बैंक अफ काठमाण्डूकाे नाफा ८३ प्रतिशतले वृद्धि, प्रतिसेयर आम्दानी घट्यो
काठमाडौं । बैंक अफ काठमाण्डूको नाफा ८३ प्रतिशतले वृद्धि भएको छ । बैंकले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा ८८ करोड ६७ लाख रुपैयाँ खुद नाफा गरेको छ । यस बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ४८ करोड ३५ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकको खुद नाफा बढेपनि रिटर्न अन इक्वीटी अर्थात प्रतिसेयर आम्दानी घटेको छ । गत वर्ष रिटर्न अन इक्वीटी १५.५९ प्रतिशत रहेकोमा यो वर्ष १४.३१ मा झरेको छ । बैंकको चुक्ता पुँजी ५ अर्ब ६२ करोड रुपैयाँ छ । जगेडा तथा संचित कोषमा ३ अर्ब रुपैयाँ छ । बैंकले चैत मसान्तसम्ममा ७० अर्ब रुपैयाँ निक्षेप परिचालन गरेको छ भने कर्जा सापटी ६२ अर्ब ७४ करोड र लगानी ११ अर्ब ११ करोड गरेको छ । कर्जा निक्षेप अनुपात ७७ प्रतिशत छ । बैंकको खराव कर्जा १.७६ प्रतिशत छ जुन पुस मसान्तको तुलनामा केही बढी हो । बैंकको कष्ट अफ फण्ड बढेर ४.६८ प्रतिशत पुगेको छ भने स्प्रेडदर ४.०७ प्रतिशत छ ।
इन्भेष्टमेन्ट बैंकको नाफा ३२ प्रतिशतले वृद्धि, ९ महिनामा २ अर्ब ४६ करोड खुद नाफा
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा २ अर्ब ४६ करोड खुद नाफा गरेको छ । यस बैंकले चालु आर्थिक वर्षमा करिव ३२ प्रतिशतले नाफा वृद्धि गरेको छ । गत आर्थिक वर्षमा यस बैंकले १ अर्ब ८६ करोड खुद नाफा गरेको थियो । यस बैंकको चुक्ता पुँजी ८ अर्ब ७४ करोड रुपैयाँ रहेको छ । संचित कोषमा १० अर्ब ९ करोड रुपैयाँ रहेको छ । कर र स्टाफ बोनसअघिको नाफा ३ अर्ब ८६ करोड रुपैयाँ छ । चैत मसान्तसम्ममा बैंकले १ खर्ब १९ अर्ब निक्षेप परिचालन गरेको छ भने १०१ अर्ब कर्जा सापटी र २५ अर्ब लगानी गरिको छ । बैंकको सीडीसी रेसियो ६९.७५ छ । कष्ट अफ फण्ड ४.५५ प्रतिशत मात्र छ । निष्क्रिय कर्जा ०.६४ प्रतिशत छ । स्प्रेडदर ४.८८ प्रतिशत छ । बैंकको इर्टन अन इक्विटी १७ रुपैयाँ ४३ पैसा छ । प्रतिसेयर नेटवर्थ २१५ रुपैयाँ छ । हाल यस बैंकको सेयर मूल्य प्रतिकित्ता ७७५ रुपैयाँमा झरेको छ ।
नविल बैंकको नाफा २ अर्ब ७० करोड, यो वर्षको नाफा पौने ४ अर्ब पुग्ने
काठमाडौं । नविल बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा २ अर्ब ७० करोड खुद नाफा गरेको छ । बैंकले यस आर्थिक वर्षमा यस आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्ब ७५ करोड खुद नाफा गर्ने छाँटकाँट ल्याएको छ । यस बैंकले चालु आर्थिक वर्षमा करिव ३१ प्रतिशतले नाफा वृद्धि गरेको छ । यस बैंकको चुक्ता पुँजी ६ अर्ब १८ करोड रुपैयाँ रहेको छ । संचित कोषमा ८ अर्ब १५ करोड रुपैयाँ रहेको छ । कर र स्टाफ बोनसअघिको नाफा ४ अर्ब २८ करोड रुपैयाँ छ । चैत मसान्तसम्ममा बैंकले १ खर्ब १७ अर्ब निक्षेप परिचालन गरेको छ भने ९० अर्ब कर्जा सापटी र २८ अर्ब लगान िगरिको छ । बैंकको सीडीसी रेसियो ७९.७५ छ । कष्ट अफ फण्ड २.२८ प्रतिशत मात्र छ । निष्क्रिय कर्जा ०.९५ प्रतिशत छ । स्प्रेडदर ५.३३ प्रतिशत छ । बैंकको इर्टन अन इक्विटी २७ रुपैयाँ ९४ पैसा छ । प्रतिसेयर नेटवर्थ २३२ रुपैयाँ छ ।