तथा लगानी प्रवाह गरेको देखिन्छ । बैंकको खराब कर्जा पनि शुन्य दशमलब ७४ प्रतिशत मात्रै रहेको छ । गरिमाको प्रति सेयर आम्दानी २५ रुपैंयाँ ५६ पैसा छ भने प्रति सेयर नेटवर्थ १३६ रुपैंयाँ १७ पैसा रहेको छ । गरिमाले बैशाख १४ गतेदेखि मात्रै १० बराबर ७ कित्ताको अनुपातमा ९० करोडको हकप्रद सेयर निष्काशन गरेको छ ।

राष्ट्र बैंकको भत्किएका दुई भवन ८ करोडमा बिक्री, ६२ वर्षपछि ब्राण्ड भ्यालु बुझ्दै केन्द्रीय बैंक

राष्ट्र बैंकको केन्द्रीय कार्यालय काठमाडौं । २०७२ सालको भूकम्पले भत्काएको नेपाल राष्ट्र बैंकको दुई वटा भवन ८ करोड बिक्री भएको छ । राष्ट्र बैंकको ६२ औं वार्षिक सभालाई सम्बोधन गर्दै डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले उक्त जानकारी दिएका हुन् । भूकम्पले क्षतिग्रस्त भएको बालुवाटारको केन्द्रीय कार्यालय र थापाथलीको बैकिङ कार्यालयको भग्नावशेष हटाउन र भवनको इटा, ढुंगा, काठ लगायतका सामाग्री सबै लैजाने टेण्डर गरिएकोमा सबैभन्दा बढी कबोल गर्नेलाई कम्पनीलाई भग्नाबशेष हटाउने जिम्मे दिएको उनले बताए । राष्ट्र बैंकको थापाथली कार्यालय भूकम्प गएको दुई वर्षसम्म नयाँ भवन बनाउने कार्य अगाडि बढ्न नसकेकोमा उनले दुःख पनि व्यक्त गरे । ‘नयाँ भवन बनाउने प्रयास ढिला भयो, हाम्रा पनि कमजोरी रहे’ उनले भने–‘कार्यालयको अभावमा अहिले हामीले धेरै समस्या भोगिरहेका छौं ।’ बैशाख महिनाको अन्त्यसम्ममा पुरानो भवन भत्काउने कामको जिम्मा लगाई सक्ने उनले जानकारी दिए । ६२ वर्षपछि ब्राण्ड इमेज बनाउँदै राष्ट्र बैंकका नयाँ भवनको कलर यस्तैयस्तै हुनेछ राष्ट्र बैंकले ६२ वर्ष पुरा गरेपछि ब्राण्डको महत्व बुझेको छ । राष्ट्र बैंकले केन्द्रीय कार्यालयदेखि सबै शाखा कार्यलयहरुमा समान कलर प्रयोग गर्ने, राष्ट्र बैंकले प्रयोग गर्ने सबै लेटरप्याट, खाम, भिजिटिङ कार्ड, स्ट्याम्पमा एकरुपता ल्याउने काम शुरु भएको उनले बताए ।

सहयोगी विकास बैंकको ११ लाख कित्ता हकप्रद सेयर जेठ १ गतेदेखि

काठमाडौं । सहयोगी विकास बैंकको हकप्रद सेयर जेठ १ गतेदेखि आउने भएको छ । बैंकल जेठ २ गतेदेखि असार ४ गतेसम्म ११ करोड एक लाख १३ हजार ५ सय रुपैंयाँ बराबरको ११ लाख १ हजार १ सय ३५ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । बैंकले प्रति १० कित्ता बराबर ३.५ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । सहयोगी विकास बैंकले एनसीएम मर्चेण्ट बैंकिङ लिमिटेडलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । आफ्ना सम्पुर्ण शाखा र एनसीएमको कार्यालयबाट हकप्रद सेयरका लागि आवेदन दिन सकिने बताएको छ ।