स्ट्याण्डर्ड चार्टर्ड बैंकमा तपाईको सेयर कति पर्यो ? यहाँ हेर्न सक्नुहुन्छ

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले निष्काशन गरेको एफपीओ सोमबार बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार १० कित्ता देखि १४० कित्तासम्म सेयर आवेदन गर्नेलाई चिठ्ठा प्रणालीबाट बाँडफाँड गरिएको छ । उनीहरुमध्ये प्रति आवेदक १० कित्ता सेयर पाएका छन् । साना लगानीकर्ताबाट १ लाख ३३ हजार ३६६ जनाले १०/१० कित्ताको अनुपातमा सेयर पाएका छन् । १५० कित्ता भन्दा बढी आवदेन गर्नेले मागको ६.३८ प्रतिशत सेयर पाएको छन् । प्रक्रिया पुरा नगरी वा गलत प्रक्रियाबाट आवेदन गर्ने ४ हजार २९२ आवेदन रद्द गरिएको छ । पूर्ण विवरणका लागि यहाँ क्लिक गरी  एक्सेल फाइल डाउनलोड गर्न सकिने छ । यस फाइलबाट आफ्नो डिम्याट एकाउन्ट नम्बरका आधारमा आफूलाई परेको सेयर हेर्न सकिन्छ । प्रक्रियामा रद्द भएको सेयर आवदकको पनि पूर्ण जानकारी लिन सकिनेछ ।

मेगा बैंकको नाफा ५४ करोड, निक्षेप ६ करोडले घट्यो

काठमाडौं । मेगा बैंक नेपालले चालु आर्थिक वर्षको प्रथम नौ महिनामा ५४ करोड ८२ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३२ करोड २८ खाल रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षमा भन्दा बैंकको नाफा करिव ७० प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको सेयर पुँजी करिव ६० प्रतिशतले वृद्धि भएको छ । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ५८ करोड रुपैयाँ छ । संचित तथा जगेडा कोषमा १ अर्ब २ करोड रुपैयाँ छ । यस त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८४ पैसा छ । रिर्टन अन इक्वीटी १५ रुपैयाँ ५९ पैसा छ । चैत मसान्तसम्ममा बैंकले ३८ अर्ब ४४ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । पुस मसान्तको तुलनामा चैत मसान्तमा बैंकको निक्षेप ६ करोडले घटेको छ । त्यस्तै कर्जा सापटी ३४ अर्ब ९३ करोड प्रवाह गरेको छ । बैंकले विभिन्न सेयर तथा ऋणपत्रमा ५ अर्ब ३८ करोड रुपैयाँ लगानी गरेको छ ।

माछापुच्छ्रे बैंकको दुलेगौडा शाखा स्थानान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले दुलेगौडा शाखालाई शुक्लगण्डकी नगरपालिका वडा नं ४ दुलेगौडा बजारस्थित मेनरोडमा स्थानान्तरण गरेको छ । बैंकले वैशाख २४ गते आईतबारका दिन देखि संचालनमा आउने गरि उक्त शाखा सञ्चालनमा ल्याएको हो । सो शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष रोशन केसीले गरेका छन् । स्तान्तरित शाखाबाट बैंकले आफ्ना ग्राहकहरुलाइ कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैंकिङ सुबिधा उपलब्ध गराएको छ । यसका साथै २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको बताएको छ । ६ अर्व ५९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैकले २०७३ साल चैत्र मसान्तसम्म ५८ अर्व ४ करोड रुपैयाँ निक्षेप परिचालन गरी ५३ अर्व ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा बैंकले १ अर्ब ५१ लाख रुपैयाँ खुद मुनाफा गरेको छ ।